सैद्धान्तिक र संवैधानिक रूपमा नमानिए पनि व्यावहारिक रूपमा हाम्रो समाजमा धेरै कुरा जातमा गएर अड्कन्छ । जात व्यवस्थाले थुप्रै कुरा निर्धारण गर्छ । मान्छेको परिचयमा नामपश्चात् बोलिने थरमा जात व्यवस्थाको नमिठो हरक पाइन्छ । कुनै सभा, समारोह, गोष्ठी तालिम र सेमिनारहरूमा उच्च जातको भनिनेले निर्धक्क आफ्नो जात र थर भनेको पाइन्छ । निम्न जातको मानिने थरले आफ्नो नाम पछाडिको थर भन्न हीनताबोध गरेको र हिच्किचाएको सामाजिक मनोविज्ञानमा सहजै देखिन्छ । जात व्यवस्थाभित्रको छुवाछुतको व्यहारले घाइते नभएको देशको कुनै भूभाग छैन ।
नेपाली गल्फरले १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरेर तयारी गरेको लामो समय भयो । गल्फ टोलीले दुई वर्षअघि देखि स्वदेश र विदेशमा गएर तयारी गर्दै आएको छ ।
एउटा निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि बनाइने समग्र कार्यक्रम पाठ्यक्रम हो । पाठ्यक्रमले तहगत रूपमा सक्षमताहरू र कक्षागत रूपमा सिकाइ उपलब्धिहरू निर्धारण गरेको हुन्छ । ती सिकाइ सक्षमताहरू र कक्षागत सिकाइ उपलब्धिहरू के कति मात्रामा पूरा भए वा भएनन् भनेर परीक्षण गर्नका लागि परीक्षणका विभिन्न साधन प्रयोग गर्न सकिन्छ । त्यसमध्येको एउटा महìवपूर्ण र धेरै देशले प्रयोग गर्ने साधन लिखित परीक्षा हो । सामान्यतया लिखित परीक्षा दुई प्रकारका हुन्छन् । पहिलो शिक्षकनिर्मित परीक्षा र दोस्रो स्तरीकृत परीक्षा । शिक्षकनिर्मित परीक्षा शिक्षकबाट निर्मित परीक्षा हो,
हिमनदीको पानी ब्रान्डेड गर्ने भनेर सरकारले बजेट तथा कार्यक्रममा ल्याएको छ । २०६६ देखि २०७० सम्म नेपाल सरकारको सेवामा महिला विकास अधिकृतको जिम्मेवारीमा जुम्ला जिल्लामा कार्यरत थिएँ । जिम्मेवारी सम्हालेको सुरुदेखि नै मलाई त्यहाँका तिला नदी र हिमा नदीले आकर्षण गरिरहेका थिए । यी नदीको पानी पिउने पानी (मिनरल वाटर ) का रूपमा सहरी क्षेत्रमा र तराईमा पठाउन सकेमा शुद्ध पानीको उपयोग हुने थियो भन्ने लागि रहन्थ्यो । यस्तै सन्दर्भमा जिल्ला स्तरका बैठ
यस वर्षको मनसुन १३ जुनबाट सुरु भएको छ । बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा पर्ने समय वा प्रक्रिया मनसुन हो । मनसुनको कारण समुद्रमाथिको ताप सञ्चय गर्ने क्षमता र जमिनमाथिको वायुमण्डलमा ताप सञ्चय गर्ने क्षमतामा हुने फरकको हो । जमिनमाथिको वायुमण्डलमा छोटो समयमा नै तापक्रम बढ्छ । तथापि यो क्रम समुद्रमाथिको वायुमण्डलमा बिस्तारै हुने गर्दछ । समुद्र सतहसँग जोडिएको जमिनको वायुमण्डलको ताप र समुद्रिक वायुमण्डलीय तापक्रममा आएको फरक पनले सिर्जना हुने प्रणालीले तेज गतिको हावाको विकास गर्दछ । एसियन मनसुनको जटिल प्रणालीलाई क्षेत्र अनुसार अरेवियन समु
लहानको मुख्य चोकमा घामपानी जस्तो सुकै मौसममा चार/पाँच जनाको समूहमा बालबालिका कवाडी सङ्कलन गरिरहेका हुन्छन्। विद्यालय उमेर समूहका दलित बालबालिका कवाडी सङ्कलन गरेर नजिकै रहेको कवाडी पसलहरूमा बिक्री गरेर दिनको दुई सयदेखि पाँच सय रुपियाँसम्म कमाइ गरिरहेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजी निर्माण तथा परिचालन क्षमता बढाउनुपर्ने बताउनुभएको छ। प्रदेश योजना आयोगले शुव्रmबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उहाँले पुँजी र त्यसको खर्च गर्ने वातावरण नहुँदा समृद्धि भने जस्तो सहज नभएको बताउनुभएको हो। उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरू तय गर्न आवश्यक भएको बताउनुभयो।
इच्छाकामना गाउँपालिका चितवन जिल्लाको उत्तरी भेगमा पर्छ। विकासको दृष्टिले पछाडि भए पनि पर्यटकीय दृष्टिले यसको महत्व अलग्गै छ। देशकै राजधानी जाने मुख्य पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, प्रख्यात मनकामना मन्दिर जाने मार्ग यही गाउँपालिका भएर जान्छ। यहाँका विकासका सम्भावना र चुनौतीबारे इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग गोरखापत्रका शालिग्राम नेपालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
एक सय वर्षभन्दा पुरानो दोलखाको बिगु गाउँपालिका –३ र गौरीशङ्कर गाउँपालिका –८ जोडने तामाकोसी नदीको जीर्ण तेल दल्ने जामुने साङले झोलुङ्गे पुल अहिले मर्मत सम्भारपछि सञ्चालनमा आएको छ ।
भरतपुर अस्पतालले खरिद गर्ने भनिएको ‘म्याग्नेटिक रिजोनेस इमेजिङ’ (एमआरआई) मेसिनको खरिद प्रक्रिया अन्योलमा परेको छ। आर्थिक वर्ष सकिनै लाग्दा पनि मेसिन खरिद प्रक्रिया सुरु नहुँदा बजेट नै फ्रिज हुने हो कि भन्ने आशङ्का बढेको छ। भरतपुर अस्पतालका लागि यो मेसिन खरिद गर्न स्वास्थ्य मन्त्रालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
छेडागाड नगरपालिका–५, थलह बजारमा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौँ रकम हिनामिना गरेको पाइएको छ । थहल शाखाका कर्मचारीले चार करोड ५३ लाख रुपियाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ ।
गर्मी बढ्दै गएपछि कैलालीका विभिन्न सिमसार क्षेत्रमा रहेका प्राकृतिक ताल सुक्न थालेका छन् । गर्मीका कारण तापक्रम बढ्दै जाने र लामो समय वर्षा नहुने भएपछि यसको असर प्राकृतिक तालमा समेत देखिन थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीलगायत धेरै प्राकृतिक तालमा वर्षभरि पानी रहन्थ्यो । त्यस्ता पोखरीमा माछापालन सुरु गर्न थालेपछि गर्मी मौसममा ताल सुक्ने गरेको बताइन्छ ।
निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘जय हो’ को एक मिनेट १४ सेकेन्डको टिजर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ ८ अर्थात् अगस्ट २५ मा चलचित्र विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ। टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारको अभिनय छ।
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिएको हो। नायक राजेश हमालले महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताउनुभयो।
चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका –५ खाल्टेपानी निवासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उहाँको २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।