कानुनको स्नातक तहमा अध्ययन अध्यापन हुँदै आएको तीन वर्षे एलएलबी कार्यक्रम फेजआउट गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपश्चात् सो सम्बन्धमा कानुनी वृत्तमा बृहत् छलफल र बहस आरम्भ भएको छ तर स्वस्थ बहस हुनुको सट्टा विश्वविद्यालयका केही प्राध्यापक, केही कानुनका विद्यार्थी र केही कानुन व्यवसायीसमेतले पेसाको गरिमालाई बिर्सेर गालीगलौज र असभ्य भाषा प्रयोग गरी रिटका सम्बन्धमा ज्यादै प्रतिक्रियात्मक भएको देखिन्छ ।
नेपालमा कोभिड–१९ का कारण २०७९ को शैक्षिक सत्र एक महिना ढिलो हुन पुग्यो । नेपाल सरकारले वैशाख महिनामै वार्षिक परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान चलाउन परिपत्र गरेअनुसारका कार्य भए ।
विश्वव्यापी उदारीकरण, विभिन्न क्षेत्रीय, बहुपक्षीय तथा द्विपक्षीय सन्धि सम्झौता भएसँगै उपभोक्ताले विश्व बजारमा उपलब्ध हुने वस्तु तथा सेवाको प्रयोग गर्ने अवसर र अधिकार पाएका छन् । देशभित्र उत्पादन हुने वस्तु तथा सेवालाई विश्व बजारको पहुँचमा पु-याई विदेशी मुद्रा आर्जन गर्ने अवसरका साथसाथै विदेशी मालसामानको सजिलै उपभोग गर्ने अवसर पनि प्राप्त भएको छ ।
लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर मङ्गलबारदेखि उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार भोलिदेखि फोहोर उठ्ने भएको हो ।
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीके गोली लागी एकजनाको मृत्यु भएको छ ।
नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचुनुले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।
कपडाको फल्स बटम बनाएर सुन ल्याउँदैगरेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शानिबार दिउँसो दुवईबाट काठमाडौँ आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिले भन्सार छली अवैध सुन ल्याउँदैगरेको गोप्य सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो ।
विश्व वातावरण दिवसको अवसर पारेर चितवन जिल्लामा एक हजारभन्दा बढी विरुवा रोपिएको छ । जिल्लाको सामाजिक संघ सस्था तथा सरकारी कार्यालयको अगुवाइमा वृक्षारोपण गरिएको हो ।
सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह कोशीले संयुक्त रुपमा सो सम्मान गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका –१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोलले हराउँदै वेल्स फिफा विश्वकपमा छनोट भएको छ । कार्डिफमा आइतबार राति भएको खेलमा युक्रेनलाई स्तब्ध बनाउन वेल्सका ग्यारेथ बेल नायक बन्नुभयो ।
कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते हुनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।