जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा सुस्तता आएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरे पनि गुरुयोजना कार्यान्वयन गर्न रकम अभाव भएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।
म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।
जिल्ला समन्वय समिती ओखलढुङ्गामा नेपाली काँग्रेसको समूह नै निर्विरोध विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुख तारा कार्कीसहितको उम्मेदवार समूह लै विजयी हुनुभएको हो ।
जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लागि नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले सोमबार बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
पछिल्लो समय भइरहेको विजुली कटौतीको बिरोध गर्दै नियमित विधुतको माग राखी वीरगञ्जस्थित नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालय अगाडि उपभोक्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।
सप्तरीको मिटरब्याजी रामदेव साह तेलीविरुद्ध सोमबार सप्तरीको राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर साहले मिटरब्याजमा रकम असुल्नुका साथै सर्वसाधारणको जग्गासमेत कब्जा गरी शोषण गर्दैआएका पीडितहरुको आरोप छ । उजुरीको प्रहरीले वेवास्ता गर्दैआएको भन्दै पीडितहरुले न्यायका लागि प्रदर्शन गरेका हुन ।
नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । नेपालको छात्र र छात्रा दुवै टोली पराजित भएको हो । सातदोवाटो स्थित टेनिस कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको छात्रमा श्रीलंकाले नेपाललाई ३–० ले हरायो ।
प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दाको पेशी आगामी असार ५ गतेका लागि तोकिएको छ ।
चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाडं) का लागि नेपाली कबड्डी खेलाडीको तयारी महेन्द्रनगरमा हुने भएको छ । नेपाली कबड्डी टोलीको महेन्द्रनगरमा मंगलबार देखि एक महिना प्रारम्भिक तयारी गर्नेछ ।
जिल्ला समन्वय समिति (जिसस) सुनसरीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार राजन मेहता निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख मेहतासहित प्यानल विजयी भएको छ ।
आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वरले पाँच स्वर्ण, दुई रजत र पाँच कांस्य पदक सहित च्याम्पियन बनेको हो ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रासायनिक मल अनुदानका लागि १५ अर्ब रुपियाँ विनियोजन गरेको छ ।