सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
झापाको दमक नगरपालिकाको ११ औ नगरसभाको दोस्रो वैठकमा नीति तथा कार्यक्रम र बजेटको बिषयमा छलफल हुँदा विवाद सिर्जना भएको छ । सोमबार दिउँसो नगर सभा बसेको केही समयपछि शुरु भएको विवाद आधा घण्टाभन्दा बढी चलेको थियो ।
दोलखाका निजामती कर्मचारी संघसंगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुुझाएका छन् ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
काठमाडौं, असार २७ गते । बीएस बलामीले निर्देशन गर्नुभएको फिल्म ‘प्रपञ्च’को गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।गीतमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर रहेको छ भने तेञ्जु योञ्जनले नृत्य निर्देशन गर्नुभएको छ । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ । फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन रहेको छ ।असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गर्नुभएको हो ।
ओखलढुङ्गामा निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न नेपाल सरकारलाई दबाब दिएका छन् ।
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ताप्लेजुङमा रुख प्रजाति तथा जडीबुटीका दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले एकै वर्षमा उक्त सङ्ख्यामा बिरुवा उत्पादन गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।
नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभुुत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ । नेपाल टेलिकमको ग्रामीण दुर सञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो ।
प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेको हो ।