आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३२ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ७७८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ ।
देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ ।
उत्तरी गाजापट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपियाँ आर्जन गरेको छ ।
शालिग्राम नेपाल। चितवन, मङ्सिर २ गते। आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सामग्री लिएर कर्मचारी मतदानस्थल पुग्ने क्रम सुरु भएको छ। मुख्य निर्वाचन कार्यलाय र निर्वाचन कार्यालयबाट मतदानस्थल र केन्द्रमा खटिने कर्मचारीहे बिहीबार आवश्यक सामग्री बुझेर कार्यस्थलमा गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरराज अचार्यले जानकारी दिनुभयो। निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर कर्मचारी बिहीबारनै मतदानस्थलमा जानुपर्ने हुन्छ। बिहीबार बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था छ। मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरीपरी कुनै पनि प्रकारका मादकपदार्थ सेवन गर्न नपाइने सूचना टाँस गरेर बिक्री वितरणमा रोक लगाइने व्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो। चितवनको तीनवटै प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यालयबाट कर्मचारीले सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिनुभयो। मतदान केन्द्रमा सामग्री लैजाने भए पनि अन्य दिनभन्दा सुरक्षा व्यवस्था अझ मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। तीन हजार छ सय ८० कर्मचारी परिचालनजिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तीन हजार छ सय ८० कर्मचारी खटिने जानकारी दिनुभयो। निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन्। एक सय ६२ मतदानस्थल रहेको चितवनमा चार सय ६० केन्द्र तोकिएको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो। भयरहित निर्वाचन सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था मजबुत रहेको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो।
वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।
मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारीको टिम फेरिएको छ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेका मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ ।
दाङमा उत्पादन भएको सयपत्री फूल बिक्री नहुँदा व्यवसायीहरुले आम्दानीका लागि वैकल्पिक उपाय अपनाएका छन् ।
यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले गस्ती सुरु गरेको छ ।