संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ। बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पछिल्लो समय कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा ‘मल्चिङ’ प्रविधि प्रयोग गर्ने कृषकहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कृषकहरु मल्चिङ प्रविधितर्फ आकर्षित भए पनि मल्चिङमा प्रयोग गर्ने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने चुनौती देखिएको छ ।
दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना घटाउन जिल्लाको खाँडादेवी गाउँपालिका —३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । बाजागाजासहित स्थानीय नदी नालमा दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको हो ।
टीकापुर नगरपालिका–६ लक्षिनापुरका गणेश क्षेत्रीको परिवार एक दशकदेखि कुकुरहरुको सेवामा लागेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुरिपयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका वडा ३ स्थित शान्तिचोकमा आईतवार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा-खसीलगायतको कारोबार भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।
चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।
बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ।
पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मनी भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ ।
विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।