शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका-३ मा रहेको वि.स. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।
शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन घरमा चोरी भएको छ । चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ ।
यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।
धान पाकेर पाल्पाका फाँटहरू पहेँल्यै बनेको छ । चार महिनाअघि किसानले रोपेका धान पाकेर फाँट तथा गह्रा पहेँलपुर बनेका हुन् ।
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैंको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ ।
विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थामा स्थापना गरिएका दुर्गा भवानीका सयौं मूर्तिहरु बाँके कम्दीस्थित राप्ती नदीमा विसर्जन गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका –६ स्थित झाँगाझोलीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको भीड लाग्न थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित हुनुभएको छ । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।
बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो ।
आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।
जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् ।