चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ । शनिबार उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो।उहाँलाई स्वागत गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ।
ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो।
पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ।
दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।
नवलपुरमा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गीको घटनास्थलमै मृत्यु भयो । ३१ जना घाइते भए ।
कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लाको मोडबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको अल्पसङ्ख्यक महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातीको सूचीमा राख्नुपर्ने माग त्यो समुदायका अगुवाले गरेका छन्।
कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षीय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नुभएको आठ वर्ष पूरा भयो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताउनुभएको छ।
कात्तिक ८ र ९ गते स्याङ्जा बजार र ११ र १२ गते वालिङ बजारमा एक चिहान नाटक मञ्चन गरिने भएको छ ।
थप्रेक दसैँ मेलामा गरिएको थप्रेक दौड प्रतियोगितामा पोखराका गीरु मगर पहिलो हुनु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।