नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।
कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयको निर्माण गर्ने भएको छ ।
पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा परेका छन् ।
बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारको फोहोर व्यवस्थापन कार्यमा निकै सकस भएको छ । बाम्का बजारका अधिकांश व्यापारीले बाम्कानजिकै रहेको पहिरोमा फोहोर फाल्न नछोडेपछि यहाँको बजार व्यवस्थापन समिति त
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
नवलपुरको कावासोतीमा भिजेको धान स्याहार्दै किसान । गत शनिबार र आइतबार दुई दिन परेको वर्षाका कारण काटेको धानबाली भिजेपछि किसान समस्यामा परेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।
वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ । यस अवधिमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका रह्यो ।
मन्त्री भएको एक महिनाभित्र अस्पतालको भिड हटाउने योजना के भयो ?
सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उहाँले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउनुहुन्छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित झारखण्डी तालमा फुलेका कमल । तालको उचित संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ ।
भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।
नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३-४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउनुहुन्छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।