कर्णाली प्रदेश सरकारले हुम्लाका तीन गाउँपालिकामा स्वास्थ्य सेवा प्रदानका लागि चिकित्सकको व्यवस्था गरेको छ । ग्रामीणस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले चिकित्सकको व्यवस्था गरेको हो ।
न्वागी पर्वको अवसरमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार न्वागी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्र रेखादेखि २५/२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ ।
तनहुँका पहाडी बस्तीमा यतिबेला सुन्तलाको रङले डाँडा–काँडा झन् सुनौलो देखिन थालेको छ । किसानको मेहनत, अनुकूल मौसम र बजारको बढ्दो मागसँगै जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र बन्दै गएको छ ।
१० बर्से सशस्त्र द्वन्द्वका बेला सामूहिक बलात्कारको सिकार भएकी रुकुमपश्चिमकी ४२ वर्षीय सम्झना (नाम परिवर्तित) लाई आफ्नो शारीरिक र मानसिक अवस्थाले जिउँदो बनेको जस्तो लाग्छ । सामूहिक बलात्कार अनि यौनाङ्गमा बन्दुकको नाल घुसारेर दिइएको यातनाले सम्झनालाई अहिले पनि बेहोसी अवस्थामा पुर्याउँछ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकामनजिकै बेनी नगरपालिकामा अवस्थित गलेश्वरमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामाथि स्वयम् उत्पन्न ज्योतिर्लिङ्ग रहेको छ । गलेश्वर शिवालय क्षेत्र ऐतिहासिक धार्मिक तथा पर्यटकीय तबरले पनि सबैको मन लोभ्याउने गरेको छ ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिको सडकमा रहेको अव्यवस्थित पार्किङ हटाइएको छ । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले सिडिओ कार्यालय अगाडिको सडकमा अवस्थित मोटरसाइकल पार्किङ हटाएको हो ।
धवलागिरि गाउँपालिका अन्तर्गत गुर्जाका ६७ वर्षीय गोरे छन्त्यालका पाँच दशकभन्दा बढी उमेर भेडीगोठमा बित्यो । १० वर्षकै उमेरदेखि नै भेडाबाख्रासँग हिँड्न थाल्नुभएको उहाँ अहिले पनि फुर्तिलो र सक्रिय हुनुहुन्छ ।
म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ ।
लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् ।
भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा रु एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व सङ्कलन गरेको हो ।
धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्न रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा राम–सीता विवाह उत्सवको तयारी गरेको छ ।
बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् ।
बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ ।