शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, मङ्सिर ७ गते । न्वागी पर्वको अवसरमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार न्वागी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस भेगका किसान तथा सर्वसाधारणले हरेक वर्ष नयाँ धान भित्र्याएपछि धानको चामल देवीलाई चढाएर मात्र घरभित्र खाने प्रचलन रहेको छ । यही प्रचलनलाई परम्परादेखि नै न्वागी पर्वको रुपमा लिने गरिन्छ ।
नयाँ चामलमा दही, केरा, सुकमेल, ल्वाङ्लगायतका मसला मिसाएर बनाइएको प्रसाद देवीलाई चढाएर न्वागी पर्व मनाइने गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । न्वागी पर्वको अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी ठूलोनाच नाच्ने चलन प्रचलन रहेको छ । सार्वजनिक विदामा पालिका मातहत रहेका कार्यालय तथा शिक्षण संस्था बन्द रहेको पालिकाले जनाएको छ ।