१२० वर्ष अघिको गोर्खापत्र
राजनीतिक विकासक्रम सरल रेखामा मात्र विचरण गर्दैन । यसले कहिलेकाहीँ कठिन मोड र घुम्ती पनि पार गर्नु पर्छ । त्यसले धमिलिएको राजनीतिक प्रवाहलाई शुद्धीकरण गर्ने छ । विकास र समृद्धिमा मार्ग पहिल्याउने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता भन्नाले राज्यबाट नागरिकप्रतिको कर्तव्य पालनाका लागि प्रदान गरिने भत्ता भनेर बुझिन्छ ।
सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ ।
नेपालमा व्याप्त असमानता, गरिबी, लैङ्गिक हिंसाले महिलालाई सामाजिक न्याय र मानव अधिकारको अनुभूति दिन सकेको छैन । सदियौँदेखि आफन्त, घरपरिवार र समाजबाटै विभिन्न खाले शारीरिक, मानसिक तथा भौतिक हिंसा खेप्दै आएका महिला अहिलेको डिजिटल युगमा समेत उस्तै हिंसामा परेका छन् । सूचना प्रविधिको बढ्दो पहुँच, उपयोग र प्रभावपछि महिलाविरुद्ध हुने हिंसा अझै बढेको देखिन्छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।
सार्वजनिक वित्त व्यवस्थापन राज्यको आर्थिक क्रियाकलापको आधारभूत ढाँचा हो । राज्य सञ्चालनमा यसको ठुलो भूमिका हुन्छ । सबै अवयवलाई परिचालन गर्ने काम सार्वजनिक वित्तले नै गर्छ । वित्त अभावमा देशको विकास पनि अघि बढ्न सक्दैन ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
सरकार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउने एकमात्र उद्देश्यसहित संवादमा जुटिरहेको छ । यही उद्देश्यलाई तार्किक निष्कर्षमा पु¥याउन प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार बालुवाटारमा सर्वपक्षीय संवाद आयोजना गर्नुभयो ।
हिउँदे खाद्यान्न बालीको सुरक्षाका लागि मष्टा भगवती मन्दिरमा पूजाआजासहितको मेला सम्पन्न भएको छ । असिनापानीले बालीनाली नष्ट गरेपछि मष्टा भगवती माताको पूजाआजा गरी मेला लाग्ने प्रचलन रहिआएको किंवदन्ती छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव लेखक मनोज भट्टको पुस्तक ‘कमरेड जलजला उपन्यासको विवेचना’ को लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, पूर्वमन्त्री दीनानाथ शर्मा, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो पुस्तकको विवेचनाको सार्वजनिक गर्नुभएको हो ।
भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ । विराटनगर–जोगबनी नाका हुँदै भारततर्फ वस्तु निर्यात गर्दा भारतीय पक्षले लागु गरेको ‘टोकन प्रणाली’ र पार्किङ शुल्कमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली निर्यातकर्ता पीडित भएका हुन् ।