उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।
सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ ।
सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।
नेपाली कम्युनिष्ट पार्टी गुल्मीले एकता सभा गर्ने भएको छ । पार्टी एकताको सन्देश प्रवाह गर्न मंसिर २३ गते सभाको आयोजना गरिएको नेता राममल्ल ठकुरीले बताउनुभयो ।
महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् ।
शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ९९३ विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को हरिमाया थापा मगर र ५३ वर्षका विजय थापाको प्रेमकथा साँच्चिकै प्रेरणादायी बनेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जिल्लास्थित सामाजिक विकास कार्यालयले मध्यरातसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । चालु आवमा सञ्चालन गरिने धेरै योजनाको पेस्की भुक्तानी दिने काम गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि राति १२ बजेसम्म सेवा दिने गरेको हो ।
नेपालगन्जमा शनिवार सम्पन्न भएको आठौँ राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जित्न सफल हुनुभएको छ ।
जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न निर्माण गरिएको सुर्खेतको मौसमी राडार बिग्रेको तीन वर्ष भयो । मर्मत गर्न नसकिएको सो राडार चालु आर्थिक वर्षमा डेढ करोड रुपियाँ बजेट विनियोजन गरिएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र