हिउँदे याम सकिनु एक दिनअघि काठमाडौँमा वर्षा भएको छ । असोजमा दशैँलगत्तै बाहिरिएको मनसुनपछि यहाँ वर्षा भएको थिएन । झन्डै पाँच महिनापछि काठमाडौँ उपत्यकामा मेघ गर्जनसहित असिनापानी पारेको हो । तर ठूलो वर्षा नभई खाल्डोमा हल्का र डाँडातिर मध्यम स्तरको वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भन्नुभएको छ, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।”
यसपालि हिउँद नसकिँदै देशका अधिकांश भूभागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
नेपाल–भारत विदेश सचिवस्तरीय बैठकले दुई देशबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति गरेको छ। सोमबार नेपालमा सम्पन्न बैठकमा सीमा विवादका विषयमा समाधान हुन बाँकी रहेका खण्डहरूमा सिमानाको कार्यदलमार्फत काम पूरा गर्ने सहमति भएको हो।
क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै गर्दा सँगालेको यो अनुभव हो ।
अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा मङ्गलबार अहिलेसम्मकै ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मेला भनिने स्थानमा केन्द्रबिन्दु भएर दिउँसो २:४३ मा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको हो। बाजुरामा योसहित यस वर्ष तीनवटा भूकम्प गएका छन्। यसअघि कात्तिक २४ गते र साउन २ गते दुवै पटक ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएका थिए।
यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन। वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन्। यस वर्ष जुम्ला र सुदूरपश्चिमका हिमाली भेगमा बिहीबार पहिलो पटक हल्का हिमपात भएको छ। हालसम्म हिउँदको वर्षाका रूपमा नेपालमा ०.१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। वरिष्ठ जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले भन्नुभयो, “मनसुन बाहिरिएयता झन्डै साढे तीन महिना सुक्खाजस्तै रह्यो। अझै पनि वर्षा राम्ररी हुने जलवाष्पयुक्त प्रणाली नेपालमा भित्रिन सकेको छैन।”
जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका
ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् ।
पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”
सधैँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर पनि घाम देखिएन। हिउँदे यामका दिन अघि बढ्दै गर्दा चिसो बढ्ने अनुमान सबैले नगरेका होइनन् तर बुधबारसम्मको सामान्य चिसो बिहीबार एक्कासि अत्यधिक चिसो दिनमा बदलिन्छ भन्ने कसैले पनि सोचेका थिएनन्।
राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन । अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।
नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताउनुभयो। उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताउनुभयो।
नेपाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिको क्योटो प्रोटोकल १९९७ र त्यसको आधारमा बनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेम वर्क कन्भेन्सनको पक्ष राष्ट्र हो । यी दुईलाई कार्यान्वयनमा ल्याउन सन् २०१५ मा पेरिस सम्झौता बन्यो । नेपालले सन् २०१६ मा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको छ । पेरिस सम्झौतामा नेपालसहित पक्ष राष्ट्रहरूले पृथ्वीको औसत तापमान पूर्व–औद्योगिक स्तरमाथि १.५ डिग्री सेल्सियसमा सीमित गर्न प्रतिवद्धता जनाएका छन् । त्यसका लागि जलवायु सम्मेलनमार्फत अ