चिनियाँ पर्यटकका लागि नेपाल खुला
चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।
फेवातालमा ‘साइरन’ राखिने
एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार यात्रुको ज्यान जोगियो। लाइफ ज्याकेटले ज्यान जोगिए पनि यात्रुले आफैँले जानी नजानी फेवातालमा डुङ्गा चलाउँदा दुर्घटना भएको डुङ्गा व्यवसायी बताउँछन्। डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले यात्रुले आफैँ डुङ्गा जानी नजानी चलाउँदा घटना भएको बताउनुभयो। यसरी यात्रुले आफैँ डुङ्गा चलाउँदा दुर्घटना हुने भएपछि अब चालकबिना डुङ्गा नदिने व्यवसायीको निर्णय छ। अध्यक्ष गिरीका अनुसार हावाहुरी चल्ने अबका तीन महिना चालकबिना डुङ्गा रिजर्भ पनि नदिइने भएको छ।
पाँचपोखरीमा बाह्रैमास पर्यटक
भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ। समुद्री सतहबाट चार हजार १५१ मिटर उचाइमा अवस्थित पाँचपोखरीमा पाँचवटा पोखरी छन्। ती पोखरी प्राकृतिक रूपमा सुन्दर र मनमोहक छन्। प्राकृतिक रूपमै रहेका पाँचवटा पोखरीका कारण यसको नाम पाँचपोखरी तीर्थस्थल राखिएको हो।
दमौलीमा कोसेली घर स्थापना
गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण गर्न दमौलीमा कोसेली घर स्थापना गरिएको छ। घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ स्थापना गरिएको हो। उत्पादित कृषि बाली तथा विभिन्न सामग्रीमा सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने तथा बिचौलियाको जरुरी नपर्ने समितिले जनाएको छ। कोसेली घरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समितिले लिएको छ। स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोसेली घर’ सञ्चालनको अवधारणा ल्याइएको बताइएको छ।
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
साहसिक खेलका रूपमा लिइने 'जिपलाइन'ले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको रिव्दीकोट-४, स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको 'जिपलाइन'मा खेल्न आउने पर्यटक बढेका छन् ।
हिमपातसँगै पर्यटक उत्साही
मुस्ताङमा यस वर्षकै पहिलो पटक भारी हिमपात हुँदा पर्यटक तथा किसान उत्साहित भएका छन् । मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्न पाइने भन्दै उत्साहित भएका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका तथा बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकामा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
बाँकेमा तीन हजार होटल सञ्चालन
भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।
काठमाडौँ उडान गर्दै सिचुवान
चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ ।
पर्यटकीय क्षेत्र हाँडीकोटको प्रवर्द्धन हुँदै
ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्।
पर्यटकका लागि आकर्षक गोलघर निर्माण
दोलखाको शैलुङ गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न कालापानीलाई बेस क्याम्प बनाउन र पर्यटक भित्र्याउन विभिन्न संरचनाहरू निर्माण गरिरहेको छ ।
थोलेदेम्बा म्याराथनको उपाधि सुमन र सानुमायाले जिते
थोलेदेम्बा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेका छन् । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।
सुकुटी व्यवसायमा जमेका महेन्द्र
पर्यटन व्यवसाय अनि भर्जिन गन्तव्य भनेर चिनिने मुस्ताङको उपल्लो भेगतर्फ पर्ने साबिकको छुसाङ गाविस –३ भ्रकका स्थायी बासिन्दा महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्न लाग्यो । हाल बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने भ्रकमा महेन्द्रले म्याग्दीमा आएर सुकुटी व्यवसायमा जम्नुभएको छ ।
फागुन २५ देखि जजिराले पुनः उडान भर्ने
एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो ।
पोखरा विमानस्थलमा रात्रिकालीन उडान सफल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।
पाहुना पर्खदै बेनीका होटल
टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् ।
चलचित्र पर्यटनलाई सरकारले सघाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र महोत्सवका माध्यमबाट पर्यटनको विकास गर्न सकिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिलाई भेट्नुहुँदै उहाँले महोत्सवका माध्यमबाट चलचित्र पर्यटनको विकासमा जोड दिनुभयो।
पर्यटकको औसत खर्च निकालिँदै
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताउनुभयो।
फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए
अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
व्यवस्थित बन्दै नारायणी नदी किनार
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै एउटा गहना भएको बताउनुभएको छ ।
पाँच वर्षमा खुम्बु पुगे दुई लाख २५ हजार पर्यटक
पछिल्लो पाँच वर्षको अवधिमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन् ।
पर्यटनबाट वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने योजना
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म पर्यटनबाट वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।
होटल आइकावा सञ्चालन
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो ।
संरक्षणपछि पर्यटकीय गन्तव्य बन्यो जङ्गल
प्रदेश १ मा पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतर्फ अत्यन्तै कम जङ्गल रहेको छ। मोरङको आमबारी–रङ्गेली–विराटनगर सडकभन्दा दक्षिणमा पनि सरकारी वन छ भन्दा धेरैलाई पत्यार लाग्दैन तर दक्षिणपूर्वी मोरङको रतुवामाई–१, बरडङ्गास्थित भल्खुवा जङ्गललाई नगरपालिकाले पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागेको छ।