तालछेउमा कोटीहोमको अनुमति छैन : मेयर आचार्य
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम आयोजना गर्न अनुमति नभएको बताउनुभएको छ । पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताउनुभयो ।
टेलिकमद्वारा निःशुल्क सिम वितरण
नेपाल टेलिकमको रुकुमपश्चिमस्थित कार्यालयले निःशुल्क सिम वितरण गरेको छ । नेपाल टेलिकम २१ वर्ष पूरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निःशुल्क सिम वितरण गरेको हो ।
प्रदेश सभा बैठकको बस्दै, विधेयक पेस हुने
बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
रविविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई चितवनमा सङ्गठित अपराधको मुद्दाबाट उन्मुक्ति दिँदै सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ ।
विकासका लागि समय व्यवस्थापन
समय नै व्यवस्थापनमा कुशलता ल्याउने स्रोत हो र समयले सबैलाई बाँधेको हुन्छ ।
आमसञ्चारमा समावेशिता
प्रविधिका सहायताले बढीभन्दा बढी मानिससमक्ष सूचना, मनोरञ्जन, विज्ञापन जस्ता विभिन्न विषयवस्तु सम्प्रेषण गर्ने बृहत् प्रक्रिया आमसञ्चार हो । पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता परम्परागत मिडिया मात्र होइन आजका इन्टरनेट जडित डिजिटल मिडिया पनि आमसञ्चारका साधन हुन् । मूलतः आमसञ्चार व्यापक स्तरमा सन्देश प्रवाह गर्ने प्रव्रिmया हो, जस अन्तर्गतको एउटा विधा पत्रकारिता हो ।
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् ।
आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने बताएको छ ।
दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प
दैलेख जिल्लामा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी क्षेत्र नजिक केन्द्र भएर भूकम्प गएको हो।
दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा
सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मङ्गलबार उहाँलाई औपचारिकरुपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने सुनुवाइका लागि पुनः अदालतमा उपस्थित हुनुभएको छ ।
नवलपुरबाट १० गैँडा चितवन सारियो
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट १० वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन) लगिएको छ।
पाँच दिनसम्म पनि नियन्त्रणमा आएन डढेलो, २० घर उच्च जोखिममा
भोटेकोशी गाउँपालिका–२ लिपिङ माथि रहेको गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत जङ्गलको डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते
काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ।
स्कार्पियो जिप दुर्घटनामा पाँच जना घाइते
स्याङ्जाको वालिङमा स्कार्पियो जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । स्याङ्जा–पर्वत सडकखण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग १ च ८९१३ नम्बरका स्कार्पियो जीप मङ्गलबार बिहान वालिङ नगरपालिका–१४ तमादीमा दुर्घटना भएको हो ।
राजमार्ग विस्तार कार्य तीव्र
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ ।
सकियो हुलाकी राजमार्गको नयाँ सर्भे
भरतपुर–माडी हुँदै ठोरी जानका लागि नयाँ बन्न लागेको हुलाकी राजमार्गको ट्र्याक सर्भेको काम सकिएको छ ।
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो ।
प्रदेश सभा स्थापना दिवस : बढी खर्च गर्न निर्देशन
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कम भएरभन्दा पनि खर्च गर्न नसकेर कर्णाली पछि परेको उल्लेख गर्दै खर्च बढी गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् तलब
यहाँका दुई वटा गाउँपालिकाका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
ग्रामीण विकासका समस्या
नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ । यो क्षेत्रको विकास नगरी समग्र देशको विकास भएको मान्न सकिँदैन ।
थारू समुदायमा ‘सिकलसेल एनिमिया’
सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो ।
निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापनमा जोड
सरकारले निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन, आपूर्ति प्रणाली सबलीकरण गरी कुल गार्हस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ ।
‘कांग्रेस–एमाले मिल्दासम्म सरकारलाई केही हुँदैन’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताउनुभएको छ । विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिब्यक्तिप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।