आदिकविको कुलपूजा स्थल
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
तरकारीमा विषादी व्यवस्थापन
माथि उल्लिखित विषय पत्रपत्रिकामा आएका समाचारका शीर्षक हुन् । सञ्चार माध्यममा कृषि क्षेत्रको यो विषयले पटक पटक प्राथमिकता पाएको छ । कहिले विषादी प्रयोगका विषय, कहिले आन्तरिक बजारमा विषादी परीक्षणको विषय, कहिले सीमा नाकामा विषादी परीक्षणको विषय । स्वच्छ खाद्य वस्तु खान पाउन सबैको नैसर्गिक अधिकार पनि हो । रासायनिक विषादी मानव स्वास्थ्य र पर्यावरणीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति धेरै चासो हुनु स्वाभाविक पनि छ ।
लेखक, पाठक र पुस्तक
विद्वान्हरूले साहित्यलाई विभिन्न रूपले व्याख्या एवं परिभाषित गरेका छन् । ग्रिक दार्शनिक प्लेटोले उनको पुस्तक ‘दी रिपब्लिक’ मा बताए अनुसार साहित्यमा वर्णित संसार सत्यबाट टाढा हुन्छ भनेका छन् र उनी साहित्यलाई स
प्राकृतिक उपहारको संरक्षण
जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ । यसको असर समयमै न्यूनीकरण गर्न नसकिए नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्ने छन् भने भविष्यमा चौँरी खर्क मरुभूमिमा परिणत हुने छन् ।शीतल हिमाली भूभागमा बसोबास गर्न मन पराउने शेर्पा जातिको परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको व्यवसाय चौँरीपालन हो । नेपालको उच्च हिमाली भूभागमा बसोबास गर्ने शेर्पाको चौँरीपालनलाई पुर्ख्यौली पेसा पनि भन्ने गरिन्छ ।शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र प्राकृतिक र जैविक विविधता मात्रै नभएर सांस्कृतिक सम्पदाले पनि भरिपूर्ण छ । पर्यटन प्रवर्धनमा यी विविध क्षेत्रको धेरै नै महत्त्वपूर्ण भूमिका रहेको छ । प्रकृतिसँग रमाउनेहरूका लागि हिमाली क्षेत्रको पदयात्राको आनन्द त झन् बयान गरेरै सकिँदैन । चारैतिर मनमोहक दृश्य, शिरमा हिमाल, क्रमशक तलतिर हरियाली जङ्गल अनि फेदीमा नदीनाला, झरना, छहरा । अनि कलकल बग्ने नदीनाला । हिमालमै ठोक्किएर आए जस्तो अनुभूति हुने शीतल पवनको स्पर्श । यस भेगमा अर्का आकर्षणका केन्द्र हुन्, खर्कको नामले चिनिने यस्ता फराकिला र समतल प्रकृतिका भूभाग । यहाँ वरपर चरिरहेको देखिने चौँरीका बथानले यहाँको सुन्दरता झन् बढाएको आभास हुन्छ । हिमाली क्षेत्रमा देखिने यस्ता समतल भूभागलाई खर्क भन्ने गरिन्छ । त्यस्ता खर्क प्रकृतिका अनुपम उपहार मानिन्छन् । त्यस्ता खर्क उच्चपहाडी एवं हिमाली भूभागका चरन क्षेत्र हुन् । नेपालको हिमाली भूभागको करिब ४० प्रतिशत क्षेत्रफल खर्क र वन जङ्गलले ढाकेको छ । सुन्दर र शान्त वातावरण रहेका त्यस्ता खर्कमा टङटङ आवाज गुन्जाउँदै आफ्नै सुरमा रहेका भेडा, च्याङ्ग्रा, चौँरीका बथान यस क्षेत्रमा यात्राका थप आकर्षण मानिन्छन् । त्यस्ता सुन्दर घाँसे मैदानमा चरिरहेका चौँरीलगायतका अन्य पशुको बथानले यहाँ यात्रा गर्ने पर्यटकको ध्यान अन्त जानै दिँदैन । हिमाल र चौँरीलाई एकअर्काको पर्याय मानिन्छ । हिमालबिनाका चौँरी र चौँरीबिनाका हिमालको कल्पना पनि गर्न सकिँदैन । लेकाली जलवायुको चिसो वातावरण मन पराउने, कम रोग लाग्ने, जडीबुटी तथा जङ्गली बुट्यान खाने, खुला चरिचरन गर्ने विशेषता भएको पशु चौँरी हो । परम्परादेखि नै व्यवसायका लागि पालिँदै आएका चौँरी हिमाली क्षेत्रको पहिचान बनेका छन् । पोसिलो दुध दिने तथा पर्यटकको समेत आकर्षणको केन्द्र मानिन्छन्, चौँरी । चौँरीलाई बाह्रैमास खुला चौर चाहिन्छ । करिब २५ सयदेखि पाँच हजार मिटरको उचाइका चरन क्षेत्रमा जडीबुटीजन्य घाँसे मैदानको प्राकृतिक स्थानीय खर्क छन् । पहिला पहिला त्यस्ता खर्कमा प्रशस्त घाँस पलाउँथे तर अहिले घाँस उम्रन छाडेको स्थानीयको अनुभव छ । हिउँदमा हिउँ नै नपर्नु, बेमौसममा हिमपात हुनु, बढी गर्मीका कारण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा नयाँ रोगको सङ्क्रमण देखिनु जस्ता समस्या आइपरेका छन् । हाल आएर जलवायु परिवर्तनको प्रभाव खर्कको घाँसपातको उत्पादन, पोषणमा समेत परेको हुँदा पशुलाई चाहिने घाँसको मात्रा घट्दै गएको र चरन क्षेत्रको घाँसपातमा खनिज पदार्थ तथा पोषण तत्त्वको कमी हुने गरेको तथ्य विभिन्न अध्ययनबाट देखिएको छ । हिमाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । यस भेगका शेर्पा जातिको मुख्य आम्दानीको स्रोत त्यही नै हो । हिमाली क्षेत्रको अर्थतन्त्र धानेको चौँरीपालन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्दै गएको पाइन्छ । यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा त्यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । बिदेसिने क्रम बढ्नुका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् । बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसानसमेत मारमा परेका छन् । हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन पनि सम्भव हुँदैन । जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्ने छन् भने भविष्यमा यस्ता खर्क, मरुभूमिमा परिणत हुने छन् । चौँरी चरनका लागि खर्क अनिवार्य मानिन्छ । खर्क नीति, २०६८ लाई आवश्यक परिमार्जनसहित लागु गर्नुपर्ने, चरन क्षेत्र तथा खर्कमा अखाद्य तथा विषालु झारपातको वृद्धिलाई नियन्त्रण गर्ने, आवश्यकता अनुसार चरन, पशु आहारा, घाँस विकास केन्द्रको स्थापना गरी कार्यक्रम बनाउन आवश्यक देखिएको छ । यस क्षेत्रमा रहेका खाली पाटनलाई आधुनिक चौँरीखर्कको रूपमा पनि विकास गर्न सकिन्छ । हालैका वर्ष अधिकांश युवा पुस्ताको चौँरीपालन व्यवसायमा आकर्षण घट्दै गइरहेको परिप्रेक्षकमा अत्याधुनिक तवरबाट व्यावसायिक रूपमै चौँरीपालन गर्नेतर्फ सम्बन्धित निकायले पनि ध्यान दिनु जरुरी छ । चौँरीपालन अन्य पशुपालन व्यवसायभन्दा अलि फरक हुन्छ । चौँरी राख्ने स्थानलाई चौँरी गोठ भनिन्छ । चौँरी गोठ, मानव बस्तीभन्दा टाढा र खर्क अर्थात् चरन क्षेत्रको पायक पर्ने स्थानमा राखिन्छ । चौँरी गोठलाई गर्मी याममा उपल्लो भूभागमा त जाडो याममा तल्लो भूभागमा सार्ने गरिन्छ । चौँरीपालक कृषकको दिनचर्या बिहान उज्यालो भएदेखि साँझसम्म चौँरीको दुध दुहुने, तताउने, घिउ निकाल्ने, छुर्पी बनाउने, चौँरीको स्याहारसुसार गर्ने, चौँरी चराउने, चौँरीलाई दाना पानी, खुवाउने जस्ता कार्य गरी चौँरी गोठ र चौँरी खर्कको वरपरमै बित्ने गर्छ । यसरी बाहिरबाट झट्ट हेर्दा चौँरी र चौँरी गोठको संसार अलि फरक जस्तो लाग्छ । चकमन्न र अनकन्टार जङ्गलको बिचमा रहेको चौँरी गोठ । त्यससँगै रहेको वन जङ्गल, चरन भूमि, चौँरीखर्क । नजिकैका कलकल सुसाइरहने खोला, खोल्सी । रातको समयमा त झन् चकमन्न अँध्यारो । निरन्तर कुकुर भुकेको आवाज । अधिकांश नेपालका चौँरी गोठ सडक, बिजुली बत्तीको पहुँचबाट टाढा छन् । हालैका दशकमा भएको भौतिक विकास र आधुनिकीकरणले अहिलेका युवा पुस्तालाई चौँरीपालन तर्फ आकर्षण गर्न सकेको छैन । हालैका वर्षमा भइरहेको विश्वव्यापीकरण, आधुनिक जीवनशैली, वैदेशिक रोजगारीका अवसर, होटल व्यवसाय, देशमा पर्वतारोहण र पर्यटनका क्षेत्रमा शेर्पालाई सिर्जना भएका अवसरले गर्दा एक त हिमाली क्षेत्रबाट शेर्पाको बसाइसराइ पनि उच्च रहेको छ भने युवा पुस्ता अन्य विकल्पको खोजीमा अन्यत्र जाने प्रचलन पनि बढेको छ । फलस्वरूप शेर्पाको परम्परागत पेसाका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्दै जान थालेको पाइन्छ । जसका कारण विगतको तुलनामा चौँरीपालन व्यवसायमा नराम्रोसँग गिरावट आएको छ । बर्सेनि चौँरीको सङ्ख्या घट्दै गइरहेको छ । हिमाली पहिचानसँग जोडिएको चौँरी गाईको दुधबाट बन्ने छुर्पी, दुर्खा, याक चिज, घिउ, पनिर, चमर, याक तथा चौँरीको रौँबाट बन्ने छेरालगायत दुग्धजन्य पदार्थको उत्पादनमा गिरावट आउन थालेको छ । सारांशमा भन्नुपर्दा आजभोलि चौँरीपालन व्यवसाय बाध्यतामा परिणत भएको देखिन्छ । अहिलेको युवा पुस्ताले चौँरी व्यवसायभन्दा अन्य फरक वैकल्पिक व्यवसायमा संलग्नता जनाउँदै जानु पनि चौँरी व्यवसाय सङ्कटमा पर्दै जानु भन्ने बुझिन्छ । तसर्थ, चौँरीपालन व्यवसायलाई आधुनिकीकरण गर्दै, युवा पुस्तालाई यस पेसातर्फ आकर्षण बढाउँदै जान सके सम्भावना भने धेरै नै देखिन्छ ।
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ ।
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपदका घटनामा एक सय तीन जनाको मृत्यु भएको छ ।
कास्की पहिरोः कुलबहादुरलाई राती घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राती देवर कुलबहादुरलाई भन्नुभएको थियो, ‘‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’’
‘पहिरोले बगाएको बसमा सातजना भारतीय थिए’
नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।
स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न भट्टराईको चेतावनी
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ।
भत्किएको पर्खालबाट तालगाउँमा छिर्याे मर्स्याङ्दी
मनाङ नासो गाउँपालिका–१ तालगाउँको बस्तिमा पसेको मर्स्याङ्दी नदीको पानी । विसं २०७८ असार १ गतेको बाढी पछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो ।
चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ ।
‘राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबिच सहमति भयो’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसदका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बिच सहमति भएको स्पष्ट पार्नुभएको छ ।
सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित
सरकारी विकास निर्माणको काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् ।
बाढीपहिराेमा परी बेपत्ता नागरिकको छिटो खोजी तथा उद्धार गर्न कांग्रेस नेता कोइरालाको माग
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिराेमा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गर्नुभएको छ ।
नयाँ सरकार संविधान नमिची बनाउनु होलाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।
सिन्धुलीमा विङ्गर हाईस दुर्घटना : ११ जना घाइते
सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला
इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु
देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।
पृथ्वी राजमार्ग राती १० देखि बिहान ३ बजेसम्म बन्द हुने
सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राती १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।
एकीकृत समाजवादी नयाँ सरकारमा सहभागी नहुने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।
बेनी-जोमसोम सडक अवरुद्ध
अविरल वर्षासँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
नयाँ गठबन्धनबाट आशाको सञ्चार
नेपालमा सत्ता गठबन्धन भत्किने र बन्ने क्रम तीव्र रूपमा हुने गरेको छ । जसको कारणले चुनावी प्रक्रियामै असन्तोष बढ्न थालेको छ । लोकतान्त्रिक नेपालको चुनावी प्रव्रिmयाले लोकतन्त्रलाई प्रतिविम्बित गर्न नसक्ने दाबीसमेत गर्न थालिएको छ । चुनावलाई नागरिकले अपनत्व ग्रहण गर्न सकेनन् र चुनावी प्रक्रिया नागरिकको अपेक्षाबमोजिम हुन सकेन भने त्यसले लोकतन्त्रलाई पारदर्शी रूपमा प्रतिविम्बित गर्दैन । त्यस्तो अवस्थामा तत्काल त्यसको विकल्प खोज्नु पर्छ । जब देशमा अवलम्बन गरिएका प्रक्रिया नै विवादित हुन थाल्छन् र विकास र समृद्धिले अपेक्षित परिणाम हासिल गर्न सक्दैन तब नागरिकले सरकारप्रति टीकाटिप्पणीका साथ प्रश्न गर्नु स्वाभाविक हुन्छ । यस्तो अवस्थामा राजनीतिक अस्थिरता चुलिन थाल्छ । नेपालमा राजनीतिक अस्थिरता कारण चुनाव या कुनै एक प्रक्रिया मात्र हो भनेर बुझ्न थालियो भने पनि त्यो गलत हुन जान्छ । गरिबी र युवा पलायन पनि राजनीतिक अस्थिरताको कारक तìव हो । नेपाल अहिले विकासको पथमा लम्किएको छ र यस कारण गतिशील छ । यस्तो अवस्थामा पनि विकास अवरुद्ध हुन सक्छ । यही गतिशीलतालाई सावधानीपूर्वक परिचालन गरियो भने विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने अवसर पनि बन्न सक्छ । विकास समृद्धिमा प्रत्यक्ष प्रभाव पार्ने मुख्य राजनीतिक अस्थिरताको कारक तत्व पत्ता लगाएर त्यसको समाधान खोज्न जरुरी भइसकेको छ । अस्थिर राजनीतिविज्ञहरूका अनुसार स्थिर राजनीति, पूर्ण लोकतन्त्र या पूर्ण निरङ्कुशतन्त्र भएका देशमा मात्र सम्भव हुन्छ । पूर्ण लोकतन्त्र भएको देशको चुनावी प्रक्रिया निरङ्कुशतन्त्र भएको देशको चुनावी प्रक्रियाभन्दा फरक हुने गर्छ । यसको साथै कतिपय देशमा पूर्ण लोकतन्त्र र निरङ्कुश तन्त्रमा हुने जस्तै चुनावी प्रणाली अथार्त मिश्रित निर्वाचन प्रणाली पनि अवलम्बन गर्ने गरिएको छ । कस्तो चुनाव प्रणाली उपयुक्त हो भन्ने बारेमा ठोकुवा गर्न सकिँदैन । प्राय मिश्रित निर्वाचन प्रणाली भएका देशमा राजनीतिक अस्थिरता हुने अनुभवबाट प्रमाणित भएको छ । समानुपातिक प्रणालीबाट हुने चुनावलाई निरङ्कुश तन्त्रको प्रतीक मानिन्छ । नेपालमा पनि लोकतन्त्रको केही आधारभूत तìवका साथ मजबुत निरङ्कुश विशेषता भएका मिश्रित चुनाव प्रणाली र शासन व्यवस्था छ भन्न सैद्धान्तिक रूपले गलत हुँदैन । यसको मतलब नेपालको समानुपातिक चुनाव प्रणालीको आफ्नै विशेषता छैनन् भन्न खोजेको होइन । सिद्धान्ततः समानुपातिक चुनाव प्रणाली निरङ्कुश तन्त्रकै अंश हो, भलै यस्तो चुनावी प्रक्रिया अपनाएका कैयौँ मुलुक विकसित देश किन नभएका हुन त ? यस कारण चुनाव प्रणालीको आधारमा मात्र शासन व्यवस्थालाई मूल्याङ्कन गरियो भने नेपालको शासन व्यवस्थालाई न पूर्ण लोकतन्त्र न त पूर्ण निरङ्कुशतन्त्र नै भन्न सकिन्छ । यस्तो अवस्थामा देशमा राजनीतिक अस्थिरता या उथलपुथल भइरह्यो भने त्यसले विज्ञहरूलाई आश्चर्य नलाग्नु स्वाभाविकै हुन्छ । यस्तो अवस्थामा बुरुण्डी, कङ्गो, र युगाण्डाको उदाहरण प्रस्तुत गरिरहनु पनि पर्दैन । सबैलाई थाहा भएकै हो नेपालमा पनि गणतन्त्र आएदेखि पूर्ण कार्यकालको सरकार बनेको छैन । राजनीतिक अस्थिरताको मुख्य कारण जनसाङ्ख्यिक संरचना हो । अपेक्षाकृत नेपाल युवाको देश हो । युवाले रोजगारी पाउन सकेनन् र सहरीकरण अपेक्षाकृत बढ्न थाल्यो भने सामाजिक बहिष्कार र अस्थिरता अवश्यम्भावी हुन्छ । चुनाव प्रणालीभन्दा पनि यो स्थिति खतरनाक हुन्छ । यस्तो अवस्थामा जेसुकै या जुनसुकै शासन व्यवस्था या चुनाव प्रणाली अपनाए पनि राजनीतिक स्थिरता प्राप्त गर्न सकिन्न । अहिले ठुलो सङ्ख्यामा युवा बहिरिएका छन् । ती सबै युवा देशमा फर्किए र यहाँ काम पाएनन भने ठुला दलका साथ अन्य सबै दल मिलेर राष्ट्रिय सरकार निर्माण गरे पनि त्यसले राजनीतिक स्थिरता कायम गर्न सक्दैन । नेपालमा राजनीतिक स्थिरताले स्थायित्व पाउँछ कि पाउँदैन, भविष्यमा हिंसा हुन्छ कि हुँदैन भन्ने अनुमान लगाउनभन्दा अघि हालसम्म नेपालमा भएको हिंसालाई कसरी सम्बोधन या समाधान गरिएको छ जान्न जरुरी हुन्छ । हिंसा चक्र तोड्न असम्भव नभए पनि मुस्किल भने हुन्छ भन्ने अफ्रिकालगायत दक्षिण एसियाकै केही मुलुकको उदाहरणबाट स्पष्ट बुझ्न सकिन्छ । हिंसा समाधान गर्न ठुलो प्रयासको आवश्यकता हुन्छ । दलहरूले राजनीतिक सुझबुझका साथ शान्ति प्रक्रियामा ध्यान पुर्याएनन भने हिंसाको पुनरावृत्ति हुन सक्छ । शान्ति प्रतिक्रिया कुनै पनि हालतमा निक्र्योलमा पुर्याउनु पर्छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सकिएन भने त्यसले नकारात्मक प्रभाव पार्न सक्छ । शान्ति प्रक्रिया कुनै एक दल विशेषको मात्र चिन्ताको विषयमा सीमित हुनु हुँदैन । राजनीतिमा भूराजनीतिक प्रभाव पनि महìवपूर्ण हुन्छ । नेपालको अवस्थितिले गर्दा पनि कैयौँ मित्र राष्ट्रहरूको नेपालको राजनीतिमा चासो हुन्छ । अहिलेको भूमण्डलीकरणको दुनियाँमा मित्र राष्ट्रहरूको चासो हुनुलाई असमान्य मान्न सकिन्न तर विदेशी हस्तक्षेपलाई भने स्वीकार गर्न सकिँदैन । राजनीतिमा भूमण्डलीकरणको नाउँमा कनै पनि किसिमको प्रभाव पर्न नदिन पनि चनाखो हुनु पर्छ । याद गर्नुपर्ने कुरा के छ भने मित्रराष्ट्रहरूको चासो बढ्न थाल्यो भने उनीहरूको चाहना र इच्छा पनि बढ्न थाल्छ । उनीहरूको बढ्दो इच्छालाई सम्बोधन गर्न सकिएन भने देशको सीमा अशान्त हुन जान्छ । सीमामा समस्या हुनासाथ त्यसले समग्र देशको व्रिmयाकलापलाई प्रभावित बनाउँछ । छिमेकी मुलुकका तुलनामा नेपालमा गरिबी र असमानता बढ्दै छ । सन् २००८ को वैश्विक वित्तीय सङ्कट र कोभिडको कारणले पनि विकास प्रभावित भएको छ । विकासको औसत दर पहिलेभन्दा एकदमै कम भएको छ । नेपालमा गरिबी कम गर्नु छ भने नेपालभित्रै थप रोजगारीको अवसर सिर्जना गर्नुको विकल्प छैन । गठबन्धनको चुनौती र अवसर कुनै चमत्कार भएन भने अबका केही दिनमा नयाँ सरकार गठन हुने निश्चित छ । दुई ठुला दलको प्रबलता रहेको नयाँ गठबन्धनको सरकार झन्डै दुइ तिहाइकै हाराहारीमा बन्ने लगभग पक्का नै छ । यसरी बन्ने सरकारलाई कुनै पनि काम अधुरो छोडने छुट हुने छैन । यस कारण अबको गठबन्धन सरकारलाई चुनौती मात्रै होइन इतिहासमै बिरलै मात्र प्राप्त हुने अवसर पनि छ । पहिलो स्थिर राजनीतिका लागि नेपालको चुनाव प्रणालीमा संशोधन जरुरी छ । मिश्रित चुनाव प्रणाली अस्थिरताको कारण हो भन्ने विषयलाई नेपालका सबै दलले आत्मसात् गर्न जरुरी छ । यतिबेला नेपालमा शान्ति छाए जस्तो देखिन्छ । शान्तिको पूर्ण प्रत्याभूति नभई कुनै पनि निष्कर्ष निकाल्न उचित हुँदैन किनभने शान्ति प्रव्रिmयाका कार्यभार पूरा हुन बाँकी नै छ । शान्ति प्रव्रिmया टुङ्गोमा पुग्न सकेन भने त्यसले पार्ने प्रभाव नकारात्मक हुन सक्छ । यस्तो अवस्थामा सरकारसँग दरिलो योजना हुन जरुरी छ । दुई ठुला दलका साथै सम्भावित अन्य साना दलसमेत मिलेर बन्ने अहिलेको गठबन्धन सरकार दीर्घकालसम्म चल्न सक्ने सम्भावना त देखिन्छ । सुशासनका साथै समावेशी आर्थिक विकास हुन्छ कि हुँदैन भन्ने बारेमा नागरिकले शङ्का गर्न नसक्ने किसिमका कार्यव्रmम सामेल हुन जरुरी छ । समावेशी आर्थिक विकास भनेको पिछडिएका कुनै एक अमूक व्यक्तिलाई राजदूत या समानुपातिक कोटामा नियुक्त गरिने भन्ने विषय मात्र किमार्थ हुन सक्दैन । समावेशी आर्थिक विकास भनेको कुनै एक व्यक्ति या समुदाय नभई सबैको विकास हो । यो मूल मन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अपनाउनुभएको थियो । मोदीको नारा थियो ‘सबका साथ, सबका विकास ।’ विकास कार्यव्रmम पनि त्यसै अनुसार परिलक्षित गरिएको थियो । नेपालमा पनि यही नारा प्रभावी हुन सक्छ । छिमेकका साना ठुला सबै मुलुक विदेशी निवेश आकर्षण गर्न सफल देखिएका छन् । नेपालको विदेश निवेशको अवस्था सन्तोषजनक छैन । अब बन्ने सरकारले भ्रष्टाचारीलाई सिध्याउँछु या यस्तै किसिमका नारा मात्रभन्दा पनि राजनीतिक स्थिरताका लागि आवश्यक चुनावी प्रव्रिmयामा सुधार, सुशासनसहितको समावेशी आर्थिक विकास र हिंसा पुनरावृत्ति नहुने योजना बनाउन जरुरी छ । यसका लागि आवश्यक परे संविधानको संशोधन गर्न पनि पछि हट्न हुँदैन । सत्तामा टिकिराख्न वा आफ्नो सुविधाका लागि मात्र चुनावी प्रव्रिmया र संविधानमा हेरफेर गरियो भने त्यसले राजनीतिक अस्थिरतालाई मलजल पु¥याउँछ । यसले जसको नेतृत्वमा सरकार बने पनि नागरिकमा आशाको सञ्चार गराउन सक्दैन ।
शिक्षणमा सामाजिक विषय
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या उत्तीर्ण हुनेको भन्दा ठुलो रह्यो । संस्थागत विद्यालयहरूमा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये धेरै सामाजिक विषयमा अनुत्तीर्ण देखिए । नेपाली माध्यम भएकाले संस्थागत विद्यालयमा धेरै विद्यार्थीले राम्रो गर्न नसकेको भनी व्याख्या गरिएको पाइयो तर माध्यम नेपाली भए पनि नेपाली भाषा वा नेपाली विषय नभएकाले सामाजिक विषयका आफ्नै विशेषताका आधारमा पठनपाठन र कापी परीक्षण हुने भएकाले माध्यमलाई दोष दिनु उपयुक्त देखिँदैन । सामुदायिक विद्यालयका विद्यार्थीको सामाजिक विषयको नतिजाका आधारमा अनुमान गरिएको भए पनि माध्यम मात्र उत्तीर्ण अनुत्तीर्णको कारक भने अवश्य होइन । बरु सामाजिक विषयप्रतिको धारणा र सोच मुख्य कारण हो ।अहिले सामाजिक विषयलाई जो कोहीले पनि पढाउन सक्ने विषयका रूपमा परिभाषित गरिएको छ । अरू विषय पढाउन नसक्ने वा खाली भएका शिक्षकलाई सामाजिक पढाउन दिने गरिएको देखिन्छ । शिक्षक छनोट सही रूपमा नहुनु र शिक्षकले सामाजिक विषयको मर्म नबुझी पढाउँदा विद्यार्थीमा उल्टै असामाजिक गुणहरू विकास भएको र सामाजिक विषयप्रति नै वितृष्णा बढ्दै गएको देखिएको छ । भाषा जानेको व्यक्तिले सामाजिक पढाउन सकिहाल्छ नि भन्ने धारणाले गर्दा शिक्षकले विद्यार्थीको रुचि, पाठ्यव्रmमको मर्म र आवश्यकताभन्दा आफ्नो रुचि र आफूले जानेका विषयमा मात्र आवश्यकताभन्दा बढी विवरणहरू दिने गरेको देखिन्छ । यसले गर्दा शिक्षकले आफ्नो रुचिका क्षेत्रमा मात्र आवश्यकताभन्दा बढी सूचनाहरू प्रवाह गर्ने तर पाठ्यव्रmमले निर्धारण गरेका सक्षमताहरू प्राप्त गर्नका लागि सन्तुलित किसिमले पठनपाठन गर्न नसक्ने अवस्था देखिँदै आएको छ ।काठमाडौँ उपत्यकाको एक प्रतिष्ठित विद्यालयमा कानुनी साक्षरता कार्यव्रmम सञ्चालन गर्ने व्रmममा १० कक्षाका विद्यार्थीले सोधेका प्रश्न र उनीहरूले बनाएको मानसिकताबाट माथि भनिएको कुरा पुष्टि हुन्छ । १० कक्षामा पढ्दै गरेका विद्यार्थीले जेल परियो भने धनी बनेर निस्कन पाइन्छ नि भन्ने अवधारणा बनाएका रहेछन् । जेल जानु राम्रो होइन, कानुन उल्लङ्घन गर्नु हुँदैन भन्ने विषयमा कार्यशाला गर्दा उनले सोधेको जिज्ञासाले विद्यार्थीमा विकास हुँदै गरेको मानसिकता बोध हुन्छ । हाम्रा शिक्षकले भन्नुभएको “कुनै कारणले जेल परियो भने राज्यले खान, बस्न र लगाउन दिन्छ साथै प्रत्येक दिनको हिसाब गरेर आकर्षक भत्तासमेत दिन्छ ।” यो कुरा सत्य हो नि ? उनले राखेको जिज्ञासा थियो । अरू सहभागीहरूसँग छलफल गर्ने व्रmममा सबै विद्यार्थीले शिक्षकले घुमफिर गर्ने स्वतन्त्रता आंशिक रूपमा खोसिए पनि जेल धन कमाउने ठाउँ हो भन्ने किसिमले नै कक्षामा प्रस्तुति दिएको सन्दर्भलाई प्रस्ट पारे । जेलमै बसेर पनि सिर्जनात्मक काम गरेका केही उदाहरण हुन सक्छन् तर जेल बसेर धनी बनी बाहिर निस्कने भन्ने कुरा सम्भव छैन भनेर पङ्क्तिकारले भन्दा विद्यार्थीहरू तुरुन्तै सहमत भएनन् । उनीहरूको तर्क थियो “जेल परिसकेपछि केही काम नगरे पनि प्रशस्त धन आर्जन हुन सक्छ ।” जागिर गरेर प्राप्त भए झँै राम्रै रकम प्राप्त हुने र समय समयमा घुमफिरसमेत गर्न पाइने भएकाले जेल जानु राम्रै सुविधा पाउनु हो भन्ने विद्यार्थीले बुझेका रहेछन् । यी सम्पूर्ण कुरा उनीहरूले सामाजिक विषय अध्ययन गर्ने व्रmममा कक्षाकोठामा सिकेका रहेछन् ।अर्को एक घटना, केही महिनाअघि काठमाडौँकै प्रतिष्ठित विद्यालयमा ८ कक्षामा पढ्ने विद्यार्थीबिच झगडा भयो । विद्यालयले छानबिन गरी झैझगडाको कारण खोज्यो । यसको कारण पनि अनौठो देखियो । सामाजिक शिक्षकले पहिले पहिले माथिल्लो जातका मानिसले कथित दलितलाई हदैसम्म हेपेर अति तल्लो स्तरका डुम, चमार, आदि शब्द प्रयोग गर्ने गर्थे भनी सिकाएका रहेछन् । तल्लो स्तरमा राखिएका मानिसले माथिल्लो जातका मान्छेलाई छोए भने छोइछिटो गर्नुपथ्र्याे भन्ने कुराका बारेमा पनि लामै बखान गरेका रहेछन् । अहिले यो सामाजिक विकृति कम हुँदै गएको छ भनी कक्षामा पढाएका पनि रहेछन् । विद्यार्थीहरूले भने त्यसै दिनदेखि ससाना झैझगडा भए भने पनि एकले अर्कालाई तिनै शब्द प्रयोग गरी गाली गर्न सुरु गरेका रहेछन् । त्यस दिनको घटना चार पाँच जना विद्यार्थीले एक विद्यार्थीलाई जिस्काउँदै उसले छोएका कारण छोइछिटो हाल्ने र दुव्र्यवहार गर्ने काम गरेछन् । यही नै झगडाको कारण भएको रहेछ । छोइछिटो विवाद बढ्दै गएर झ्यालका सिसा तोडफोड हुने अवस्थामा पुगेको रहेछ । विद्यार्थीले एकआपसमा आफ्नै कारण झैझगडा गरेको भए पनि यसको अन्तर गर्भमा सामाजिक विषय शिक्षण गर्दाको असावधानी नै रहेको देखिन्छ ।यी प्रतिनिधि घटना मात्र हुन् । अहिले सामाजिक शिक्षा के का लागि अध्ययन र अध्यापन गर्ने हो भन्ने कुरा नै स्पष्ट देखिन्न । भाषाका शिक्षक भए भाषाशिक्षण गरे जस्तै गरी सामाजिक शिक्षा पढाउने गरेको देखिन्छ । भूगोल, अर्थशास्त्र वा अन्य विषयका शिक्षकले आफ्नो विषय क्षेत्रसित मिल्दो शीर्षकमा मात्र विद्यार्थीलाई केन्द्रित गरेको पाइन्छ । सामाजिक अध्ययन एउटा विषय क्षेत्रमा केन्द्रित विषय होइन । यो विषय अध्यापन गर्नका लागि बहुआयामिक व्यक्तित्वको आवश्यकता पर्छ । शिक्षक समसामयिक र बहुविषयलाई एकीकृत गरी अध्यापन गर्न सक्ने कुशल व्यक्तित्व भएमा मात्र एकै जनाले सामाजिक शिक्षा शिक्षण गर्न सक्ने अवस्था रहन्छ । विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातकोत्तर गरेकै हुँ भन्ने आधारमा सामाजिक शिक्षा पढाउन थालियो भने सामाजिक शिक्षाको मर्म र मक्सद मरेर जान्छ । विद्यार्थीले सिक्नुपर्ने कुरा सिक्दैनन् र सिक्न नहुने कुरालाई स्मृतिमा ल्याइदिने काम मात्र यस विषयले गर्छ ।सामाजिक अध्ययन वा शिक्षा त समाज बुझेर सामाजिक व्यवहार गर्न प्रेरित गर्ने विधा बन्नु पथ्र्याे तर विकृति विसङ्गतिका कथा सुनाएर र मानव मूल्यलाई नजोडेर सामाजिक विषय अप्ठ्यारो बन्दै गएको छ । यसले पाठ्यव्रmमको उद्देश्य परिपूर्ति गर्न नसकेको यथार्थ सर्वत्र छर्लङ्ग भइसकेको छ । हरेक विषयले आचरण, शिक्षकका आनीबानी र व्यवहारसँग प्रत्यक्ष सरोकार राख्छन् । शिक्षकको आचरण नै असामाजिक छ भने यसले विद्यार्थीमा झनै नकारात्मक प्रभाव पार्न सक्छ । सामाजिक पढाउने र घोकाउने विषय पटक्कै होइन । हाम्रो समाज बुझाउने विषय बन्नु पथ्र्याे, शिक्षक हरेक सामाजिक प्रकार्यको व्याख्या गर्दै मानवीय मूल्य सिकाएर प्रत्येक विद्यार्थीलाई सामाजिकीकरण गराउन सक्षम हुनुपथ्र्याे । समाज विकास र सम्पदाको संरक्षणको महìवलाई आत्मसात् गरेको व्यक्ति मात्र सामाजिक शिक्षक बन्न सक्छ । सबै शिक्षक नैतिकवान् र आदर्शवान् हुनु पर्छ । अझ सामाजिक आचरण, व्यवहार र व्रिmयाकलाप सिकाउने शिक्षक नै असामाजिक र किताब पढेर सुनाउनु नै कक्षाशिक्षण हो भन्ने मानसिकताले ग्रस्त भए भने सामाजिक अध्ययन विषय सामाजिक विकृतिको हस्तान्तरण गर्ने माध्यम मात्र बन्ने छ । अहिले यो सम्भावना बढ्दै गएको छ । व्यवहार, आचरण र सिकाइमा तालमेल नमिल्दा विषय नै बोझ बन्न थालिसकेको छ । पाठ्यव्रmमको उद्देश्य पूर्ति गर्न नसक्ने शिक्षकका कारण विषयप्रतिको वितृष्णा र अनुत्तीर्ण हुने दर बढ्दै गएको छ ।नतिजा प्रकाशन भएको समयमा मात्र चिन्ता व्यक्त गरेर सामाजिक शिक्षामा देखा परेको समस्या समाधान हुन सक्दैन । यसका लागि सामाजिक अध्ययन शिक्षण गर्ने शिक्षकलाई आवश्यक पर्ने न्यूनतम् योग्यता, दक्षता र सिपको मापन गर्ने सूचकाङ्क र दायरा तयार गर्नु पर्छ । पाठ्यव्रmमको उद्देश्य अनुसार सामाजिक विषयमा प्रयोग हुने विषयवस्तुलाई प्रस्तुतीकरण र व्यवस्थित गर्नका लागि आवश्यक तालिमको व्यवस्था अपरिहार्य देखिन्छ । जसले जसरी पनि पढाउन सक्ने विषय भनेर छाडियो भने सामाजिक विषयका कारण विद्यार्थीको उपलब्धिमा नकारात्मक असर पर्ने छ । यसले विद्यार्थीको अन्य विषयमा समेत सिक्ने क्षमतामा ह्रास ल्याउने छ । सामाजिक विषयलाई विद्यार्थीको बोझ बन्न नदिन सम्बन्धित निकायले ढिलो नगरी उपयुक्त उपचारात्मक कार्यव्रmमहरू तर्जुमा गर्नु पर्छ ।