सभामुखद्वारा इद पर्वको शुभकामना
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–उल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना
मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।
वैशाख १ गतेदेखि ठमेल २४ घण्टा खुल्ने
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ घण्टा खुल्ने भएको छ।
मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
विमला घिमिरेको राजनीतिक यात्रा : गाउँ समितिदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई बिहीबार उपाध्यक्ष निर्वाचित भएको घोषणा गर्नुभएको हो।
गृहमन्त्रीमाथि कांग्रेसको आरोप पूर्वाग्रही : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै
राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराउनुभयो ।
शोकले व्याकुल बनेको छ बाँकेको टिटिहिरिया
भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।
ट्याक्सी दुर्घटनामा सात जना घाइते
जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दमकमा आगलागी : लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ ।
न्यायको अनुभूति बिना कानुनी राज्य स्थापना हुन सक्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायको अनुभूति बिना राज्यमा कानुनी राज्य र जबाफदेहिता स्थापना हुन नसक्ने बताउनुभएको छ।
आगो नियन्त्रणमा खटिएका दुई सैनिकको मृत्यु
आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको छ ।
राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।
असन जात्रा (फोटो फिचर)
उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राप्रपाको प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
माटोले छाएको परम्परागत घर
सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।
नातिपुस्तासँगै रिपोर्टिङमा ८० वर्षे पत्रकार छेत्री
काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका-६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन ।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।