यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।
सुरोजलाई रापिड बुद्धिचाल उपाधि
टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले जित्नुभएको छ ।
एनआरएनएद्वारा क्यान पदाधिकारीलाई सम्मान
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि मधेशको सहज जित
मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले हरायो ।
टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाललाई उपाधि
चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । पोखरामा शनिबार भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।
खड्का दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री
तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति हुनुभएको छ । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ ।
ग्रासरुट फुटबल ट्रेनिङ गर्दै अन्नपूर्ण आरसीटी
काठमाडौँ महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा छ महिना चल्नेछ ।
शरणार्थी च्यालेन्ज कप फागुनमा
राइजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता-२०२४ फागुन १० गतेदेखि हुने भएको छ ।
ग्रान्डमास्टर महर्जन अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ‘एस’ वर्गमा पदोन्नति
ग्रान्डमास्टर दिवाकर ’डान’ महर्जन विश्व तेक्वान्दो मुख्यालय (डब्लुटी) अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ’एस’ वर्गमा पदोन्नति हुनुभएको छ ।
धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै
धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
टाइगर कप : महिलातर्फ एपिएफलाई उपाधि
पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।
बागमतीले कोशी प्रदेशलाई दियो दुई सय ७४ रनको चुनौती
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे ।
किन्डर ओलम्पिक हुने
११औँ किन्डर ओलम्पिक यही माघ ६ र १३ गते दशरथ रङ्गशालामा हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपालि काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता रहनेछ ।
बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु
बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
साफ महिला यु–१९ टोलीको घोषणा
बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आदिवासी रङ्गशाला निर्माण अगाडि बढाउन प्रयास
१५ वर्षअघि निर्माण सुरु गरिएको झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई फेरी गति दिनका लागि प्रयास सुरु भएको छ ।
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार घोषणा
नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफलाई मधेशको धक्का
विभागीय टोली नेपाल एपिएफ क्लबलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको नमिठो धक्का लागेको छ ।
नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप हुने
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिन लागिएको छ ।
पेस्की फर्छ्यौटका लागि राखेपको कडाइ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्छ्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजु फर्छ्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।
निर्मलको खेलकुद गीत ‘हारजित’ सार्वजनिक
गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गर्नुभएको छ ।
टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो पटक टाइगर कप भलिबलको उपाधि नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब महिलातर्फ पोखरामा जारी पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रम एक दिवसीय क्रिकेट : आर्मी विजयी
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।