रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात
रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो ।
सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरू सुरक्षित रूपमा अध्ययन गर्न पाएका छन् ।
जिरीलाई दक्षिण कोरियाको चार वटा कोरली गाई उपहार
दक्षिण कोरियाबाट उपहार स्वरूप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् ।
चिसो बढेसँगै बिरामी पनि बढ्दै
चिसो बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । अत्यधिक चिसो बढ्दा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरी महिला बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार केही दिनअघिसम्म उपचारका लागि दैनिक सरदर १५० जना बिरामी आउने गरेको अहिले तीन सय जनाभन्दा बढी पुगेको छ । रुघाखोकी, हाडजोर्नी, बाथ, हातखुट्टा दुख्नेजस्ता समस्या भएका बिरामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सभामुखको निर्वाचन पुस २९ गते
बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि प्रदेश सभामुखको निर्वाचन यही पुस २९ गते हेटौँडास्थित प्रदेश सभा हलमा हुने भएको छ । नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले यही पुस २८ गते प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको छ । त्यसैगरी २९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यक्रम तालिका बनाइएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
विभागीय मन्त्रीले अनुगमन गरेकै दिन यातायात कार्यालयबाट सात जना पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश
बिहान ६ बजेको चिसो तुसारो। जाडोले थरथर कमाउने शरीर। साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही। अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ। त्यही सडकमा सेवाग्राहीको लर्को।
आयोगको जरिवानाविरुद्ध बालेन्द्र साहद्वारा सर्वोच्चमा निवेदन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो ।
चितवन महोत्सवको १४ औँ संस्करण पुस २५ देखि
चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा स्थापित चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा सुरु हुँदैछ । २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सवको यो १४ औँ संस्करण हो ।
डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने यातायात मन्त्रीकाे भनाइ
उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ ।
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुन्ने भएको छ ।
नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास
काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलासा भएको छ। पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं. २ (क) कि.नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफल जग्गा हत्याउने प्रयासमा सोही स्थानमा धर्मशाला सञ्चालन गरिरहेको मारवाडी सेवा समिति लागेको हो। दुवै कित्तामा गौशाला धर्मशालाको उद्देश्यअनुसार सेवा समितिले आफैँले वा आफूअन्तर्गतको सञ्चालक समितिमार्फत साबिकबमोजिम गौशाला धर्मशालाका नामबाट पूर्ण जिम्मेवारी लिएर सञ्चालन गर्ने सम्झौता गरे पनि अहिले आफू मोही रहेको दाबी उक्त संस्थाले गरिरहेको छ।
एक दशकमा पनि सम्पन्न भएन टेकु पुल
निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ ।
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।
भक्तपुरकी अशक्त नागरिकले पाइन् घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाण पत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नु भएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाण पत्र लिएर उहाँको निवास पुग्नुभएको थियो ।
ञिङ्मा मोन्लम काठमाडौँमा सुरु
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रको शेर्पा गुम्बामा १३ औँ नेपाल ञिङ्मा मोन्लम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङमा सङ्घको आयोजनामा पौष १७ देखि २२ गते सम्म छ दिने मोन्लम पूजा सुरु भएको हो ।
कुखुरापालनको व्यवसायीकरणमा जोड
कुखुराको अन्डा र मासु उत्पादनलाई थप आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाले जनाएका छन् । दसौँ पोल्ट्री दिवस २०७९ को अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले मासु तथा अन्डा उत्पादन र बजारमा मागमा घटेकाले किसान विस्थापित हुने खतरा निम्तिएको र यसलाई रोक्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिइयो ।
नदीजन्य पदार्थको चोरी निकासी बढ्यो
हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन र निकासी गर्न पाइन्छ। तर, रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीस्थित सुनकोसी नदीमा हरेक मौसममा रातको समयमा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ (ढुङ्गा, गिटी र बालुवा)को उत्खनन गरी तस्करी भइरहेको छ।
जस्तामय आलम्पु गाउँ
कुनै दिन स्लेटको (ढुङ्गा) छाना गाउँका रूपमा परिचित दोलखाको बिगु गाउँपालिका–६ को आलम्पु गाउँ अचेल जस्तामय भएको छ। गत २०७२ को भूकम्पपछिको पुनर्निर्माणले गाउँका सबै घरमा जस्ताको छानो लगाइएपछि गाउँ नै जस्तामय बनेको वडाध्यक्ष टहलबहादुर थामीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिले त सबै घरका छाना स्लेटले छाएका चिटिक्क परेको गाउँ देखिन्थ्यो। भूकम्पपछि बनेका घरमा स्लेट लगाउँदा घरलाई बढी भार पर्छ भनेर भनेपछि गाउँको मौलिकता नै मासियो।
विद्यालय भवन पुनर्निर्माण सम्पन्न
गत २०७२ को भूकम्पमा परी भत्किएको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ। एसियाली विकास बैङ्कको अनुदानमा चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो।
सत्तरीवटा विकास निर्माण योजना सञ्चालन
सहरी विकास तथा भवन कार्यालय सिन्धुलीमार्फत चालू आर्थिक वर्ष २०७९/८० मा सिन्धुली र रामेछाप जिल्लामा ७० वटा विकास निर्माणका योजना सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारको ससर्त अनुदान र बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट ती विकास निर्माणका योजना सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ। ती विकास निर्माणका योजना सञ्चालन गर्न चालू आवमा स्वीकृत २६ करोड रुपियाँ बजेटमध्ये चार करोड दुई लाख २५ हजार रुपियाँ बजेट खर्च भइसकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो।
दूधको मूल्य बढाउन किसानको माग
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् ।
काठमाडौंमा स्रष्टा समाजको बहुभाषिक कविगोष्ठी
नेपाल स्रष्टा समाजले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आइतबार बहुभाषिक कविगोष्ठी सम्पन्न गरेको छ । कवि गोष्ठीमा करिब २५ जना कविहरूले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।
बृहत्तर बाम एकताको पहल गर्ने पक्षमा छौँ : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति सम्बन्धनमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।