आफैँलाई भोट दिन नपाउने पन्ध्र जना उम्मेदवार
गण्डकी प्रदेशमा प्रमुख राजनीतिक पार्टीका १५ जना उम्मेदवारले आफैँलाई मत हाल्न पाउने छैनन्। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेकाले मत हाल्न नपाउने भएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि चितवनबाट उम्मेदवारी दिनुभएको थियो। अहिले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ।
विकट गाउँ बगरामा मतदान स्थल भएपछि स्थानीयहरू उत्साहित
म्याग्दीको दुर्गम बस्ती धवलागिरि गाउँपालिका ४ मुदीको बगरा गाउँमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तोकिएपछि बगरा र सिमकोसका स्थानीयवासी खुसी भएका छन् । मतदान स्थल कायम भएसँगै मतदान गर्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । मतदान गर्न घण्टौँ हिँडेर टाढा जानुपर्ने भएकाले यसअघिका निर्वाचनहरूमा यहाँका मतदाता मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए ।
उद्योगग्राम स्थापना गरेर रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ।
निर्वाचन व्यवस्थित बनाउन आयुक्त तुलाधरको निर्देशन
निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
५५ करोड लगानीको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपियाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रवारबाट सञ्चालनमा आएको हो ।
निर्वाचन अवधिभरि मदिरा बिक्री निषेध
जिल्ला प्रशासन कार्यालय नवलपुरले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवन निषेध गरेको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
व्यास नगरपालिका –१ खकौलीमा ट्याक्टरले बारी जोत्ने क्रममा २८ वर्षीय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोत्नेक्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठूला दल आमसभामा, साना घरदैलोमा
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र तथा साना दलहरू घरदैलोमा व्यस्त छन् भने ठूला दलका उम्मेदवारहरू भने सभा र प्रशिक्षणमा व्यस्त देखिएका छन्। मतदानको दिन नजिकिँदै जाँदा राजनीतिक दललाई चुनावी प्रचारप्रसार भ्याइनभ्याइ हुन थालेको छ।
निर्वाचन सामग्री बोकेर घरदैलोमा स्वयंसेविका
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखराकी स्वास्थ्य स्वयंसेविका भविकला थापाको झोलाभरि हिजोआज मतदाता शिक्षासँग सम्बन्धित सामग्री भेटिन्छ । स्वास्थ्य स्वयंसेविकाको निर्धारित काम स्वास्थ्य सचेतना भए पनि आमनिर्वाचनको मिति नजिकिएसँगै उहाँको भूमिका फेरिएको छ ।
देशभित्र आम्दानी र रोजगारी सृजना गर्छौः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यको तनहुँ–१ का उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउनुभएको छ ।
मुस्ताङमा चुनावी चहलपहल बढ्यो
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा राजनीतिक दल तथा विभिन्न पार्टीका उम्मेदवारको चुनावी सक्रियता बढेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी देखिएको मुस्ताङमा दुवै दलले आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेका छन् । एउटा प्रतिनिधि सभा र दुइटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कोइराला र पौडेलबीच प्रतिस्पर्धा
संविधान सभा र संसदीय निर्वाचनमा गरी तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ मा चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका कोइरालासँगै नेकपा (एमाले)का तर्फबाट तत्कालीन संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल स्वतन्त्र पार्टीबाट राजन गौतम र राप्रपा नेपालबाट मोहनीलाल भुसाललगायत पाँच स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
चुनाव जित्नैपर्ने दबाबमा पौडेल
“देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ। एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नैै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ। २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन।
मुलुकको रुपान्तरणका लागि मेरो उम्मेदवारी : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य तनहुँ –१ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूत गर्ने र मुलुकको रूपान्तरणको लागि केन्द्रित भएको बताउनुभएको छ ।
एमाले नेतृत्वको सरकारले मात्र समृद्धि कायम गर्न सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।
स्थायित्व, शान्ति र विकासका लागि जीत आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि चुनावमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताउनुभएको छ ।
‘हाम्रा मुद्दा प्राथमिकतामा परेनन्’
बागलुङका द्वन्द्वपीडित परिवारका सदस्यले सङ्क्रमणकालीन न्यायका समस्या राजनीतिक दलको प्राथमिकतामा नपरेको गुनासो गरेका छन्।
हेर्न जाने कि अक्टुपस झरना
मनाङ जाने क्रममा मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका क्रसफायर राइडर
नेकपा मशाल निर्वाचनमा सहभागी नहुने
नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय व्यवस्थाको अन्त्यगरी जनताको जनवादी व्यवस्था स्थापनाको माग गर्दै मशालले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
भेडा मर्न थालेपछि समस्यामा किसान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताउनुभयो ।
सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?
सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् ।
उम्मेदवारको ध्यान मुख्यमन्त्रीतर्फ
मुलुकका अधिकांश जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने विषयमा कार्यकर्ताबीच जोड–घटाउ चलिरहेका बेला गण्डकी प्रदेशमा भने प्रदेश सभातर्फ धेरैको चासो रहेको पाइएको छ। पार्टीले नै कनिष्ठ नेतालाई प्रनिनिधि सभामा र केन्द्रीय स्तरका नेतालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएर पठाउनु र उम्मेदवार स्वयं पनि यसैतर्फ आकर्षित हुनुले यो वास्तकितालाई थप पुष्टि गरेको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली
लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ।