‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिँदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो ।
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुङ्गे पुुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।
बेगनास तालका मोटरबोट बन्द
पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटर बोट बन्द गरेको छ। जलारी समुदायले विरोध जनाएपछि शुक्रबार पोखरा महानगरले पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो।
गोरखामा सवारी दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन्।
प्रतिष्ठानले अग्रजको स्मृतिमा चौतारी बनाइँदै
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाले अग्रज स्रष्टाको स्मृतिमा चौतारी निर्माण गर्नेभएको छ ।
अर्जुन चौपारीमा औद्योगिक ग्राम सञ्चालनको तयारी
अर्जुन चौपारी गाउँपालिका रहेको औद्योगिक ग्राम प्रयोगमा ल्याउने तयारी गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।
भूकम्पपीडित पत्रकारलाई ज्याकेट
प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टरका ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले राखेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम संग्रहालय
एक दशक अगाडिसम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।
कौरा नाचको संरक्षणमा जुटे युवा
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको कौरा नाच लोप हुँदै जान थालेपछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न पूर्वी नवलपरासीका मगर युवाहरू लागिपरेका छन् ।
बजेट र योजना कार्यान्वयनमा ढिला गर्ने छुट छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारबाट विनियोजन भएको बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
ट्राउट माछापालनमा आत्मनिर्भर बन्दै युवा (फोटो फिचर)
पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न यहाँका तीनजना युवाले सामूहिक माछापालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।
टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरूलाई निर्देशन दिनुभएको छ ।
भुरुङ चौकीलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
भुरुङ चौकी माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भुरुङ चौकीले ११ स्वर्ण, छ रजत र चार कांस्य पदका साथ रनिङ शिल्ड र ३० हजार जितेको हो ।
सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुगेका पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।
‘राष्ट्रको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी’
नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराको १९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
सुन्तला प्रवर्द्धनका लागि डोको उपहार
स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्।
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
नवलपुरमा १२० जना एचआइभी सङ्क्रमित
नवलपुरमा एक सय २० जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भएपनि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको छ ।
घाँसखेतीबाट कृषकको जीवन उकासिँदै
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१२ का कृषकहरू अहिले समूह नै बनाएर व्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर उकासिन थालेको छ ।
बरफ जमेकाे पञ्चकुण्ड तालमा पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ ।
अटोरिक्सा सञ्चालनका लागि रुट
म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।
सडक स्तरोन्नतिले यात्रा सहज
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख हुँदै चित्रेसम्मको १८ किलोमिटर पाँच सय ४० मिटर दुरीको ग्रामीण सडक फराकिलो, स्तरोन्नति, ग्राभेल, ढलान र कालोपत्रे भएपछि घार र शिखका स्थानीयहरुले १५ वर्षसम्म भोगेको सास्ती हटेको छ ।
गाउँमै उपचार पाएपछि स्थानीयवासी खुसी
स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् ।
तनहुँमा डेंगुबाट बालकको मृत्यु
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।