चेरी र सवारी ज्यान मुद्दाका फरार दुई जना पक्राउ
चोरी र सवारी ज्यान मुद्दामा कैद सजाय ठहर भएर फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ।
महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक छ : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ । मङ्गलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै मन्त्री रेग्मीले सो कुरा बताउनुभएको हो ।
विकास आयोजना सञ्चालनमा अलमल
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य नहुँदा विकासका योजनामा दोहोरोपन हुने गरेको छ। समन्वय अभावमा सङ्घीय सरकारले सञ्चालन गरेका एउटै प्रकृतिको विकास योजना प्रदेश र स्थानीय तहले पनि सञ्चालन गर्दा योजनामा दोहोरोपना हुने गरेको हो। काठमाडौँ जिल्ला समन्वय समितिले सोमबार काठमाडौँ जिल्लाभित्रका तीनै तहका गत आर्थिक वर्षमा सञ्चालित योजनाको समीक्षा कार्यक्रममा तीनै तहका प्रतिनिधिले समन्वय अभावमा योजनामा दोहोरोपना हुने गरेको बताउनुभयो। सहभागी प्रतिनिधिले सङ्घीय र प्रदेश सरकारले आ
मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलद्वारा प्रतिवेदन पेश
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र गृहमन्त्री बालकृष्ण खाणको निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ ।
डा. केसीकोे धनगढीमा अनसन
सत्याग्रही डा. गोविन्द केसीले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै धनगढीमा आजदेखि अनसन सुरु गर्नुभएको छ । सात बुँदे माग राख्दै उहाँले धनगढीस्थित धर्मशालामा २० औं सत्याग्रह थाल्नु भएको हो ।
खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती
रुपन्देही सैनामैनाको ईगुरिया खोलामा पुल नबन्दा मानवीय क्षति भइरहेको छ । सो खोला तर्नेक्रमा पन्ध्र वर्षमा १० जनाको ज्यान गएको स्थानीयको भनाई छ । गत चार बर्षअघि रुपन्देही सैनामैना नगरपालिका ४५ वर्षिय हरिहर मल्लाह ७ बर्षिया छोरी लिएुर घर फर्किदा सो खोलाले बाउछोरीलाई बगाएको थियो । खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुको बिकल्प नरहेको स्थानीयले बताएका छन् ।
प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।
पाल्पा र स्याङ्जाको सङ्गम राम्दीमा नयाँ पुल बन्दै
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पुल बन्ने भएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी धाममा नयाँ पक्की पुल बन्न लागेको हो ।
झिझा खोलामा पुल निर्माण कार्य शुरु
मटिहानी नगरपालिकाले कृषि क्षेत्रलाई टेवा पुग्नेगरी कृषि सडकमा पनि लगानी बढाउँदै लगेको जनाएको छ । कृषकले उत्पादन गरेको अन्न फसल खेतबाट घरसम्म ल्याउन प्रयोग गरिने सडकमा र खोलामा पुल निर्माण थालेको छ ।