पर्यटन दिवसमा पर्यटन अभियन्ता र पत्रकार सम्मानित
जिल्लाको पर्यटन क्षेत्रमा योगदान पुर्याउने पर्यटन अभियन्ता र पत्रकारलाई सम्मान गरिएको छ ।
पर्यटन दिवसमा ‘भिजिट बन्दीपुर’ घोषणा
पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो ।
बैंकले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ ।
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।
खेवाङ गोल्डकप कात्तिक १० गतेबाट हुने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
मानवता इतिहासकै कठिन मोडमा : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
सुन हालसम्मकै महँगो
लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।
भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने एडीबीको प्रक्षेपण
एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ ।
कैलालीमा कोरोनाविरुद्धको खोप अभियान
कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन
अविरल वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । शुक्रबार बिहान करिब ९ः१५ को समयमा वर्षासँगै आएको लेदोको कारण विपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका –८ चारसय बेशीमा सडक अवरुद्ध भएको थियो ।
राप्ती राजमार्ग तीन दिन अवरुद्ध
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।
चन्द्रमा कसरी बन्यो ?
सर्वमान्य परिकल्पनाका रूपमा परिचित चन्द्रमाको उत्पत्तिसम्बन्धी सिद्धान्तले भनेको छ,
वर्षाले अधिकांश आन्तरिक उडान प्रभावित
बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
२०८१ साल असोज महिनाको राशिफल
सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । आँटेका काममा महत्वपूर्ण सफलता हात पर्ला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । सन्तानको चिन्ताले केही पिरोल्ने छ । दाम्पत्य
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले गर्नुभयाे स्वागत
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुभएको छ ।
बुढ्यौली उपचार सेवा बिस अस्पतालमा
ज्येष्ठ नागरिकको सहज उपचार सेवाका लागि लुम्बिनी प्रदेशका २० अस्पतालमा स्वस्थकर बुढ्यौली उपचार सेवा विस्तार भएको छ ।
मानव बेचबिखनका लागि जमुनाह जोखिमपूर्ण
पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ ।
पिकअपको ठक्करबाट महिलाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
बन्दीपुर केबलकार सञ्चालनमा
मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार बिहीबारबाट सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते देखि बन्द गरिएकोमा १६ दिन पछि सुचारु गरिएको हो ।
कालीगण्डकी करिडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।
बिमा बोर्डले भुक्तानी नगर्दा बेनी अस्पतालमा सेवा प्रभावित
बेनी अस्पतालमा असोज ९ गते उपचारका लागि आएकी थासाङ गाउँपालिका–३, मुस्ताङकी ७२ वर्षीय मनदेवी तुलाचनले नियमित खानुपर्ने औषधी अस्पतालको फार्मेसीमा पाउनुभएन ।
हट्यो पानी बोक्ने बाध्यता
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
खर्च घट्यो तर घटेन भाडा
गत एक वर्षमा कोशी पहाडी जिल्लामा धेरै विद्युतीय सार्वजनिक सवारीसाधनको प्रयोगमा आएका छन् । कोशी राजमार्ग हुँदै धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभाका विभिन्न स्थानमा दैनिक एक सयभन्दा बढी सार्वजनिक विद्युतीय सवारीसाधन गुड्छन् । जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीमा आधा विद्युतीय सवारीसाधन नै रहेका छन् ।