नगरप्रमुख पन्थीको हरित शहरको अवधारणा
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा हरित शहरको रुपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको छ ।
सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।
मतदान गर्न आएका नेपाली रोजगारीका लागि भारत फर्किंदै
स्थानीय तह निर्वाचनमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् ।
महिनावारी हुनु गर्वको कुराे, पाप र अपराध होइन, मातृत्व क्षमताको पहिचान पनि हो : मन्त्री भुसाल
ललितपुर, जेठ १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गर्नुभयो । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “यो गर्वको कुराे हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवद्ध्र्रन गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताउनुभयो । बिहान वसन्तपुरबाट सुरु भएको साइकल ¥याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो । ¥यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो । पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसावले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।
६३५ घरेलु उद्योग दर्ता
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।
जग्गा कीर्ते गरी ठगी गर्ने आरोपमा भक्तपुरबाट पक्राउ
भक्तपुर, जेठ १४ गते । सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो । परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडि बढाएको केसीले बताउनुभयो । पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छाँै भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ ।
गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रमः डा. राणा
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताउनु भएको छ ।
हदम्याद बढाउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीविरुद्ध उजुरी गर्ने हदम्याद बढाउन सरकारलाई आग्रह गरेको छ । आयोगले जबरजस्ती करणीविरुद्धको उजुरी दिने विद्यमान एक वर्षे हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडितमैत्री हुने गरी संशोधन गर्न सरकारलाई आग्रह गरेको हो ।
कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार
राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।