मोबाइल
रोशन साह्रै ज्ञानी छ । ऊ ७ कक्षामा पढ्छ । पढाइमा साह्रै अब्बल छ । हरेक पटक कक्षामा प्रथम हुन्छ । त्यति मात्रै कहाँ हो र ! विद्यालयले हरेक वर्ष आयोजना गर्ने विभिन्न प्रतियोगितामा पनि ऊ पुरस्कृत भएकै हुन्छ । त्यसैले त रोशनको बुवाआमा आफ्नो छोराको बानीदेखि साह्रै खुसी हुनुहुन्छ ।
कोइली र काफल
बेतिनी वन बाक्लो र हरियो थियो । वनमा धेरै काफलका रुखहरू थिए । ऐँसेलुका झाङमा ऐँसेलु लटरम्मै पाकेका थिए । काफल पाकेर रुखहरू राताम्मै थिए । चुत्रोका बुटाहरू चुत्रो पाकेर कालै भएका थिए । जामुनो पनि पाक्न थालेको थियो । झ्याउँकिरीका आवाजले वनको वातावरण सङ्गीतमय बनेको थियो । मान्छेका बस्तीभन्दा वन धेरै सफा, शान्त र आनन्ददायी थियो ।
पढ्ने रहर
म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन्
केही नेपाली उखानहरू :
१. हात्ती दिउँला भन्नेसित बोको मागी हेर्नु । २. हीराको मोल कीराले जान्दैन । ३. हरिप बन्नुभन्दा गरिब हुनु बेस । ४. जस्तो खाना त्यस्तै दिमाग, जस्तो दिमाग त्यस्तै पहिचान । ५. लाटो खान्छ एक बल्ट्याङ, बाठो खान्छ तीन बल्ट्याङ ।
गाउँखाने कथा
१. कम्मर कसी काम गर्ने हाम्री घरकी नानी जति पछि हुँदै गयो उति हुन्छिन सानी के होला ? २ . दिनभरि कुन्नी कता मस्तसँग सुत्छ रात पर्दा बत्ती बाल्दै गाउँगाउँ डुल्छ के होला ? ३. घुम्ने मेरो काम हो सधैँभरि घुम्छु
बालगीत
आज हामी भन्टाङ भुन्टुङ सबै साना साना हामी पनि बन्छौँ भोलि हाम्रै घरको छाना ।
ह्याकर सबै खराब हुँदैनन्
तपाईंहरूलाई आज म ह्याकरका बारेमा केही कुराको जानकारी दिँदैछु । ह्याकर शब्द यसअघि तपाईंहरूले सुन्नु नै भएको होला । खासमा ह्याकर एक साइबर सुरक्षा अनुसन्धानकर्ता हो । ह्याकरहरू अनुमति लिएर वा नलिएर कुनै पनि वेबसाइट, एप, सफ्टवेयर र सूचना प्रणाली तथा नेटवर्कमा प्रवेश गर्न खोज्छन् । के कारण र कस्तो उद्देश्यले ह्याकरहरू अरूको वेबसाइट, एप वा सफ्टवेयरमा प्रवेश गर्न खोज्छन् ? यस विषयमा जानकारी लिऔँ है त । आशा छ यो सामग्री तपाईंहरूलाई पक्कै मन पर्ने नै छ ।
शिवसतीको झगडा
‘महादेव ! बाआमाको घरमा ठूलो उत्सव छ रे । उहाँहरूले महायज्ञको आयोजना गर्नुभएको रहेछ । देवदेवीहरू गइरहेका छन् । हाम्रो त वास्तै भएन । बिर्सेका पो हुन् कि, नत्र यस्तो नहुनुपर्ने । त्यसैले बिन्ती छ हामी पनि जाउँ न है । होइन हजुरलाई जान मन छैन भने पनि केही छैन, कर गर्दिन । मलाई जान दिनुस् । के भएको रहेछ सम्झाएर आउँछु ।’ दक्ष प्रजापतिको घरमा महायज्ञ भइरहेको कुरा थाहा पाएर सतीदेवीले भनिन् ।
बास्केटबल खेलाडी उत्पादन गर्दै आईएसए नेपाल
जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने उखान तिमीहरूले सुनैकै हुनुपर्छ । खेलकुदमा पनि यस्तो हुन्छ । खेलकुदमा जग बलियो बनाउने भनेको स्कुल स्पोर्टस् र एकेडेमीहरू हुन् । अझ स्कुले जीवनमा राम्रो प्रशिक्षण हुनेमा ग्यारेन्टी हुँदैन तर खेलका एकेडेमीहरूले सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन दिन्छ । राम्रो प्रतिभा खोज्न मद्दत गर्छ । जसले भविष्यमा ती खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्छन् । जसले नेपालको नाम उँचो हुन्छ ।