राष्ट्रिय विषयमा प्रमुख शक्तिबिच एउटै मत हुनुपर्छ : नेत्री गुरुङ
नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो : लगानी बोर्डका सीइओ भट्ट
लगानी सम्मेलनमा ‘सोकेस’मा लगिने आयोजनालाई कसले अध्ययन गरेको, सर्वेक्षणलगायत पूर्वतयारीका काम गरेको, कसले कार्यान्वयन गर्ने योग्य बनाएको भन्ने सन्दर्भलाई स्पष्ट पार्न आवश्यक छ ।
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका कामबाट जनता निरास छन् । सरकार बनाउने, ढाल्ने, मन्त्री बनाउने खेलमा नै सदन अल्मलिएको छ । सत्ता कसले प्राप्त गर्यो गरेन त्यो गौण कुरा हो । जनताले सेवा प्राप्त गरे वा गरेनन् त्यो महत्वपूर्ण विषय हो । देश र जनता पहिलो प्राथमिकता हुन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवासुविधा पहिलो प्राथमिकता हुनुपर्छ । कानुनले मात्रै सबै कुराको व्यवस्था हुँदैन । व्यवस्थापकीय पक्षलाई पनि ध्यान दिनुपर्छ ।
रानीगन्जमा तरकारी बजार राख्ने योजना छ
पूर्वपश्चिम राजमार्गमा अवस्थित लालबन्दी नगरपालिका शिक्षा, स्वास्थ्य र अन्य सुविधामा तुलनात्मक रूपमा सर्लाहीका २० स्थानीय तहमध्ये विकसित मानिन्छ । पछिल्लो समय जिल्लाभरमा बासस्थान, शिक्षाका लागि जिल्लावासीको प्रमुख रोजाइमा पर्न थालेको छ ।
कृषिको आधुनिकीकरणमार्फत आयआर्जन वृद्धि गरिने छ
जाजरकोटको विकट क्षेत्र मानिने जुनीचाँदे गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारका क्षेत्रमा काम केन्द्रित गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट पालिका अध्यक्ष हुनुहुन्छ, वेदबहादुर शाही । जनप्रतिनिधिका रूपमा दुईबर्से अवधिका आफ्नो भोगाइबारे अध्यक्ष शाहीले खुलेर कुराकानी गर्नुभयो । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका जाजरकोट समाचारदाता सहदेव बस्नेतले गर्नुभएको कुराकानी :
‘सबै सुकुमवासीका लागि घर बनाइसक्ने योजना छ’
सङ्खुवासभाका १० स्थानीय तहमध्ये एक पाँचखपन नगरपालिकाको जनसङ्ख्या १६ हजार ३४८ रहेको छ । यस नगरपालिकाका लागि दोस्रो स्थानीय तहको निर्वाचनबाट विपिन राई नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
‘सडक चौडा पार्न ठुलो चुनौती छ’
सप्तरी जिल्लाका १८ स्थानीय तहमध्ये एक शम्भुनाथ नगरपालिका पूर्वपश्चिम लोकमार्ग र हुलाकी सडकको सुविधा प्राप्त छ । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का तर्फ
युवालाई देशमा रहने वातावरण तयार
तनहुँको शुक्लागण्डकी नगरपालिकामा विकास र समृद्धिको प्रचुर सम्भावना छ । माछापुच्छ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम, थप्रेक, राईपुर, लामागाउँ जस्ता उच्च तथा रमणीय ठाउँ यस नगरपालिकामा रहेका छन् । देशको राजधानी काठमाडौँदेखि १७० किलोमिटर पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ किलोमिटरमा नगरपालिका रहेको छ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस नगरपालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित कृष्णराज पण्डितसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
अपि हिमालको आधार पर्यटन प्रवर्धन
दार्चुला सदरमुकाम खलङ्गादेखि २३ कोस टाढा रहेको अपि हिमाल गाउँपालिकाभित्र साबिकको खण्डेश्वरी र घुसा गाविस पूरै, गुल्जर र शितोला गाविसका केही भाग समेटेर छ वडामा विभाजन गरिएको छ । ६१३.९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाको पूर्वमा बझाङ, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका छन् । करिब सात हजार जनसङ्ख्या रहेको यस पालिकामा सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमालसहित नाम्पा, कापचुली र जेठी बौरानी रहेका छन् ।
औषधी नपाउने अवस्थाको अन्त्य गरेका छौँ
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासँग भौगोलिक सीमा जोडिएको गुराँस गाउँपालिकामा साबिकका वराह, सेरी, गोगनपानी, पिलाडी, लालीकाँडा गाउँ विकास समितिलाई सामेल गरिएको छ । व्यावसायिक आलु तथा तरकारी उत्पादनका लागि गुराँस गाउँपालिका प्रख्यात छ । हिउँदको समयमा गुराँस फुलेर पालिकाका अधिकांश स्थान ढकमक्क हुन्छन् । यस पालिकाबाट नेपालगन्जका दृश्यसमेत देखिने भएकाले दृश्यावलोकनका लागि पर्यटक आउने गर्छन् । पालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का टोपबहादुर बिसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष बिसीसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :
सिँचाइमा विद्युतीकरण थालिएको छ
कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन् । गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव,
‘तीन वर्षभित्रमा सबै घरमा धारा पु-याउँछौँ’
रामेछाप नगरपालिका रामेछापको पुरानो सदरमुकाम हो । नौ वटा वडा रहेको यो नगरपालिका रामेछापको दक्षिण पूर्वमा अवस्थित छ । रामेछाप नगरपालिकामा भएका विकास निर्माणका काम र नगरको आर्थिक तथा सामाजिक विकासको अवस्थालगायतका विषयमा नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिका प्रमुख लवश्री न्यौपानेसँग रामेछाप समाचारदाता नवराज श्रेष्ठले गर्नुभएको कुराकानी ।
नब्बे प्रतिशत खेतमा सिँचाइ पुर्याएका छौँ
सखुवानानकरपट्टी सिराहा जिल्लाको पूर्वी भेगमा पर्ने गाउँपालिका हो । महदेवा पोर्ताहा, सोठियाइन, मौवाही इटहर्वा र सखुवानानकरपट्टी गाउँ विकास समिति मिसाएर पाँच वडा बनाइएको यस गाउँपालिकामा ६७ प्रतिशत किसान छन् । यो गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट निर्वाचित केदारनाथ यादवको दोस्रो कार्यकाल चलिरहेको छ । यादवसँग गोरखापत्र दैनिक
“स्थानीय सरकारको अनुभूति दिलाएका छौँ” : लोप्साङ छोम्पेल
माथिल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित छ । एक हजार २९२ जनसङ्ख्या रहेको यो गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त पालिकाका रूपमा रहेको छ । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड यसै गाउँपालिकामा पर्दछ । कालीगण्डकी कोरिडोर यो पालिका हुँदै कोरला नाकामा जोडिएको छ । साबिकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिलाई समेटेर लो–घेकर दामोदरकुण्ड
व्यक्तिगत माग सम्बोधन गरिँदैन
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले स्थानीयवासीको आयआर्जन, सडक पहुँच विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्नुभएको छ । नेपाली कांग्रेस हुम्ला पार्टी सभापति तथा अध्यक्ष सिंहमा पालिकाको विकास द्रुत गतिमा कसरी गर्न सकिन्छ भन्ने हुटहुटी देखिन्छ । रैथाने बाली निकासीमार्फत स्थानीय उत्पादनको प्रवर्धन, आयआर्जन जस्ता कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेका अध्यक्ष सिंहले पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुभएको छ । प्रस्तुत छ, अध्यक्ष सिंहसँग गोरखापत्रका हुम्ला समाचारदाता राजन रावतले गर्नुभएको कुराकानी–
उत्पादनसँग जोडेर आत्मनिर्भर पालिका बनाउने छौँ
चितवनका नगरपालिकामध्ये विकट भूभाग समेटिएको राप्ती नगरपालिकामा विपन्न चेपाङ समुदायको बाक्लो बस्ती छ । यही नगरपालिका भएरै काठमाडौँ जोड्ने भण्डारा–मलेखु सडक निर्माण भएको छ । यसअघि वडाध्यक्ष भएर काम गरिसके
नगरलाई पूर्ण खोप, पूर्ण साक्षर र बालमैत्री घोषणा गरिसकेका छौँ
रौतहट जिल्लाका १६ वटा नगरपालिकामध्ये क्षेत्रफलको दृष्टिकोणले दोस्रो ठुलो नगरपालिका गुजरा नगरपालिका हो । बकैया, घाघी, लमहा, सथियारी र धनसार खोलाले छोएको यो नगरपालिकाको मध्यभागमा रहेको गुजरा खोलाको नामबाट गुजरा नगरपालिका नामकरण गरिएको हो ।
जीविकोपार्जनसँग पर्यटन जोड्छौँ
मनाङ जिल्लाको चामे गाउँपालिका पर्यटकीय गन्तव्य हो । जिल्ला सदरमुकाममा रहेको चामे गाउँपालिका अन्नपूर्ण पदयात्राका साथै तिलिचो ताल जाने मार्गका रूपमा रहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको यस पालिकामा लमजुङ हिमाल, कजिनसरा ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचा आदि छन् । जिल्लाका चार वटा स्थानीय तहमध्ये चामे कार्यसम्पादन मूल्याङ्कनमा पहिलो रहँदै आएको छ । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा आदि विषयमा केन्द्रित रही हिमालपारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेसँग गोरखापत्रका मनाङ समाचारदाता यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :
सहिद परिवार र घाइतेलक्षित घुम्ती कोष परिचालन गरिएको छ
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका जाजरकोट भूकम्पले प्रभावित क्षेत्र हो । भूकम्पपछिको उद्धार, राहत, अस्थायी आवास निर्माणपछि पुनर्निर्माणका लागि कसरी अघि बढ्ने भन्ने विषय पालिकाको चुनौतीका रूपमा रहेको छ । त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित गणेशकुमार केसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष केसीसँग गोरखापत्रका रुकुमपश्चिम मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानी :
क्षतिग्रस्त संरचना पुनर्निर्माणको प्रक्रियामा छन्
पाँचथरको फालेलुङ गाउँपालिकाको भारतको सिक्किम र पश्चिम बङ्गालसँग सिमाना जोडिएको छ । साबिकका प्राङबुङ, सिदिन, एकतिन र याङ्नाम गाविसको आधा भागलाई समेटेर फालेलुङ गठन गरिएको हो । २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल
पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ
नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १
कृषिलाई प्रथम स्थानमा राखी अगाडि बढेका छौँ
तनहुँको म्याग्दे गाउँपालिका साबिकका तीन गाविस छाङ, जामुने र मनपाङ समायोजन भई गठन गरिएको हो । समावेश भएका साबिकका गाविसलाई विभाजन गरी सात वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका रहेका छन् । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस पालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । मगर जाति बाहुल्य रहेको यो गाउँपालिका सुन्तला तथा आलु खेतीका लागि प्रख्यात छ । यस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तर्फबाट निर्वाचित श्रीप्रसाद श्रेष्ठसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
समाजका कुरीति हटाउन सकिरहेका छैनौँ
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिका जिल्ला सदरमुकाम गोठालापानीबाट १३ कोस दुरीमा रहेको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्दछ । यद्यपि गाउँपालिकामा विद्युतीकरण भने हुन सकेको छैन । पछिल्लो समय सङ्घ र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडकखण्ड कालोपत्रे गरेसँगै सडक स्तरोन्नतिले तराई–पहाड जोड्न सार्वजनिक बस सञ्चालनमा छन् । भारतसँग जोडिएको यस गाउँपालिका भएर बग्ने महाकाली नदीमा झोलुङ्गे पुल निर्माण हुन सके आवा
तीन तहबिच समन्वय हुन सकिरहेको छैन
साबिकका दहचौर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गाउँ विकास समितिको भूगोल समेटेर विसं २०७३ सालमा गुर्भाकोट नगरपालिका घोषणा गरिएको हो । गुर्भाकोटमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको पर्याप्त सुविधा छैन । गुर्भाकोट नजिकै भेरी नदी बगे पनि किसानले त्यसको लाभ लिन सकेको पाइन्न । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका बासिन्दा जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा गएको पाइन्छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट हस्त पुन हुनुहुन्छ । पालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित पुन अघिल्लो कार्यकालका विकास निर्माण र योजनाका कतिपय कार्यलाई जारी नै राखेको बताउनुहुन्छ । प्रस्तुत छ, प्रमुख पुनसँग गोरखापत्रका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :