मेरो प्रयास निजी क्षेत्रप्रतिको धारणा बदल्ने हुनेछ
अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै नेपालको निजी क्षेत्र यतिबेला चिन्तित छ। अर्थतन्त्रका अधिकांश सूचक कमजोर भएकाले नयाँ बन्ने सरकारले यसलाई सुधार गर्नुपर्ने जोड निजी क्षेत्रको छ। विद्यमान अर्थतन्त्रबारे निजी क्षेत्रको धारणा, नयाँ सरकारलाई सुझावलगायत आगामी योजनामा केन्द्रित रहेर आईएमई गु्रपका अध्यक्षसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग गोरखापत्रका विश्वास रेग्मीले गर्नुभएको कुराकानी :
संसद्मा हामी निर्णायक हुन्छौँ : सीके राउत
जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ।
‘मतगणनामा नयाँ रणनीति हुनेछ’
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका उहाँसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल बैङ्कले सेवालाई सहज बनाउँदै लगेको छ
मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
अभिव्यक्तिको स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र घृणात्मक अभिव्यक्तिलाई मिलाउनु हुँदैन । त्यो त दूषित हुन्छ । त्यो त विष हो ।
‘यसैवर्ष पाँच लाख भूमिहीनले जग्गासहितको लालपुर्जा पाउँछन्’
सरकारको काम कारबाही कस्तो छ भन्ने विषयमा हेर्न देशभरका नापी र मालपोत कार्यालयमा गए हुन्छ भन्ने आम बुझाइ छ । ती निकायलाई सुधार गर्ने प्रयास नभएका पनि होइनन् तर, अपेक्षित प्रगति हुन नसकेको गुनासो अहिले पनि उस्तै छ ।
‘फोहोर दिएपछि नागरिकले पैसा पाउँछन्’
राजनीतिक रूपमा नयाँ सहरको माग गर्ने प्रवृत्ति बढ्दो छ। पूर्वाधार पर्याप्त नभए पनि नयाँ सहर घोषणा गरिदिने चलन देखिएको छ। उपत्यकामा फोहोरको फोहोरी राजनीति अर्को समस्या छ। ठेकेदारले समयमा निर्माण पूरा नगर्ने समस्या त नसर्ने रोगकै रूपमा बल्झिएको छ। बाहिरी चक्रपथको अन्योल कायमै छ। सहरी विकासमा समस्याका चाङ लागिरहेका बेला सहरी विकास नीतिले आशाको किरण देखाएको छ। स्पष्ट वक्ताका रूपमा परिचित सहरी विकासमन्त्री मेटमणि चौधरी सहरी विकासका क्षेत्रमा देखिएका समस्या सधैँका लागि राखिरहनुहुन्न भन्नेमा स्पष्ट हुनुहुन्छ। प्रस्तुत छ– यिनै विषयमा मन्त्री चौधरीले गोरखापत्रका पत्रकार प्रकृति अधिकारी र भउचप्रसाद यादवलाई दिएको अन्तर्वार्ताको सम्पादित अंश :
गिरी देशप्रति समर्पित नेता
विना सङ्कल्प र दृष्टिकोणका लागि नवीन नेपाल निर्माण गर्नुपर्छ भन्ने विषयमा जनपक्षीय खाका र परिकल्पना निर्माण गर्न सदैव तल्लीन रहनुहुने श्रद्धेय प्रदीप गिरी अब हामीमाझ हुनुहुन्न । उहाँसँगका झन्डै चार दशकका यात्राका स्मृति मात्रै बाँकी छन् । उहाँले देखेका सपना र जीवन पद्धतिमा लागू गरेको आदर्श मूल्य र दूरदर्शी विचार मात्रै हामीमाझ छन् । उहाँले राजनीतिक रूपान्तरण र समाजको समग्र परिवर्तनका लागि गरेका दृढ सङ्कल्प अबको नयाँ राजनीतिक यात्राको पदचाप हुनसक्छ । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताउनुभयो । प्रतिनिधि सभा र संविधान सभा सदस्य भएर जनतालाई केन्द्रमा राखेर राष्ट्रलाई जागरण प्रदान गर्ने कार्यका लागि गरेका कार्य इतिहाससँगै भावी पुस्ताका लागि प्रेरणापथ हुने नै छन् । यो आलेखमा श्रीमान्–श्रीमतीका रूपमा प्रदीपजीसँग बिताएका पल, उहाँका दीर्घकालीन योजना, मान्यता र आदर्श राजनीतिका मूल्यबारे केही विमर्श गर्नेछु ।बाटो बदल्ने पहिलो भेटसमाजवादी चिन्तक, बौद्धिक व्यक्तित्व, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य गिरीको भदौ ४ गते निधन भयो । उहाँको निधनले हामीले श्रीमान्, बुवा, परिवारको अभिभावक गुमायौँ तर देशले एक दार्शनिक, एक युगको एक महामानव गुमायो, चिन्तन र चेतनाको प्रकाश फैलाउने एउटा दियो निभ्यो । उहाँसँगका पहिलो साक्षात्कारदेखि अन्तिम दिनसम्मको सदावहार यात्राको थालनी सन् १९८० मा भएको हो । प्रदीपजीसँग जनमत सङ्ग्रहको परिणामपछि सन् १९८० मा भेट भयो । पुतलीसडकमा ‘ब्रिफ्ली’ भेट्यौँ । विशेषगरी बौद्धिक विमर्शमै हाम्रो भेट केन्द्रित हुन्थ्यो । त्यतिबेला म ‘दी राइजिङ नेपाल’मा लेख लेख्ने गर्थें । मैले लेखेको लेखमाथि बहस हुन्थ्यो । प्रदीपजीमा अङ्ग्रेजी दार्शनिकबारे धेरै ज्ञान थियो । मलाई नेपाली साहित्य, कला, इतिहासको बारेमा ज्ञान थिएन । किनभने मैले अङ्ग्रेजी स्कुलमै पढेँ, अङ्ग्रेजी साहित्य र दर्शनमै अलि बढी अध्ययन गरेँ । हामीबीच दर्शनशास्त्र, साहित्य आदि विषयमा पनि कुरा हुन्थ्यो । त्यही कुराकानीकै क्रममा हामीबीच एकअर्काप्रति आकर्षण पनि भयो । हामी सँगै बस्न पनि थाल्यौँ । त्यो नेपाली समाजका निम्ति नौलो कुरा पनि थियो । त्यो सम्बन्धलाई पछि औपचारिक रूप दियौँ । उहाँले जहिले पनि मलाई “म एउटा असल पति होइन कि” भन्नुहुन्थ्यो । किनभने यो समाजले ‘असल पति’को उपाधि दिएर लैङ्गिक विभाजन र कामको विभाजनको रेखा कोरिदिएको छ । श्रीमान्ले कमाएर परिवार पाल्ने र श्रीमतीले घरको सबै काम गर्ने भन्ने दृष्टिकोण बनाइएको छ तर हामी त्यसको ठीक विपरीत थियौँ । म कमाउने, परिवारको आर्थिक व्यवस्थापन गर्ने गर्थें । प्रदीपजी चाहिँ तरकारीदेखि घरमा चाहिने सामग्री किनेर ल्याउने पकाउने गर्नुहुन्थ्यो । मलाई पकाउन पनि आउँदैनथ्यो । उहाँलाई मिठो–मिठो खान मन लाग्ने भएको हुनाले कसरी मिठो पकाउनुपर्छ भन्ने पनि थाहा थियो । त्यसलाई असल वा सफल के भन्ने आफैँ निर्धारण गर्ने कुरा हो । तथापि ती पल रमाइला र प्रेमिल थिए । हामीले समाजलाई नै चकित बनाएका थियौँ । यही सम्बन्ध, प्रेम र विश्वास उहाँको जीवनको अन्तिम दिनहरूमा अस्पताल बसाइका क्रममा पनि उत्तिकै थियो ।अहिले राजनीतिमा मौलाएको चाकडी, चाप्लुसी र द्वैध चरित्रको प्रवृत्ति त्याग्ने प्रेरणा प्रदीपजीले दिनुभएको छ । उहाँको आदर्श अनुकरण गरे नवीन नेपाल निर्माणको सङ्कल्प पूरा गर्ने मार्ग खुल्छ । लैङ्गिक समानताको कुरामा प्रदीपजी र म प्रस्ट थियौँ । त्यहीकारण पनि हामीबीच विश्वास कायम भएको हुनुपर्छ । उहाँ “महिला बच्चा पाउने र घरको काम गर्ने साधन मात्रै होइन” भन्नेमा प्रस्ट हुनुहुन्थ्यो । महिला व्यक्ति हो, मानिस हो, त्यसैले पुरुषसरह व्यवहार गर्नुपर्छ र स्वतन्त्रता र समानताको पक्षमा दृढ भएर उभिनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । सरल जीवनका धनीप्रदीपजीको राजनीतिक जीवन सधैँ एउटै वेगमा चलिरह्यो । उहाँले कुनै पनि कुरा धेरै ‘सिरियसली’ लिएको जस्तो पनि लाग्दैनथ्यो । सधैँ देहातका नागरिक, पिछडिएको क्षेत्र र आममानिसको पक्षमा बोल्नुहुने उहाँले प्रतिनिधि सभा निर्वाचनमा पटक–पटक प्रतिस्पर्धा गर्नुभयो । उहाँ वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा विजयी हुनुभयो । अहिले पनि सञ्चार माध्यममा त्यतिबेलाको उहाँको सम्बोधन चर्चामै छ । आफ्नो जितलाई उहाँले अहङ्कारका रूपमा लिनुभएन । चुनावमा विजयी भएपछि उहाँले “मैले ल्याएको मतभन्दा मेरा प्रतिस्पर्धीको मत धेरै छ । नेकपा एमाले र अन्य उम्मेदवारको मत जोड्दा म पराजित हुन्छु । यो प्राविधिक जित मात्रै हो । यसमा धेरै घमण्ड गर्नुहुँदैन” भन्नुभएको थियो । उहाँले जहिले पनि मलाई “म एउटा असल पति होइन कि” भन्नुहुन्थ्यो । किनभने यो समाजले ‘असल पति’को उपाधि दिएर लैङ्गिक विभाजन र कामको विभाजनको रेखा कोरिदिएको छ । श्रीमान्ले कमाएर परिवार पाल्ने र श्रीमतीले घरको सबै काम गर्ने भन्ने दृष्टिकोण बनाइएको छ तर हामी त्यसको ठीक विपरीत थियौँ । यो उहाँको महान् पक्ष थियो । संसद्मा होस् वा सडकमा, उहाँले सदा जनताको पक्षमा आवाज उठाइरहनुभयो, लडिरहनुभयो । उहाँमा जनताकै लागि काम गर्ने व्यग्र इच्छा कहिल्यै डगमगाएन । उहाँले २०५६ को निर्वाचनमा सिरहा–५ मा उम्मेदवारी दिनुभएको थियो । उहाँले त्यो क्षेत्र र त्यहाँका नागरिकका लागि थुप्रै योजना बनाउनुभएको थियो तर १०५ मतले चुनाव हार्नुभयो । स्वाभाविक हो, उहाँमा पनि भावना थियो, मानवीय संवेदना थियो, उहाँले आफूले बनाएका योजना पूरा गर्ने चाहनाविपरीतको परिणाम आउँदा उहाँ रुनु पनि भयो । उहाँसँग भेट्दा म रेडियो नेपालमा काम गर्थें । रेडियो नेपालमा काम गर्ने क्रममा मैले राजनीतिक चेतनालाई फराकिलो बनाउने अवसर पाएँ । त्यतिबेला रेडियोका समाचारका शृङ्खला नेपालमा शान्ति, प्रगति र समृद्धिमा आधारित हुन्थे । ती विषयमा केन्द्रित रहेर तयार पारिएका समाचार मात्रै पढ्ने गरिन्थ्यो । त्यतिबेलाको सरकारी नारा नै शान्ति र समृद्धि थियो तर आधारभूत तहका नागरिकको सङ्घर्ष, असमानता र गरिबीको चरम उत्कर्ष समाचारका विषय बन्दैन थिए । यो सबै देखेर मैले मेरो हाकिमलाई “अरू ठाउँमा आधारभूत तहका नागरिकको समस्या, युद्ध, असमानता र गरिबीका मुद्दा उठान हुन्छ, नेपालमा चाहिँ किन शान्ति, प्रगति र समृद्धिकै मात्रै कुरा हुन्छ” भनेर सोध्थेँ । त्यतिबेला मेरा एक सहकर्मीले “त्यो जे लेखेको छ त्यही पढ, झिँगा टाँसिएको छ भने झिँगा पढ” भन्नुभयो । मेरो काकाले पनि “भारती तिमी यस्तो समाचार कसरी पढ्छौ, के तिम्रो पछाडि हतियार लिएर सुरक्षाकर्मी उभिएका हुन्छन् ?” भनेर प्रश्न गर्नुहुन्थ्यो । मैले “नुन खाएपछि नुनको सोझो गर्नुपर्छ” मात्रै भन्न सक्थेँ । त्यही दौरान प्रदीपजीसँग समाचारकै विषयवस्तुकै बारेमा हुने कुरा र बहसले पनि राजनीतिक चेतनालाई अझै बलियो बनाइदिन्थ्यो । वास्तवमा मैले राजनीतिलाई राम्रोसँग बुझ्ने मौका प्रदीपजीकै सत्संगबाट पाएँ । राजनीतिक चेतनाको विकासपछि बिस्तारै राजनीतिक बहस र कुराकानी हुन थाल्यो । त्यसपछि रेडियोबाट बिदा लिनुप¥यो । त्यसक्रममा किशुनजीले प्रश्न गर्नुहुन्थ्यो, “डियर भारतीजी तपार्इंले चाहिँ कहिले ‘लङ लिभ डेमोक्रेसी’ भनेर रेडियोबाट उद्घोष गर्नुहुन्छ ?” त्यहीक्रममा पञ्चायतको सेन्सरसीपबारे अझै बुझ्ने मौका मिल्यो । त्यतिबेला राज्यको गलत क्रियाकलापविरुद्ध भएका कुनै पनि विरोधका कुरा समाचारमा आउँदैनथ्यो । त्यसपछि प्रदीपजी र म सँगसँगै २०४६ को जनआन्दोलनमा अघि बढ्यौँ । उहाँको सान्निध्यमा एक सहयात्रीका रूपमा मेरो यात्रा अघि बढ्यो । प्रदीपजीले कोरेको गोरेटोमलाई लाग्छ, प्रदीपजीका कुनै सपना अधुरा छैनन् । उहाँले बाटो देखाउनुभएको छ । उहाँले हामीलाई दिशाबोध गर्ने चेतना प्रदान गर्नुभएको छ । उहाँको मुख्य प्राथमिकतामा युवा पर्छन् । उहाँले कैयौँ मञ्चमा युवा अगाडि आउनुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । यो कुरा अहिले मात्रै होइन, बनारसमा हुँदा होस् या निर्वासनबाट फर्किएपछि होस्, उहाँ सधैँ युवालाई प्रशिक्षित गर्ने काममै लाग्नुभयो । समाजवाद, माक्र्सवाद, ब्राह्मणवाद के हो ? भन्ने कुरा उहाँले प्रशिक्षण दिने विषयवस्तु हुन्थे । सुदीप पाठक, कञ्चन झाजस्ता कैयौँ युवा उहाँबाट प्रशिक्षित हुनुभएको छ । देश बदल्न सक्ने सामथ्र्य केवल युवामै हुन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । त्यसैले हामी भन्नसक्छौँ– उहाँले हामीलाई अबको राजनीतिक गन्तव्य देखाएर बिदा लिनुभएको छ । मेडिसिटी अस्पतालमा बिदा लिएपछि नेपाली काँग्रेस पार्टी कार्यालय हुँदै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि हुँदा धेरैजसो युवा नै आउनुभएको थियो । प्रदीप गिरी एकदम राम्रो मान्छे भनेर मात्रै युवा त्यहाँ जानुभएको होइन, उहाँका आदर्श र विचारकै पदचापलाई पछ्याइरहेकै युवा त्यहाँ पुग्नुभएको हो । राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका मुद्दामा प्रदीपजीले उठान गर्नुभएका बहस, दिनुभएको आदर्श राजनीतिको बाटो र समाज बदल्नका लागि युवामा भर्नुभएको सपनाकै कारण उहाँहरू त्यहाँ पुग्नुभएको भन्ने मलाई लाग्छ । उहाँले देखाइदिनुभएको बाटोमा हिँड्ने प्रेरणा प्राप्त हुन्छ भन्ने नै मेरो बुझाइ हो । आश्रम र समानतासिराहामा प्रदीपजीले आश्रम निर्माण गर्नुभएको छ । त्यहाँ दलित, सीमान्तकृत समुदायका नागरिक हुनुहुन्छ । विद्यार्थी पढ्नुहुन्छ । हामीले राजनीतिक रूपान्तरण गर्नुपर्छ । त्यसका लागि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । आश्रम एउटा निधि हो, उहाँको विचारको एउटा उदाहरण हो । त्यहीँबाट नयाँ राजनीतिक युगको थालनी गर्नुपर्छ । अहिले दुईवटा विषयबीच प्रतिस्पर्धा छ । सतहमा शक्ति, पैसा र निहित स्वार्थको राजनीति देखिएको छ । र, प्रदीपजीको आदर्श, मूल्य–मान्यता र जवाफदेही राजनीति दबिएको छ तर सत्य र न्यायको जित हुन्छ भनेझैँ उहाँको आदर्शवादी विचार फेरि फक्रिनेछ, पुष्पित र पल्लवित हुनेछ । राजनीतिक प्रवृत्ति अरूलाई दोष लगाउने छ । मेरो कारण होइन कि, अरूका कारण भन्ने छ । उहाँले हामी आफैँले आफैँलाई प्रश्न गरेर हेरेर मात्रै अघि बढ्नुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो । नवीन नेपालको परिकल्पना के हो भन्ने कुरामा महिनौँ बहस गर्नुहुन्थ्यो । उहाँका दृष्टिकोणलाई अबको पुस्ताले आफ्नो जीवनशैलीमा लागू गर्नुपर्छ । संविधानका विषयमा प्रदीपजीका केही प्रश्न रहे । मधेशको माग र राज्य पुनर्संरचनाको विषयमा पनि विमति थियो । उहाँ आफू विश्वस्त भएको विषयमा प्रस्ट बोल्नुहुन्थ्यो । कसैलाई खुसी पार्नु थिएन उहाँलाई । इमानदार राजनीतिक संस्कार निर्माणको आधारशीला तयार गर्नुभयो । अहिले राजनीतिमा मौलाएको चाकडी, चाप्लुसी र द्वैध चरित्रको प्रवृत्ति त्याग्ने प्रेरणा प्रदीपजीले दिनुभएको छ । उहाँको आदर्श अनुकरण गरे नवीन नेपाल निर्माणको सङ्कल्प पूरा गर्ने मार्ग खुल्छ । उहाँका लागि सच्चा श्रद्धाञ्जलि पनि त्यही हुनेछ । अलबिदा प्रदीपजी !(प्रदीप गिरीकी श्रीमती भारती सिलवाल गिरीसँग गोरखापत्रका अशोक अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)
अनलाइनबाटै ऋण दिने योजनामा छौँ
नागरिक लगानी कोषले २०४८ साल माघ १ गतेदेखि कार्य सञ्चालन सुरु गरेको हो । कोषले ३१ वर्ष पूरा गरे पनि बीचमा नियमित नहुँदा अहिले २७औँ वार्षिक साधारण सभा भएको हो । कोषका उपलब्धि, पछिल्ला गतिविधि र आगामी योजनाबारे गोरखापत्रका विश्वास रेग्मीले कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
निर्वाचन एकैदिन गराउँदा उपलब्धि धेरै
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते हुँदैछ। सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले चुनावको तयारी सुरु गरिसकेको छ। चुनाव प्रयोजनका लागि दल दर्ता सम्पन्न भएको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाएर कार्यान्वयन गरेको छ। पछिल्लो स्थानीय तहको निर्वाचनमा देखिएको कमीकमजोरीलाई आयोगले सुधार गरेर अगाडि बढ्ने बताइरहँदा समयमै सफलतापूर्वक चुनाव सम्पन्न गराउन आयोगका लागि चुनौतीपूर्ण हुनेछ। यसै सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग गोरखापत्र दैनिकका इश्वरचन्द्र झाले गरेको कुराकानी :
हाँसोभित्र दुःखका पीडा पनि गुन्जेका छन्
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु पहिलो दायित्व हाे : वातावरणविज्ञ अमात्य
काठमाडौं र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवम् वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका सरकारबीचको समन्वयमा जोड दिनुहुन्छ ।
कुलबहादुर गुरुङको सम्झनामा बीपी
शुक्रबार प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४० औँ स्मृतिदिवस मनाइँदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
‘स्वतन्त्रबाट देश चल्दैन : कांग्रेस र कम्युनिष्ट सुध्रिनुपर्छ’
भीडले नेता छान्छ कि विचारले भन्ने विषयमा हामीले घण्टौं होइन, वर्षौ बहस गरेका छौँ । अहिलेको स्थितिमा कयौं नेता विदेशीले जन्माइदिए । कयौं नेता यहाँका आन्दोलनले जन्मिन्छन् । कयौंलाई भीडले नेता बन भनेर कुर्सीमा राखिदिन्छ ।
अडियो प्रकरण न्यायालय सुधारको सूत्र बन्नुपर्छ : पूर्व न्यायाधीश बलराम केसी
न्यायालय कामचलाउ अवस्थामा छ। यो अवस्थामा भ्रष्टाचार मौलाउने अवसर छ। अहिले भ्रष्टाचारको राम्रो अवसर देखिन्छ। टेप प्रकरण यसकै उत्पादन हो।
बागमती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका
सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने छ ।
समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ । के गर्ने कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ । पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो ।
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्छौँ : प्रमुख आचार्य
राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका धनराज आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानी....
अब गणतन्त्रलाई खतरा छैन : नरहरि आचार्य
गणतन्त्रका लागि कुनै समूह वा शक्तिबाट चुनौती त हुनसक्छ। तर, खतरा छैन।
काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ ।
महानगरवासीको शिर झुक्ने काम गर्दिनँ
प्रथमतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका साथीहरूले मलाई विश्वास गर्नुभयो र उम्मेदवार बनाउनुभयो । दोस्रोमा म विजयी हुने कारण प्रस्ट छ । पाँच वर्ष ललितपुर महानगर प्रमुख र त्यसअघि तीन पटक वडाध्यक्ष भएर काम गरेको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेँ । जिम्मेवारीमा रहे पनि, नरहे पनि सामाजिक काममा दत्तचित्त भएर लागिरहेको छु ।
एक वर्षमा बीमाको पहुँच ५० प्रतिशत जनतामा पुग्छ
मालचलानी कम्पनीका रूपमा संस्थागत अवधारणाबाट जन्म भएको बीमा व्यवसायले ७५ वर्षको इतिहास पार गरिसकेको छ । यो अवधिमा बीमा क्षेत्रले अपेक्षित गति लिन नसके पनि पछिल्लो समय बीमा क्षेत्रका उपलब्धि सकारात्मक छन् ।
साना लगानीकर्ता सुरक्षित भए बजार स्थिर हुनेछ
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्वविहीन रह्यो । नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको अढाई महिना भएको छ । गत फागुन पहिलो साता रमेशकुमार हमाल बोर्डको अध्यक्षमा नियुक्त भएपछि पुँजी बजारले गति लिने विश्वास आम लगानीकर्तामा छ
स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी रूपान्तरण
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गर्दै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने र सबै नागरिकको सर्वसुलभ पहुँचको अधिकारलाई स्थापित गरिसकेको छ । साथै आधारभूत स्वास्थ्य सेवाको दायरालाई फराकिलो बनाउने बाटो खुला गरिदिएको छ ।