शक्ति राष्ट्रलाई थला पारेको आर्थिक महामन्दी
सन् १९३० को दशकमा विश्वले आधुनिक इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । ‘ग्रेट डिप्रेसन’ का नामले समेत चिनिने उक्त आर्थिक मन्दी सन् १९२९ देखि सन् १९३९ सम्म कायम रह्यो । महामन्दीले उपभोक्ताको मागमा कमी, ऋण वृद्धि, महँगीजस्ता समस्या सिर्जना गरेको थियो । औद्योगिक उत्पादनमा समेत कमी आयो ।
आकाशमा धुवाँको अक्षर
लोकजीवनमा एउटा बहुश्रुत भनाइ छ, “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।” समाज उतिविधि व्यापार–परस्त नभएको समयमै चलेको यो भनाइ अहिलेको व्यापारिक युगमा झनै सान्दर्भिक हुन गएको छ । अचेल त हुने–नहुने सबै कुराको विज्ञापन गरी ग्राहक तान्ने प्रतिस्पर्धा भइरहेको छ ।
स्कुलमा एलियन
सन् १९७३ मा दुई जना मानिसले प्रहरीकहाँ गएर आफूहरूलाई एलियन (अज्ञात प्राणी) ले अपहरण गरेर लगेको दाबी गरे । प्रहरीले ठान्यो यी दुवैजना ढाँट्दै छन् । यसै कारण प्रहरीले दुवै जनालाई एउटा कोठामा एक्लै राखिदिए तर कोठामा गोप्य रूपमा ‘रेकर्डिङ’ उपकरण जडान गरिएको थियो । प्रहरी त्यतिबेला छक्क परे जब ‘रेकर्डिङ’ उपकरणमा उनीहरूले एलियनकै बारेमा कुरा गरिरहेको सुने । एलियनले आफूहरूलाई अपहरण गरेर लगेको र आफूहरू धेरै नै डराएको कुराकानी उनीहरूले गरेको सुनियो ।
“डिप फेक” को भुमरी
के तपाईंले कुनै नेताले अन्य दलको नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ ?, कुनै नायिकाको अश्लील भिडियो (पोर्न) हेर्नु भएको छ ?, इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसक्ने खालको भाषा, हाउभाउ र शैलीको भिडियो भेट्टाउनु भएको छ ? यदि यस्ता कुरासँग तपाईंको साक्षात्कार भएको छ भने बेलैमा सचेत बन्नुहोस् । यस्ता भिडियो वास्तविक नभएर प्रविधिको प्रयोगबाट पनि निर्माण भएका हुन सक्छन् । त्यसैले यस्ता सामग्री तत्काल सेयर गरेर सनसनी फैलाउनेतर्फ नलागेर यस्ता भिडियोको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहोस् ।
बर्फिलो मौसममा घरबाहिर मस्तसँग निदाएको तस्बिर
नर्डिक क्षेत्रका केही देश नर्वे, फिनल्यान्ड, नर्वे र स्विडेनमा इस्वी संवत्को २० औँ शताब्दीको आरम्भदेखि एक यस्तो परम्परा चलिआएको छ, जसमा नवजात शिशुलाई चिसो मौसममा बाहिर सुताउने गरिन्छ । शिशुलाई स्वच्छ हावा, बरफ बन्ने तापक्रम नै किन नहोस्, मा सुताएमा तिनीहरूको प्रतिरक्षा प्रणाली बलियो हुने र समग्र स्वास्थ्य प्रवर्धन हुने विश्वासमा आधारित छ यो परम्परा । सन् १९५० को दशकमा सोभियत सङ्घमा केही अभिभावक र संस्थाले समेत यस अभ्यासलाई अपनाएका थिए ।
शीतयुद्धको उपज ‘आइरन कर्टेन’
आइरन कर्टेन’ एक यस्तो अवैध वैचारिक बाध थियो जसले एक समय युरोपलाई पुँजीवादी र वामपन्थी समूहमा विभाजित गरिदिएको थियो । द्वितीय विश्वयुद्धको समापनसँगै सन् १९४५ मा यसको उत्पत्ति भयो र शीतयुद्ध जारी रहुँञ्जेल सन् १९८९–१९९० सम्म यो अस्तित्वमा रह्यो । युनियन अफ सोभियत सोसिलिस्ट रिपब्लिक (युएसएसआर) ले आफूलाई पश्चिमा राष्ट्रहरू, तिनका सहयोगी तथा अन्य गैरवामपन्थी राष्ट्रसँग खुला सम्बन्ध स्थापित गरेर पराश्रित ‘स्याटेलाइट स्टेट’ अर्थात् अन्य देशको नियन्त्रण भएको राज्यका रूपमा नरहने गरी निरपेक्ष राख्ने विचार र प्रयासको प्रतीक हो यो पारिभाषिक शब्द ।
मुगुका मुगाली
कर्णाली अञ्चलको मुगु जिल्लाका केही स्थानमा बाक्लो बसोबास रहेकाले यिनीहरूलाई मुगाली भनिएको हुन सक्छ । जिल्लास्थित मुगुकरण/मुगुकरन भन्ने स्थानमा यिनीहरूको बाक्लो बसोबास रहेकाले पनि यिनीहरू मुगाली कहलाएका हुन सक्छन् । अर्कोतर मुगालीको बसोबास रहेको क्षेत्र मुगालबाट मुगुको नामकरण भएको पनि हुन सक्छ । नेपालमा कतिपय स्थानको नाम जाति, थर वा पद विशेषले रहेका छन् भने कतिपय जातिको नाम, थर, स्थान विशेषले रहेका अनेकौँ प्रमाण भेटिन्छन् । मुगालीलाई मुगाल वा मुगुम पनि भनिन्छ । उनीहरू आफूलाई मुकुम्पा वा मुकुम भन्छन् ।
महाफोहोरी हाजी
अधिकांश मानिसले आफ्नो जीवनमा यस्तो समय बिताएको हुनुपर्छ जुनबेला नुहाउनु भनेको सकभर प्राथमिकता थिएन । हुनसक्छ समयको अभावले, बिर्सेर वा नुहाउने सुविधा नपाएर त्यसो भएको होला । नुहाउनमा केही दिनको ढिलाइलाई कतै नराम्रो मान्नु भएन । जब तपाईंलाई नुहाउन हप्ता दिन वा त्यसभन्दा बढीको समयपछि जाँगर लाग्छ भने चिन्ता लिनुपर्ने हुन्छ र शरीर गनाउन थाल्छ ।तर वर्षौंसम्म ननुहाए वा ६७ वर्षसम्म नुहाइएन भने के होला ?
८४ वर्षमा पढ्न थालेका विद्यार्थी
केन्याका किमानी मारुगेले ८४ वर्षको उमेरमा पढ्न थालेका हुन् । यी विद्यार्थी जसले अन्य धेरै जनालाई प्रेरणा दिएका छन् । उनले ८४ वर्षको उमेरमा पेन्सिल समाउन सिकेका थिए । सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । उनी पूर्वसैनिक हुन् । उनले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए । बाल्यकालमा उनी विद्यालय जान पाएनन् । त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले । बाइबल पढ्ने उद्देश्यले उनले पढ्न थालेका हुन् । सन् २००३ को अक्टोबरमा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधा