यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन
नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनमा पाइने अलौकिक तथा अद्वितीय जडीबुटी र गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ ।
सातुको शक्ति
ड्राइ फ्रुट्स’ प्रयोग गरेर बनाइने ‘मल्टिग्रेन’ सातु बजारमा किनेको भन्दा आफैँले घरमा तयार गरेको उत्तम हुन्छ । पहिला पहिला पेट भर्न सातु खाइन्थ्यो भने अचेल धेरैले खाना भनेको पेट भर्न मात्र होइन स्वस्थ, तन्दुरुस्त र दीर्घजीवनका लागि खाइनु पर्छ भन्ने बुझेका छन् । सातु नेपालीको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए पनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, बेलुका कुनै पनि समय खान थालिएको छ । सातु आफैँमा सन्तुलित पौष्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैलाई यो उत्तम मानिएको छ । परम्परागत रूपमा सातुलाई महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसो पानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ । कर्नफ्लेक्स, मुस्ली, चो
एसइईपछिको व्यावहारिक ज्ञान
हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो । यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि यो केटाकेटी नै छे, सानै छे, केही जान्दिन, पछि सिकिहाल्छे नि भन्नुहुन्छ । उहाँहरूले नै त्यति भनेपछि आफूलाई झनै केटाकेटी बन्न मन लाग्ने रहेछ । लाडिन, अझै माया पाउन र मीठो मसिनो खाइरहन मन लाग्ने रहेछ !
ट्रोयलाई हराउने ट्रोजन हर्स
ट्रोजन युद्धका बेला आक्रमणमा परेको कांस्यकालको पौराणिक शहरका नामले चिनिन्छ ट्रोय । जसको वर्णन प्राचीन ग्रीसका पौराणिक कथामा छ । ट्रोय शहर काल्पनिक नगरी थियो या वास्तविक शहर भन्नेमा पुरातत्वविद्हरूमा मतभिन्नता थियो तर पछिल्ला पुरातात्त्विक अध्ययनले ट्रोय काल्पनिक नगरी नभई वास्तविक शहर रहेको पुष्टि गरेको छ । पुरातात्त्विक अध्ययनले ट्रोयलाई वर्तमान टर्कीको उत्तर–पश्चिममा अवस्थित ऐतिहासिक नगरीका रूपमा प्रमाणित गरेको छ । पुरातात्त्विक उत्खननले होमरको इलियड शहर नै (ट्रो
चन्द्रमामा बुलेट रेल !
जापानी वैज्ञानिकहरूले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन् । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलमार्ग निर्माण गर्ने योजनामा काम गरिरहेका समाचार थाहा भएको छ । योसँगै पृथ्वीभन्दा बाहिर मानिसलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । जापानी शोधकर्ताहरू यसका लागि एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ, जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।
सम्भव छ विगत हेर्न
बितेको समयमा सम्पन्न भइसकेका घटनालाई पनि तस्बिर र भिडियोका रूपमा खिच्न सकिने कुरा वैज्ञानिक जगत्मा सनसनीपूर्ण उपलब्धिका रूपमा आएको छ । सम्भवतः यो उपलब्धि आम मानिसका लागि चाँडै अचम्मको सफलताका रूपमा स्थापित हुन के बेर । हरेक घटना प्रकाशको गतिसँगै अन्तरिक्षमा प्रसारण भएका हुन्छन् । तारामण्डल तथा शक्तिशाली गुरुत्व केन्द्रमा ठक्कर खाँदै ब्रह्माण्डको व्यापक क्षेत्रमा रुमल्लिरहेका होलान् लाखौँ वर्षपहिलेका घटनाका तरङ्ग । ठूलो ‘रिफ्लाक्टिङ मिरर’, शक्तिशाली ‘कन्जरभिङ लेन्स’ र शक्तिशाली ‘एम्प्लिफाइङ’ संयन्त्रको मद्दतबाट ती घटनालाई हाम्रो आँखा
सङ्गीतको भूगोल
सङ्गीत र भूगोलबीच नङ र मासुको जस्तै घनिष्ट सम्बन्ध छ । सङ्गीत भूगोलको उपज हो र सङ्गीत भूगोलवासीका लागि । भूगोलबिना सङ्गीतको अस्तित्व नै रहन सक्दैन । सङ्गीतमा भूगोल प्रतिविम्बित हुन्छ, माटोको सुवास मगमगाउँछ र भूगोलको परिचय झल्कन्छ । सङ्गीतको झङ्कार, गीतका भाका र शब्दमा भूगोल प्रतिविम्बित भइरहेका हुन्छन्, जसले सङ्गीत र भूगोलबीच विद्यमान घनिष्ट साइनोको साक्षी बकिरहेको हुन्छ ।
भरपर्दो फिङ्गर प्रिन्ट
अहिले डिजिटल दुनियाँमा फिङ्गरप्रिन्ट (औँठा छाप) र फेस आइडी (बायोमेट्रिक अथन्टिकेसन)लाई विश्वसनीय र भरपर्दो सुरक्षा उपायका रूपमा लिने गरिन्छ । सुरक्षाका दृष्टिकोणबाट हेर्दा फिङ्गर प्रिन्ट अथन्टिकेसनको विश्वसनीयता ९८ देखि ९९.९१ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । यति भनिरहँदा फिङ्गर प्रिन्टलाई डिजिटल अथन्टिकेसनको मुख्य र अन्तिम विकल्पका रूपमा लिनु भने हुँदैन । सूचना प्रविधिको क्षेत्रमा पिन कोड, पासवर्ड, प्याटर्न लकलगायतका प्रविधिसमेत प्रचलनमा छन् । पछिल्लो र सुरक्षित मानिएको फिङ्गर प्रिन्ट सेन्सर प्रयोग गरी मोबाइल डिभाइस सुरक्षित गर्ने प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले सजि
गरुडको महिमा
हाम्रो धर्मशास्त्रमा उल्लेख भएनुसार विभिन्न देवीदेवताको आ–आफ्ना किसिमका वाहन रहेका छन् । गणेशको वाहन मुसो, कुमारको मयूर, पार्वतीको बाघ, भैरवको कुकुर, इन्द्रको हात्ती र शिवको वाहन साँढे भएजस्तै विष्णुको वाहन गरुड हो । यहाँ विष्णु भगवान्को वाहन गरुडका सन्दर्भमा केही चर्चा गरिएको छ ।
अनुत्तरित विमान दुर्घटना
व्यावसायिक हवाई दुर्घटना निकै दुर्लभ मानिन्छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) का अनुसार प्रत्येक वर्ष विश्वमा यात्रुवाहक विमानको तीन करोडभन्दा बढी फ्लाइटले कुनै अप्रिय घटनाबिना उडान भर्ने र अवतरण गर्दछन् । सन् २०२२ को तथ्याङ्कलाई हेर्दा पनि यात्रुको ज्यान जाने गरी पाँच वटा मात्र घातक दुर्घटना भएका थिए ।
च्यालेन्जरमा विलीन मकोलेफ
भलै क्रिस्टा मकोलेफले च्यालेन्जर दुर्घटनामा ज्यान गुमाएकी हुन्, त्यस अभियानमा सहभागी हुने चुनौती सहर्ष स्वीकार गरेर उनी एक प्रेरणादायक कथा छाडेर गएकी छन् । सन् १९८४ अगस्त २७ मा राष्ट्रपति रोनाल्ड रेगनले एक जना शिक्षकलाई नासाले अन्तरिक्ष परियोजनामा सहभागी गराउन लागेको घोषणा गरेका थिए । करिब ११ हजार शिक्षकले अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षको यात्रा गर्नका लागि आवेदन गरे, जसमा ३६ वर्षीय क्रिस्टा मकोलेफ पनि थिइन् । न्यु ह्यापसायरको कनकोर्ड हाइस्कुलमा उनी सामाजिक विषय पढाउने गर्थिन् ।
संस्कृतिका धनी थारू
बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा सबै जातजातिका आ–आफ्नै संस्कार, संस्कृति र परम्परा रहेका छन् । तिनमा आफ्नै खालको विशेषता पनि छ । नेपालको मेचीदेखि महाकालीसम्म तराई तथा भित्री मधेशमा प्राचीनकालदेखि थारू जातिले बसोबास गर्दै आएका छन् । थारू जाति नेपालको मूलवासी हुन् । भारोपेली भाषा परिवारभित्र पर्ने थारू भाषा नेपालमा नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो सम्पर्क भाषा हो । थारूहरूको बसोबास रहेको भूगोललाई थरुहट, थारुवान, बुह्रान जस्ता नामले पनि सम्बोधन गरिन्छ । थारू समुदाय लोकसाहित्य तथा संस्कृतिको धनी मानिन्छ । माघी थारूहरूको नयाँ वर्षसहितको ठूलो
रक्तस्राव गराउने प्राचीन विधि
प्राचीनकालका विभिन्न सभ्यतामा चिकित्सा उपचारको एक माध्यमका रूपमा शरीरबाट जानाजान रक्तस्राव गराउने विधि (ब्लडलेटिङ) अभ्यासमा थियो । प्राचीन इजिप्ट र ग्रीसमा यो विधि निकै प्रचलनमा रहेको तथ्य भेटिन्छ । मध्ययुगमा व्यापकता तथा सम्मानका दृष्टिबाट यो विधि लोकप्रियताको शिखरमा पुगेको थियो । के विश्वास गरिन्छ भने शरीरका चार घटक रक्त, कफ, कालो पित्त र पहेँलो पित्तमा उत्पन्न हुने असन्तुलन नै विभिन्न रोगको कारण हुन्छ । प्राचीनकालमा शरीरको सन्तुलन पुनस्र्थापित गर्नु रक्तस्रावको उद्देश्य हुन्थ्यो ।
आँखाले जोगिएको कार्ल
सन् १९०४ मा स्विडेनका नाबिक कार्ल पिटर्सनको पानीजहाज पपुआ न्युगिनीको एउटा टापुको तटमा दुर्घटना भयो । उनी जसोतसो त्यस टापुमा पुगे । त्यस टापुमा त्यतिबेला नरभक्षण गर्ने मानिसको बसोबास रहेको थियो । कबिलाका मानिसले बेहोस पिटर्सनलाई लिएर आफ्नो राजाकहाँ लगे । त्यहाँकी राजकुमारी पिटर्सनलाई देखेर मोहित भइन् र उनलाई प्रेम गर्न थालिन् ।
मान्छे नडुब्ने समुद्र
भाइबहिनीहरूले मृत सागरको नाम सुनेको हुनु पर्छ । नत्र गुगलमा सर्च गरे पनि धेरै जानकारी पाइन्छ । इजरायल र जोर्डनको बिच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरको मुख्य स्रोत जोर्डन नदी हो । जोर्डन नदीलगायत अन्य नदीनालाबाट आउने खनिजको बढ्दो मात्राले यसलाई खनिजको भण्डार भने पनि हुन्छ । यहाँ पोटासियम कार्बोनेट, म्याग्नेसियम, क्लोराइड, ब्रोमिन ज
क्यान्सर र यौन
क्यान्सर र यौन विषयमा कुरा गर्दा दुइटा पक्षबाट कुरा गर्नुपर्ने हुन्छ । पहिलो, यौन सम्बन्ध वा यौन क्रियाकलापकै कारण कुन कुन क्यान्सर लाग्ने सम्भावना हुन्छ ? दोस्रो, के क्यान्सर लाग्नेबित्तिकै प्रभावित व्यक्तिको यौन जीवन सकिन्छ ? अब पहिलो पक्षका बारेमा छलफल गरौँ । कतिपय सङ्क्रामक रोग जस्तै क्यान्सर र यौन कार्यबीच पनि प्रत्यक्ष सम्बन्ध छ । सानै उमेरदेखि तथा धेरै जनासँग यौन सम्बन्ध राख्नु पाठेघरको मुखको क्यान्सरको मुख्य जोखिम तत्व हो । त्यसो त एचपीभी (ह्युम्यान पापिलोमा भाइरस) ले अधिकतर महिला वा किशोरीलाई जीवनकालमा एक न
बर्गर खाएर विश्व कीर्तिमान
अमेरिकामा एक पुरुषले ३४ हजार १२८ वटा बर्गर खाएर विश्व कीर्तिमान बनाएका छन् । ती पुरुषको नाम हो– डोनाल्ड गोस्र्के । ७० वर्षीय गोस्र्केले हालसम्म खाएका बिग म्याकबर्गरको सङ्ख्या ३४ हजार १२८ पुगेको छ । सबैभन्दा बढी बर्गर खाने कीर्तिमान यसअघि पनि निरन्तर उनकै नाममा थियो र पछिल्लो पटक उनले आफ्नै कीर्तिमान भङ्ग गरेका हुन् ।
ह्याङओभर हटाउने चक्की
बेलायतले रक्सीको ह्याङओभर हटाउने चक्की बनाएको छ । रक्सीका पारखीहरूले यो चक्की निकै मन पराएका छन् । यो चक्की रक्सी सेवन गर्नुअघि खाइन्छ । बेलायतमा यसको बिक्री सुरु भएको छ । बिक्री सुरु हुनुअघि बेलायतमा यसको परीक्षण गरिएको थियो । पिएको रक्सीमध्ये ७० प्रतिशतलाई यो चक्कीले ६० मिनेटभित्रमा शरीरभित्रै नष्ट गरी कलेजोसम्म पुग्न दिँदैन । शाकाहारी तथा शतप्रतिशत प्राकृतिक उत्पादनका रूपमा रहेको यो चक्कीले पेटमा ब्यासिलस कोगुलान्स तथा ब्यासिलस सबटिलिस ब्याक्टेरियाका साथै एल सिस्टाइन एमिनो एसिड र भिटामिन बी १२ लाई सक्रिय बनाउँछ । य
चरम सङ्कटमा हैटी
क्यारेबियन क्षेत्रको एक गरिब मुलुक हैटी चरम सङ्कटमा फसेको छ । तीन वर्षअघि सन् २०२१ को जुलाईमा बन्दुकधारी समूहले त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेपछि अहिलेसम्म निर्वाचित नेतृत्व आउन नसकेकाले हैटीमा अस्थिरता छ । अहिले निर्वाचित राष्ट्रपतिको माग गर्दै बन्दुकधारी समूहले राजधानी पोर्ट–अ–प्रिन्स कब्जा गरेका छन् । राजधानीमा कफ्र्यु र एक महिनाका लागि सङ्कटकाल लागू गरिएको छ । मुलुक सम्हाल्न नसकेपछि अन्तरिम प्रधानमन्त्री एरियल हेनरीले राजीनामा घोषणा गरेका छन् । कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि
डिजिटल बैङ्क र डिजिटल करेन्सी
नेपालमा अहिले जति पनि बैङ्क छन् ती भौतिक रूपमा सञ्चालनमा छन् । यस्ता बैङ्कको सेवा लिन सेवाग्राही भौतिक रूपमै बैङ्कमै उपस्थित हुनुपर्छ । नेपालमा पनि डिजिटल बैङ्कको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वका धेरैजसो देशमा डिजिटल बैङ्क प्रचलनमा आइसकेका छन् । डिजिटल बैङ्कको ऋण प्रवाह, निक्षेप सङ्कलन तथा अन्य सबै सेवा अनलाइनबाट सञ्चालन हुन्छ । यस्ता बैङ्कले एउटै शाखाबाट देशभर सेवा दिन सक्छन् । डिजिटल बैङ्कको सेवा लिन बैङ्कको केन्द्र वा शाखा कार्यालय धाउनु पर्दैन ।
हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारण पेटमा अल्सर
हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारणले पेटमा अल्सर विकास हुने कुरामा बेरी मार्सल विश्वस्त थिए तर उनको कुरामा कसैलाई विश्वास थिएन । उनको सिद्धान्तलाई मानिसमा परीक्षण गर्न मनाही भएका कारणले उनले आफैँले हेलियोब्याक्टर पायलोरी ब्याक्टेरिया भएको तरल पर्दा पिए । अनि केही दिनमै उनको पेटमा अल्सर विकास भयो । उनले एन्टिबायोटिक्सद्वारा त्यसको उपचार गरे र अन्ततः सन् २००५ मा उनलाई यस शोधमा नोबेल पुरस्कार प्राप्त भयो ।
काजुको जङ्गल
दुई पाटा आपसमा जोडिएको, ठूलो सिमी जस्तो बाङ्गो आकारको, सेतो मसलेदार फल मन नपराउने कोही होलान् जस्तो लाग्दैन । यसको नाम भनियो भने सुन्नासाथै ‘आहा !’ भनिहालिन्छ । यति मिठो चिज अनेक मिश्रण गरेर मान्छेले बनाएको हो कि आफैँ यस्तै फलेको होला भन्ने जिज्ञासा धेरैमा हुनुपर्छ । हो त, मलाई पनि केही वर्षअघिसम्म यस्तै लाग्थ्यो । जब २०७३ सालको वैशाखमा भारतको पर्यटकीय शहर गोवा भ्रमणको अवसर मिलेथ्यो, त्यतिबेला पो आफूलाई औधि मनपर्ने काजुको जङ्गल देखेर छक्क परेथेँ ।
जीवनधारा पानी पँधेरा
चराचर जगत्मा पानीको सर्वोपरि र बहुआयामी महत्वलाई मनन गरेर महान् चित्रकार लियोनार्दो दा भिन्चीले भनेका रहेछन्, “पानी प्रकृतिको चालक शक्ति हो ।” हुन पनि जीवात्माको प्राण रक्षादेखि बिजुली जस्तो बहुपयोगी ऊर्जा उत्पादनसम्म पानीको अहम् भूमिका छ । त्यसै भनिएको होइन, पानी नै जीवन हो भनेर । हाम्रो जीवनशैली र पानीबीच अवर्णनीय नाता छ । प्राणी जगत्को साझा घर पृथ्वी र पानीबीचको साइनो पनि गजबकै छ । पृथ्वीको ७१ प्रतिशत सतह पानीले घेरिएको छ । पानी नै पानीले घेरिएको भए पनि पृथ्वीमा मानिसले पिउनयोग्य पानी ज्यादै न्यून छ । क्यानडास्थित ‘सेफ ड्रिङ्किङ वाटर फाउन्डेसन’ को वेबसाइटमा
बृहस्पतिको अन्वेषण
मानिसले बृहस्पति ग्रहको अध्ययन/अनुसन्धान गर्न लागेको चार सयभन्दा बढी वर्ष भएको छ । सन् १९७० को दशकदेखि मात्र मानिसले त्यहाँ अन्तरिक्ष यान पठाइरहेको छ । सन् १९७३ यता नौ वटा अन्तरिक्ष यान बृहस्पति नजिक पुगेका छन् र तिनीहरूको सहयोगबाट मानिसले बृहस्पतिका बारेमा धेरै कुरा पत्ता लगाएको छ ।