भारतीयको स्वाद फेर्ने “वाउ मम”
भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक सम्मेलनमा दुईपक्षीय साझेदारीबारे छलफल गर्नुपर्ने थुप्रै एजेन्डा थिए तर एकपछि अर्को गर्दै अधिकांश वक्ताले आफ्नो मन्तव्यमा ती महत्वपूर्ण एजेन्डासँगै मम परिकारको प्रसङ्ग जोड्न थाले । जुन विषयको सुरुवात चाहिँ भारतीय पक्षबाटै भएको थियो ।
पालना गर्नै पर्छ कानुन
व्यक्तिका आचरण, व्यवहार र कार्यलाई नियमित तथा नियन्त्रित गर्नका लागि राज्य (संसद्) द्वारा निर्मित आवश्यक साधनलाई कानुन भनिन्छ
सङ्गीतमा रमाउने गाई
जापानी काला र सुमारा गाईको हेरचाह गर्न दिनहुँ दर्जनौँ कामदार खटिएका हुन्छन् । नुहाइधुवाई गरेर सफा स्थानमा बस्न रुचाउने यी गाई पाल्न त्यति सहज छैन । यी काला जातिका गाई जापानको कोबे शहरमा निकै प्रसिद्ध छन् ।
नाइट्रोजनको स्रोत एजोला
गाउँठाउँमा प्रशस्त पाइन्छ एजोला । विशेष प्रकारको लेउ एलोजा नाइट्रोजनको एक स्रोत हो तर यसबारेमा ज्ञान नहुँदा नेपाली किसानले खेतीपातीका लागि लाभ उठाउन सकिरहेका छैनन् ।
जमाना जेन बिटाको
लस्ट जेनेरेसन, दी ग्रेट जेनेरेसन, दी साइलेन्ट जेनेरेसन, बेबी बुमर्स, जेनेरेसन एक्स, मिलेनियल्स, जेनेरेसन जी, जेनेरेसन अल्फा, बिटा जेनेरेसन जस्ता शब्दावली अहिले चलनचल्तीमा रहेका छन् ।
पनामा नहर विश्व व्यापारको द्वार
डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएसँगै डेनमार्कबाट ग्रिनल्यान्ड कब्जा गर्ने, पनामा नहर पुनः अमेरिका मातहत ल्याउने र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिइरहेका छन्
ठाउँमै पुर्याउने “कता हो ?”
ठेगाना प्रणालीले कुनै पनि ठाउँको पहिचान गर्नका लागि प्रयोग गरिने औपचारिक तरिकालाई जनाउँछ । यसको मुख्य उद्देश्य भनेकै मानिस, स्थान र वस्तुलाई एकअर्कासँग जोड्न सहयोग पुर्याउनु हो तर आधुनिक समाजको विकास, प्रविधिको प्रयोग र बढ्दो शहरीकरणसँगै ठेगाना प्रणाली हराउन थालेको छ ।
असीम गहिरो च्यालेन्जर डिप
मारियना ट्रेन्चको रहस्य त्यतिबेला उजागर भयो जब एचएमएस च्यालेन्जरको चालकदलका सदस्यले त्यसको असीम गहिराइमा गह्रौँ वस्तु बाँधिएको डोरी खसाले ।
सङ्कटमा छन् हायू
रामेछाप, सिन्धुलीमा बढी बसोबास भएका हायू जाति लोपोन्मुख जातिमा सूचीकृत छ । आफ्नो भाषा, भेष, संस्कार र संस्कृति रहेका हायू जाति राज्यका सेवा सुविधाबाट वञ्चित समूहमा समेत पर्दछ । त्यसैले राज्यले २०६४÷६५ सालदेखि हायू जातिलाई मासिक भत्ताको समेत व्यवस्था गर्दै आएको छ ।
भारी बिसाउन नचाहने भरिया
न्युरोडको व्यस्त सडकमा सवारीसाधनको नियमित बाक्लो जाम, सडकपेटी तथा गल्लीमा पैदलयात्रीको ठेलमठेलबीच भारी बोकेर हिँडिरहेका भरिया पनि देखिन्छन् । हाटहुट गर्दै, सिट्टी बजाउँदै गरेका उनीहरूको पसिनाका थोपा थोपामा श्रमको मोल छ र त्यसैले जीवनका फूल फुलेका छन् । फुर्सदमा उनीहरू नाम्लो बोकेर चोकतिर गफिएको देख्न सकिन्छ ।
विमान नै खाइदिने लोटिटो
सन् १९५० मा फ्रान्सको ग्रेनोबलमा जन्मिएका माइकल लोटिटो कुनै वैज्ञानिक खोज वा आविष्कारले होइन बरु जुनसुकै वस्तु खान सक्ने आफ्नो क्षमताले सुपरिचित भए ।
पुरुष जस्तै महिला, महिला जस्तै पुरुष
भारतीय लेखिका तथा अभियन्ता कमला भसिन एक समयमा निकै चर्चामा आइन् ।
पुरुष यौनाङ्गको क्यान्सर
पुरुष यौनाङ्गको छाला वा तन्तुका कोष असामान्य वृद्धि भएर यौनाङ्गको क्यान्सर लाग्छ ।
डरका किसिम
डर धेरै प्रकारका छन् । डरलाई चिकित्सा विज्ञानले ‘फोबिया’ भन्दछ ।
पद्मनाभसँग कालीगण्डकीको साइनो
संसारका हिन्दु मन्दिरमध्ये ‘पद्मनाभ स्वामी’ को मन्दिर निकै प्रसिद्ध छ ।
सुरक्षित डिजिटल कारोबार
सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई चामत्कारिक सुविधा दिएको छ ।
दीर्घजीवी जीव
जब औसत आयुको कुरा आउँछ मानिसको ८० वर्ष उमेर ग्रिनल्यान्डको समुद्रमा विचरण गर्ने सार्क वा ‘ग्लास स्पन्ज’ सँग दाँज्दा तिनले आँखा झिम्काएको जस्तै भन्न मिल्छ ।
अमर बन्ने यात्रामा मानिस
कल्पना गरौँ गुगल म्यापमा देश, शहर, घर र गल्ली हेरे जस्तै सूक्ष्म मानव कोषलाई नजिकैबाट हेर्न सकिए कस्तो होला ?
डोपिङको आड स्वास्थ्यमा खेलबाड
आ-आफ्नो क्षेत्रमा उत्कृष्ट बन्ने चाहना मानिसमा सदैव रहिआएको छ ।
महँगा चस्मा
‘सनग्लास’ आँखाको सुरक्षा कवच मात्र नभएर एक सौन्दर्य प्रसाधन तथा समाजमा आफूलाई सभ्य, सुसंस्कृत र सम्पन्न देखाउने शानदार साधन पनि हो ।
चालिस वर्ष गुप्तबास !
पछिल्लो पटक सन् १९७३ मा भियतनाम युद्धका बेला अमेरिकी बम वर्षाबाट बच्न दौडिरहेको देखिएका बाबुछोरा घनघोर जङ्गलमा ४० वर्षपछि जीवितै फेला परे ।
डलरमा अङ्कित ऐतिहासिक व्यक्तित्व
अमेरिकाको सय डलरको नोटमा बेन्जामिन फ्रेङ्कलिनको तस्बिर छापिएको छ ।
नेपालमा कहिले भित्रियो अङ्ग्रेजी ?
पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गरेपछि कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले भारतमा राइँदाइँ गरिरहेका अङ्ग्रेजसँग सैन्य सहयोग मागेका थिए ।
एक छाकको सङ्घर्स
पानी अमृत हो । पानीबबिना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । मानव के कुनै पनि प्राणी पानीबिना बाँच्न सक्दैन ।