परमाणु संयन्त्र नजिक देखिने उडनतस्तरी
यसको सुरुवात सन् १९४० को दशकमा भयो, परमाणु बम विकास गरिँदै गरेको स्थल नजिक । परमाणु संयन्त्रहरू नजिक अज्ञात उडनतस्तरी (युएफओ) देखिने घटना बढी किन भएका छन् ? किन अमेरिकी सरकारले सम्भावित राष्ट्रिय खतराको गहिराइ आकलन गर्न अधिक तत्परता देखाइरहेको छैन ? यी प्रश्न गरिरहेका छन् अमेरिकी सुरक्षा र गुप्तचर निकायका पूर्वउच्च अधिकारीहरू, ‘एयरोस्पेस’ उद्योगका अग्रजहरू, विद्वान्हरू तथा ‘टु द स्टार्स एकेडेमी अफ आर्ट्स एन्ड साइन्स’ सँग आबद्ध व्यक्तिहरूसहितको एउटा टोलीले । यस टोलीले युएफओ देखिएको सम्बन्धमा भएका अनेक घटनाको अनुसन्धान गरिरहेको छ तथा यसले सरकारको गम्भीर भएर ध्यानआकर्षण गराउन वकालत गरिरहेको छ ।
पानीसहितको बाह्य ग्रह
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी (नासा) ले पानीसहितको बाह्य ग्रह फेला पारेको छ । पृथ्वीबाट एक सय २० प्रकाशवर्ष टाढा रहेको केटु–१८ बी नामको सो बाह्य ग्रहमा पानी फेला परेकाले त्यहाँ जीवन हुन सक्ने नासाका वैज्ञानिकको अनुमान छ । नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ सङ्केत गर्ने एक रसायनसमेत फेला परेको छ ।
पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी
सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो । खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो । जसले गर्दा पृ
जेलमा २० मिनेट कलङ्क जीवनभरको
अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प सबैभन्दा विवादास्पद राष्ट्रपति भएका छन् । उनका हठ तथा घमण्डले संसदीय इतिहासमै नभएका घटना त्यहाँको संसद् भवनमा भयो । राष्ट्रपति चुनाव हारे पनि उनले हार स्वीकार गरेनन् । ट्रम्पले आफ्ना समर्थक, कार्यकर्तालाई उक्साएर अमेरिकी संसद् ‘क्यापिटल हिल’ मा आक्रमण गराए । संविधान मिच्नेदेखि शक्तिको दुरुपयोग गर्ने काम गरेका ट्रम्पले दुई पटक महाभियोग सामना गर्नु प¥यो, यौन दुराचारको अभियोगमा दण्डित भए ।
आज राति खण्डग्रास चन्द्रग्रहण
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
लजालु रेडपान्डा
दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ । होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर
संसारका अनौठा खाना
यस लेखमा विश्वमा प्रचलित केही अनौठा खानाका बारेमा चर्चा गरिएको छ। यात्राका क्रममा स्थान विशेष विभिन्न प्रकारका खानाको स्वाद लिने अवसर प्राप्त हुन्छ । एउटालाई अनौठो लागेको त्यही खाना अरूलाई स्वादिष्ट लाग्न सक्छ । १. ह्यागिस– स्कटल्यान्डमा प्रचलित यो खाना तयार पार्न भेडाको मुटु, फोक्सो र कलेजो पिँधिन्छ अनि बोसो, मसला र दलियासित मोलेर भेडाको भुँडीभित्र हालिन्छ । त्यसलाई केहीबेर उमालेर यो परिकार तयार पारिन्छ ।
साहसी महिला विल्मा रुडोल्फ
अदम्य साहस र दृढ सङ्कल्प भएपछि मानिसले जस्तोसुकै कठिन कार्य पनि गर्न सक्छ । पोलियोले हिँडडुल गर्न नसक्ने एक बालिकाले जब “विश्वकै छिटो दौडिने खेलाडी बन्न चाहान्छु” भनेको सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला । ती चार वर्षकी बालिका, जसलाई पोलियो भएर हिँडडुल गर्न ब्रेस लगाउनु परेको थियो, तिनै बालिकाको सपना साकार बनाउने कुरा यस्ता छन् । उनी थिइन् विल्मा जि. रुडोल्फा । अमेरिकाको टेनेसी राज्यको एक गरिब परिवारमा सन् १९४० जुन २३ मा उनी जन्मिएकी थिइन् । उनी सानो छँदा दुई पटक निमोनिया र कालाजारले थला परिन् । त्यसपछि पोलियोले खुट्टा नचल्ने भयो । डाक्टरले खुट्टामा ब्रेस लगाइदिए । ब्रेस लगाएपछि सामान्य हिँडडुल गर्न मात्र सकिन् । डाक्टरले उनलाई खेलकुदमा कहिल्यै सक्रिय हुन नसक्ने भने ।
दाह्री–जुँगाको सान
हास्यकलाकार चार्ली च्याप्लिन र तानाशाह हिटलर आफ्नो ‘टुथब्रस स्टाइल’ जुँगाबाट चर्चित थिए । यस्तै विश्व कम्युनिस्ट आन्दोलनका नेता भ्लादिमिर लेनिनको झुसे दाह्री अनि सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको बाक्लो झाँगिएको दाह्री–जुँगाको पनि चर्चा हुने गर्छ । नेपालमा ‘लङ सेप’ जुँगा बढी चलनमा छ । जुन हाम्रै पुर्खाको शैली भएको जुँगा पाल्नेहरू बताउँछन् । पहिलेका राजा महाराजाका तस्बिरमा पनि छेउमा बटारिएका लामा जुँगा देख्न सकिन्छ ।