मानवले कहिलेदेखि शवको अन्त्येष्टि गर्न सुरु गरे ?
एउटा अध्ययनले के देखाएको छ भने दुई लाख ४० हजारदेखि पाँच लाख वर्ष पहिले मानव पुर्खाले आफ्ना मान्यजनको शवको नियोजित अन्त्येष्टि गर्न सुरु गरेका थिए, यद्यपि यसमा आमसहमति बन्न सकेको छैन। माछा मार्ने, चित्रकला बनाउने तथा औजारका रूपमा पाताहरूको प्रयोगसँगै मृतकको नियोजित अन्त्येष्टिलाई ‘होमो सेपियन्स’ र लोप भइसकेका मानव पुर्खाबीचको भिन्नता जनाउने एक परिभाषित विशेषता मानिएको
चर्चामा टाइटानिक
आजभन्दा एक सय ११ वर्षअघि उत्तरी आन्ध्र महासागरमा डुबेको ‘टाइटानिक’ पानीजहाज यतिबेला पुनः चर्चामा छ। संसारभरका सञ्चार माध्यममा टाइटानिक छाएको छ। टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच पर्यटकको समुद्रमै डुबेर निधन भएको छ। ‘टाइटन’ नामक पनडुब्बीमा टाइटानिक हेर्न जानेहरूमा पाकिस्तानी मूलका बेलायती अर्बपति दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, बेलायती अर्बपति हमिश हार्डिङ, पल–अन्री नार्गेओ र ओसनगेट कम्पनीका प्रमुख स्टक्टन रस थिए।
बोलीको यात्रा
मानव जातिले पाएको अतुलनीय वरदानमध्ये एक हो बोली। एकैछिन कल्पना गरौँ, बोली नभएको भए मानव समाज कस्तो हुन्थ्यो होला ?, बोलीको अभावमा विचार र भावना साटासाट गर्न कति कठिन हुन्थ्यो होला ? बोलीले नै मानव अभिव्यक्ति सशक्त हुन गएको छ। बोलीले मानव अभिव्यक्तिलाई मात्र होइन मानव सभ्यता उन्नत अवस्थामा पु-याएको छ। बोलीबाटै मानव सभ्यताको अकल्पनीय विकास र विस्तार हुन सम्भव भएको भन्न सकिन्छ। मानव अभिव्यक्ति र सभ्यतामा जीवनदायिनी भूमिका खेल्ने
११ हजार मिटर गहिरो प्वाल !
चीनले उत्तरपश्चिम क्षेत्र सिङ्कयाङस्थित तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो प्वाल बनाउन सुरु गरेको छ। यो प्वाल पृथ्वीको प्राचीनतम क्रेटासियस कालको तहसम्म पुग्ने छ। क्रेटासियसलाई एक भूगर्भीय काल मानिन्छ। जुन १४ करोड ५० लाख वर्षदेखि छ करोड ६० लाख वर्षसम्म अगाडिको समय हो। ११ हजार मिटरभन्दा गहिरो
विमानमा कोलाहल मच्चाउने आन्द्रे
कुस्तीको दुनियाँका बादशाह आन्द्रे द जाइन्टले एक पटक उडिरहेको विमानमा आफ्नो दिसा र अपानवायुले यात्रुलाई झन्डै मारेका। उनको दिसा र अपानवायुको गन्धले केही यात्रुलाई वाकवाकी लाग्ने र बान्ता आउलाजस्तो भयो केही चाहिँ मुर्छा पर्ने गरी हाँस्न थाले। विमानमा एकछिन त कोलाहल नै भयो। वल्र्ड रेस्लिङ फेडरेसन च्याम्पियन आन्द्रे द जाइन्टलाई बोइङ–७४७ विमानमा सावर भएर टोकियोबाट अमेरिका जाने क्रममा पेटमा समस्या भएको थियो। रिङमा प्रतिद्वन्द्वीलाई चित् पारेका उनी १४ घण्टाको उडानमा अन्य यात्रुको समस्या बने।
बर्मुडा ट्राएङ्गलको कुचक्र, फ्लाइट–१९ बेपत्ता
मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ। करिब ८० वर्ष पहिले एक घमाइलो दिनमा फ्लोरिडामा रहेको अड्डाबाट जलसेनाका पाँच विमानले प्रशिक्षणका लागि उडान भरे, जसलाई फ्लाइट–१९ नाम दिइएको थियो। त्यसपछि फ्लाइट–१९ का कुनै पनि विमानको चालक दलका सदस्य देखा परेका छैनन्।
इन्टरनेटको कालो दुनियाँ डार्क वेब
इन्टरनेटको प्रयोगसँगै विश्वमा विभिन्न स्टार्टअप कम्पनीलाई अगाडि बढ्ने मौका मिलेको छ। इन्टरनेटले व्यवसाय, शिक्षा, सञ्चार, सरकारका कामलगायतका विभिन्न क्षेत्रमा क्रान्ति ल्याएको स्पष्ट नै छ। एकातर्फ इन्टरनेटको आगमनसँगै विश्वलाई अगाडि बढ्ने मौका मिलेको छ भने अर्कोतर्फ यसको डरलाग्दो पक्ष पनि अगाडि आएको छ, जसको नाम हो ‘डार्क वेब’ । तपाईंमध्ये कतिले डार्क वेबको नाम सुन्नुभएकै होला। आखिर डार्क वेब भनेको के हो र यसको सुरुवात कसरी भएको थियो ? डार्क वेब इन्टरनेटको यस्तो भाग हो जुन खोज इन्जिनहरूमा देखिँदैन। डार्क वेब सामान्यतः लागूऔषध व्यापार, नक्कली दस्तावेज तथा बालबालिकाको अश्लील सामग्री (चाइल्ड पोर्नोग्राफी)लगायतका सामग्रीको अनधिकृत बेचबिखनसँग सम्बन्धित छ तर यसो भनिरहँदा डार्क वेबमा हुने सबै कुरा पूर्ण रूपमा खराब हुन्छन् भन्ने पनि छैन। इन्टरनेटको अधिकांश हिस्सा हाम्रो दृष्टिबाट लुकेको छ। जहाँ लागुऔ
बक्सिङ खेलाडी टाइसनले गोरिल्लासँग भिड्ने सोचाइ
विश्वका प्रसिद्ध व्यावसायिक बक्सिङ खेलाडी माइक टाइसनले एक पटक गोरिल्लासँग भिड्ने सोचाइ बनाएका थिए। उनले चिडियाखानाका कर्मचारीलाई १० हजार डलर दिएर गोरिल्लाको खोरमा जान दिनसमेत भने तर उनको इच्छा पूरा भएन। गोरिल्लाले अन्य पशुलाई जिस्क्याइरहेको देखेर टाइसनलाई रिस उठेको थियो र उनी त्यस गोरिल्लालाई पाठ सिकाउन चाहन्थे।
तस्बिरमा ऊँट केटी
सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन् १८८६ मा हार्पर एक कलाकारका रूपमा सर्कसमा भर्ना भइन्। उनी हरेक हप्ता दुई सय डलर कमाउँथिन्। घुँडा पछाडि फर्केका कारण उनलाई सर्कसमा ऊँट केटी भनिन्थ्यो।
रोबोटद्वारा महिलाको गर्भाधान
विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ। यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो। त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्।
महँगोमा बिक्दै जलगैँडाको दाँत
हात्तीको हाड तस्करीमा प्रतिबन्ध थपिएसँगै लोप हुने जोखिममा रहेको जलगैँडाको दाँतको तस्करी बढ्दो क्रममा रहेको छ। बेलायतले हात्तीको हाड कारोबारमा प्रतिबन्ध लगाएपछि जलगैँडाको दाँत र हाडको व्यापारमा वृद्धि भएको छ। जलगैँडाका दाँत अनि दाह्रा सजावटका सामग्रीमा प्रयोग गरिन्छ। कन्भेन्सन अफ इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज (सीआईटीईएस)अन्तर्गत जलगैँडाका अङ्ग किनबेच गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय कारोबारका लागि भने निर्यात गर्ने अनुमति आवश्यक पर्छ। सन् १९७५ देखि सीआईटीइएसले जलगैँडाको तथ्याङ्क राख्न थालेपछि सन् २०१७ सम्म जलगैँडाका सात लाख ७० हजार किलो दाँत कानुनी रूपमै कारोबार भएको छ।
पत्थरको सुनले बनायो करोडपति
२.६ किलो काँचो सुन भएको पत्थर अस्ट्रेलियाको भिक्टोरियामा पुरानो सुनखानी भएको क्षेत्रमा फेला परेको छ। सस्तो खालको ‘मेटल डिटेक्टर’ प्रयोग गरेर एक व्यक्तिले झन्डै दुई करोड १० लाख नेपाली रुपियाँ मूल्य पर्ने काँचो सुन भएको एउटा पत्थर फेला पारेका हुन्। इस्वी संवत्को १८औँ शताब्दीमा त्यहाँका खानीमा सुन खोज्ने मानिसको घुइँचो लाग्ने गथ्र्याे। उनले फेला पारेको सुनको मूल्याङ्कन गर्ने र किन्ने व्यापारी ड्यारेन क्याम्पले आफूले ४३ वर्षको व्यावसायिक जीवनमा पहिलो पटक ठूलो पत्थरमा त्यति धेरै सुन देखेको बताए। जिलङस्थित आफ्नो पसलमा एउटा ठूलो झोला भिरेर एक व्यक्ति आउँदा आफूले ठूलो अपेक्षा नराखेको क्याम्पले बताए।
सङ्ग्रहालयकै कर्मचारीले चोरेका थिए मोनालिसाको चित्र
सन् १९११ अगस्त २१ मा लुभ सङ्ग्रहालयबाट मोनालिसाको चित्र हराएको थियो। लियोनार्दो डा भिन्चीले बनाएको सो विश्व प्रसिद्ध चित्र एकाएक सङ्ग्रहालयबाट हराएपछि हल्लीखल्ली मच्चियो। फ्रान्सका जासुसले मोनालिसाको चित्र खोज्न हरसम्भव प्रयास गर्न थाले। दुई वर्षभन्दा बढी समय मोनालिसाको चित्र खोजियो। जासुसहरूले यस कुख्यात चोरीको हल खोज्न शङ्काको घेरामा प्रख्यात कवि गियमो अपोलोनार र कलाकार पाब्लो पिकासोलाई समेत राखे। उनीहरूले यी दुवै महान् हस्तीसँग केरकारसमेत
साम्राज्यवादको होड थियो प्रथम विश्वयुद्ध
प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर एसियाली क्षेत्रहरूमा आफ्नो शासन सञ्चालन गरिरहेका थिए।
पेनकिलर बनाउँदा कोकाकोला !
विश्वको एक सर्वाधिक लोकप्रिय पेय पदार्थ कोकाकोलासँग असामान्य इतिहासको गाथा पनि छ। सन् १८६६ मा अमेरिकी औषधिविज्ञ जोन पेम्बर्टन दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ बनाउने प्रयासमा लागेका थिए। गृहयुद्धमा पेम्बर्टनलाई नराम्रोसँग चोट लागेको थियो। जस कारण उनले पीडाबाट मुक्ति पाउन अफिममा आधारित मर्फिनको सहारा लिनु पर्ने भयो तर पेम्बर्टन अफिम नभएको वैकल्पिक पीडाहरक औषधि बनाउन चाहन्थे।
टाढैबाट जोडीलाई चुम्बन गर्ने उपकरण
एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्। उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।
दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन !
तपाईं दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन बन्नुहुन्छ । किनभने जुनबेला तपाईंले आँखा घुमाउनु हुन्छ तपाईंको दिमागले जानाजान दृष्टि बन्द गरिदिन्छ । यसै कारण तपाईंले ऐना हेर्दा आफ्नो आँखाको गति देख्न सक्नुहुन्न । यसलाई चिकित्सा विज्ञानले ‘स्याकाडिच मास्किङ’ भन्ने गरेको छ । यदि यसो नहुँदो हो त तपाईंको जीवन हातले क्यामेरा समातेर खिचिएको निरन्तर चलिरहने एक चलचित्र जस्तो हुने थियो, जसमा हल्लिरहेका दृश्य मात्र हुने थिए ।
मेमथको अवशेष फेला
हात्तीसँग मिल्दोजुल्दो जीव मेमथ लोप भइसक्यो। वैज्ञानिकले बेला बेलामा मेमथका अवशेष फेला पारेका छन्। सन् १९७७ मा सोभियत सङ्घको साइबेरिया क्षेत्रको एउटा खानीमा बुल्डोजरले खन्ने क्रममा अचानक मेमथको छावाको अवशेष फेला परेको थियो। मेमथ चिसो क्षेत्रमा बसोबास गर्दथे अर्थात् चिसो भेगमा बस्ने हात्ती हुन्। १७औँ शताब्दीसम्म युरोपेली र एसियालीहरू मेमथसँग परिचित थिए। सन् १७९६ मा जर्जस् क्युभरले मेमथलाई लोप भएको जीव घोषणा गरेका थिए।
हरेक वर्ष चन्द्रमा पृथ्वीबाट टाढिँदै
हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।
आज लाग्ने सूर्यग्रहण नदेखिने
वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
पृथ्वीलाई चिस्याउने प्रयास
विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ। यसबाट पृथ्वीमा घाम कम आउनेछ। यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।
‘सार भ्यालु’ कसरी पत्ता लगाउने ?
मोबाइल फोन निर्माताले आफ्नो आधिकारिक वेबसाइटमा कुन मोडेलको ‘सार भ्यालु’ कति हो सो उल्लेख गरेका हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ‘सार भ्यालु’ हेर्न सकिन्छ। मोबाइल फोनको प्रयोगकर्ता गाइड (युजर्स म्यानुअल)मा सो फोनको ‘सार भ्यालु’ लेखिएको हुन्छ। त्यहीँबाट पनि ‘सार भ्यालु’ जान्न सकिन्छ। मोबाइल फोनको सेटिङबाट पनि ‘सार भ्यालु’ पत्ता लगाउन सकिन्छ। त्यसका लागि तपाईं मोबाइलको सेटिङमा जानुपर्छ। त्यसपछि जर्नल, लिगल र आरएफ एक्सपोजरमा जानुहोस्। यो सेटिङमा जाने विधि मोबाइल सेटअनुसार फरक–फरक हुने गर्छ।
गर्मी हुँदा सर्पले आफैँलाई खान्छ
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ । त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ । पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ । सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः स्वज्यान लिन्छ ।
औँठाछाप मेटाइदिने रोग
एड्रमेटोग्लिफिया रोगले मानिसको औँठाछाप मेटाइदिन्छ। यो एक वंशाणुगत रोग हो। सन् २००७ मा पहिलो पटक यो रोगको बिरामी पत्ता लागेको थियो। चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औँठाछाप अर्थात् फिङ्गरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो। तपाईं चाहे नागरिकता वा बैङ्कमा खाता खोल्न जानुहोस् आफ्नो औँठाछाप लगाउनैपर्छ तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरू सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औँलाका औँठाछा