मौसमी रुघाखोकीका बिरामी बढे
जिल्लाभर कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामी बढेका छन् । मौसम परिवर्तन हुनुु र चाडवाडमा स्थानीयले सावधानी अपनाउन नसकेको कारण यस्ता लक्षणका बिरामीको सङ्ख्यामा बृद्धि भएको चिकित्सकको भनाइ छ ।
नौ दिनमा १३ जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो
भदौ महिना शुरु भएदेखि १३ जना हैजाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार नौ दिनमा १३ जना हैजाको बिरामी थपिएका हुन् ।
२४ घण्टामा ४४४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु
पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एकै विद्यालयका २७ विद्यार्थीमा कोरोना सङ्क्रमण
एकै विद्यालयका २७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीमा कोरोना पोजिटिभ पाइएको हो ।
दुर्गममा जान मान्दैनन् छात्रवृत्तिमा पढेका चिकित्सक
नेपाल सरकारको छात्रवृत्तिमा पढेका चिकित्सक दुर्गममा जान आनाकानी गर्ने प्रचलन बढ्दै गएको छ । राज्यको लगानीमा अध्ययन गर्ने तर अध्ययन पूरा भएपछि रोइकराइ र राजनीतिक दबाब लगाएर सुगममा बस्ने प्रवृत्ति कायमै रहेको छ ।
एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु
नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताउनुभयो ।
थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार १७७ कोरोना परीक्षण गर्दा ४८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
दश जनाको परीक्षण गर्दा आठमा कोरोना पुष्टि
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँमा दश जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । सिङ्गो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन बिधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो
काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी बढिरहेका छन् ।
नसर्ने रोगको सूचीमा उच्च रक्तचाप
सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रहेको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो एक वर्षमा नसर्ने रोगमध्ये जिल्लामा पहिलो सूचीमा परेको उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ।
विद्यालयमा कमसल स्यानेटरी प्याड वितरण
स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिने प्याड कमसल र गुणस्तरहिन वितरण गरेको पाइएको छ । नेपाल सरकारले स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रदान गर्ने प्याड गुणस्तरहिन भएको छात्राहरुले गुनासो गरेका छन् ।
काठमाडौँ उपत्यकामा डेङ्गुको प्रकोप
गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ। विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।
थप ६३४ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४९ कोरोना परीक्षण गर्दा ६३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
फोहोर व्यवस्थापन सबैको दायित्व हो, मिलेर गरौ: मन्त्री चौधरी
काठमाडौं उपत्यका मात्र नभएर देसभरका मुख्य सहरको समस्याको रुपमा आएको फोहोरको व्यवस्थापन सबैको दायित्व भएको सहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनु भएको छ । फोहोरको व्यवस्थापनमा सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो ।
रक्तदानले गर्भवती महिलालाई जीवनदान
जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।
२४ घण्टामा थप ६५८ जनामा कोरोना पुष्टि, एकको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ६४३ कोरोना परीक्षण गर्दा ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हवाई उद्धारले सुत्केरीको ज्यान जोगियो, शिशुको मृत्यु
बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिनुभयो ।
बेलायतमा स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो
नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैतडीबाट सुत्केरी महिलाको हवाई उद्धार
सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेका एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा सवस्थ्य चौकीमा रहेका सुत्केरी विन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे ।
२४ घण्टामा २८६ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्।
भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।
आजदेखि ५० जिल्लाका बालबालिकालाई खोप अभियान सुरु
सरकारले आजबाट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ।
प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
ज्वरो फैलिएसँगै कोरोनाको त्रास
पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।