चुनौती थप्दै छ डेङ्गुले
गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीमा थप चुनौती थपिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा डेङ्गु १२ महिना नै देखिन सुरु गरेको र यो जलवायु परिवर्तनको असरका कारण हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यस पटक मङ्सिरदेखि फागुनजस्तो जाडो महिनामा पनि डेङ्गु सङ्क्रमण बढेको छ। जनवरीयता पाँच सयभन्दा धेरै जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ।”
विजयाको क्यान्सर उपचारका लागि सहयोगको अपिल
झापा घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आउनुभएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ।
राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ।
कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट करिब एक वर्षपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले दिनुभएको जानकारीअनुसार बाँके राप्तिसोनारी गाउँपालिका –२ का ८६ वर्षीय ज्येष्ठनागरिकको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।
राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छः चिकित्सक
उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
आफै उपचार गर्न नसक्ने बिरामीको नि:शुल्क उपचार
जिल्ला अस्पताल हुम्लाले आफै उपचार गर्न नसक्ने लक्षित वर्गका बिरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले बर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो ।
क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र स्थापना हुँदै
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिनेभएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते लगाइने
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरी ‘वृहत खोज र खोप अभियान’ सुरु गर्ने भएको छ ।
एक जना सङ्क्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सरकारको आग्रह
सरकारले तराईमा गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना सार्वजनिक गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो।
‘दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति तिर्नुपर्छ’
कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताउनुभयो।
खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु
नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित
कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
लगाउन अयोग्य भएपछि सिनोभ्याकको ४० लाख डोज खोप प्रयोगमा आएन
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले उक्त खोप बुस्टरडोजका रूपमा प्रयोग गर्न नमिल्ने र अधिकांशले पहिलो डोज लगाएकाले खोप प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो ।
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये आठ आइसियु र तीन जना भेन्टिलेटरमा
काठमाडौं उपत्यकामा २६ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचारत छन्।
ठूलावेशीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
भेरी अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित
गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
देशका मुख्य सहरमा वायु प्रदूषण उच्च : सचेत रहन विज्ञको सुझाव
केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।
एम्बुलेन्सको एकीकृत निगरानी
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु
राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार सुरु भएको छ ।
कोरोना संक्रमित : कतिबेला अस्पताल जाने ?
सरकारले कोरोना संक्रमितलाई सास फेर्न गाह्रो भएमा, छाती दुख्ने, भारी हुनेलगायतका लक्षण देखिएमा तुरुन्त अस्पताल जान आग्रह गरेको छ।