गाउँको पारिवारिक कथा नाटक ‘असुर’
ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो। ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।
नेवार समुदायमाथि आघात पुर्याएको आरोपमा कमेडियन सिंह पक्राउ
काठमाडौं, भदौ १२ गते। कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो। विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाउनुभएको छ । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धानका लागि सिंहलाई म्याद थप गरेर प्रक्रिया अगाडि बढाउने मैनालीको भनाइ छ।
‘झिँगे दाउ’ भदौ १७ मा
काठमाडौं, भदौ १२ गते । चलचित्र ‘झिँगे दाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय छ । फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
तीजले विकृति पनि फैलायो, यो रोक्नुपर्छ
नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।
महँगो पर्व बन्दै तीज
महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।
चलचित्र 'महापुरुष'को 'बा' गीत सार्वजनिक
काठमाडौं, भदौ ११ गते । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र 'महापुरुष'को पहिलो गीत सार्वजनिक गरिएको छ । बाबुको मुख हेर्ने दिनको अवसरमा आज ‘बा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा नवराज पराजुलीको शब्द र रिदम कँडेलको संगीत र स्वर रहेको छ । गीतको भिडियोमा हरिवंशसँगै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्रीको अभिनय रहेको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’ प्रदीप भट्टराईले निर्देशनमा बनेको चलचित्र हो । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणकासाथै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।चलचित्रमा कालीप्रसाद बाँस्कोटा/रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
'छड्के २'को फस्टलुक सार्वजनिक
काठमाडौं, भदौ ११ गते । नेपाली चलचित्र 'छड्के २'को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अनमोलको ग्याङस्टार रुप देख्न सकिन्छ । चलचित्रमा रविन तामाङ्ग र कमलमणी नेपाल पनि देख्न सकिन्छ । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मका निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता हुनुहुन्छ ।
सोफिया बन्नुभयो मिस युनिभर्स नेपाल २०२२ को विजेता
मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।
सुनील पुनः रिङ्कु भाउजूको भूमिकामा
सुनील ग्रोवरलाई देखेपछि उनका फ्यानको अनुहारमा हाँसो झल्कन्छ। उनले ‘द कपिल शर्मा सो’मा रिङ्कु भाभी र गुलाटीका लागि डा. मसुर गुलाटीको भूमिका निभाएका थिए तर पाँच वर्षअघि उडानमा कपिल शर्मासँग सुनील ग्रोवरको ठूलै झगडा भएको बताइन्छ। त्यसपछि उनले कपिलको सोलाई बाइबाई भनेका थिए। धेरै वर्षपछि जब सुनिल ग्रोवर टीभीमा फर्के, उनले अर्चना पुरन सिंह र शेखर सुमनको सो ‘द ग्रेट इन्डियन लाफ्टर च्याम्पियन’मा ‘डाक्टर मसुर गुलाटी’को भूमिकामा दर्शकलाई हसाउने मौका पाए । ‘डाक्टर मसुर गुलाटी’पछि सुनील ग्रोवर अब ‘रिङ्कु भाभी’को भूमिकामा देखिने भएका छन् ।
‘तीज विशेष कार्यक्रम’
सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बुधबार राजधानीमा आयोजित ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो।
चलचित्रमा ‘सरोगेसी’ कथा
नेपालमा सरोगेसीमा केन्द्रित रहेर निकै कम चलचित्र प्रदर्शनमा आएका छन्। केही वर्षअघि निर्देशक अमरदीप सापकोटाले सरोगेसीको कथा उठान गरेर ‘कारखाना’ नामक चलचित्र ल्याएका थिए। चलचित्र कारखाना दर्शकमाझ खासै जम्न सकेन र त्यसपछि सरोगेसीको कथामा चलचित्र खासै निर्माण पनि भएनन्। धेरै वर्षको अन्तरालपछि रञ्जित रौनियार निर्देशित डेब्यु चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आएको छ। चलचित्रले सरोगेसीको कथावस्तु बोकेको छ। एउटा आमाले आफ्नो कोख नौ–नौ महिना कसरी अरूका लागि भाडामा दिन सक्छिन् भन्ने कुरा चलचित्रमा प्रस्ट्याइएको छ।
नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति
नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।
नायक शाहको मुद्दाको आज नवलपुरमा पेसी हुँदै
नायक पूर्णविक्रम (पल शाह)को जबरजस्ती करणी मुद्दाको आज नवलपुरमा पेसी तोकिएको छ । यसैगरी भदौ १५ गतेको लागि तनहुँ जिल्ला अदालतमा तोकिएको छ । नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा भदौ १५ गते लागि पेसी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
'महापुरुष'को पोस्टर सार्वजनिक
काठमाडौं, भदौ ७ गते । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष'को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा हरिवंश र डेब्यू अभिनेता अरुण क्षेत्रीलाई प्रस्तुत गरिएको हो । फिल्ममा अरुण हरिवंशका कान्छा छोराको रुपान देखिनेछन् । सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण, हरिवंश र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ ।फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ र दिपेश खत्री निर्माता हुनुहुन्छ। दीपक बज्राचार्यको छायांकन गर्नुभएको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गर्नुभएको हो । फिल्म कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ ।
फिल्म 'मिलन' कार्तिक १८ मा
काठमाडौं, भदौ ७ गते । फिल्म ‘मिलन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको फिल्मको मंगलबार ‘फष्र्ट लुक्स’ सार्वजनिक गर्दै कार्तिक १८ गतेका लागि प्रदर्शन मिति तोकिएको हो । फिल्मको सार्वजनिक पोष्टरमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्मको कथा पनि निर्देशक राईले नै लेख्नुभएको हो । फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।फिल्मका निर्माता प्रविन थापा हुनुहुन्छ भने फिल्ममा राहुल राईको छायांकन रहेको छ । फिल्म किम्बे थापाले सम्पादन गर्नुभएको हो ।
स्वीमसुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धी
मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् ।
'आईईसी डिजाइनर रनवे ११' फेसन शो
काठमाडौं, भदौ ६ गते । ‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो काठमाडौंमा सम्पन्न भएको छ । आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो । रनवेको शो-टपरस्का रुपमा नायिका आँचल शर्मा, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मी श्रेष्ठ र नायक आकाश श्रेष्ठ थिए । सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए । दरबारमार्गस्थित होटल याक एण्ड एतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।
जुम्लामा फिल्म 'प्रकाश'को प्रिमियर
काठमाडौं, भदौ ६ गते । जुम्लाको दुर्गम गाउँमा पहिलो पटक फिल्म 'प्रकाश'को विश्वव्यापी प्रिमियर गरिएको छ । भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो ।हल र बिजुली नभएका गाउँमा फिल्म निर्माण टिमले नै जेनेरेटर र प्रोजेक्टरको व्यवस्था गरि फिल्म देखाइएको हो । फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थिति थियो । कलाकारको स्वागतमा गाउँलेले झाँकी निकालेका तस्बिरहरु अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । जुम्लामै सुटिङ गरिएको फिल्ममा शिक्षक बन्न एक युवाले गर्नुपरेका सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।
'प्रेमगीत ३'को हिन्दी संस्करणका चार गीत रिलिज
काठमाडौं, भदौ ६ गते । फिल्म 'प्रेमगीत ३'को हिन्दी संस्करणका चार गीत रिलिज गरिएको छ । 'जी म्युजिक'ले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, पलक मुछल, राहत फतेह अली खान, अङ्कित तिवारी र देव नेगीले स्वर भर्नुभएको छ । ‘कोही ना कोही नाता हे मेरा तुजसे’मा जुबिनको स्वर र पवनदीप राजनले सङ्गीत दिनुभएको छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा राहत फतेह अली खानको स्वर छ । यस्तै, ‘तुम प्यार हो’ गीतमा पलक र अङ्कितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक मुछल र देव नेगीको स्वर छ ।सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको यस फिल्म असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुने भएको छ ।
ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
अभिनेत्री ऋचा शर्माले छोटा चलचित्र ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभएको छ। उहाँले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जित्नुभएको हो। अवार्डको घोषणा भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुने जनाइएको छ। शर्माले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताउनुभयो।
'फूलै फूल दिन्छौ कि' सार्वजनिक
काठमाडौं, भदौ ५ गते । गायक शिव परियारको नयाँ म्युजिक भिडियो 'फूलै फूल दिन्छौ कि' सार्वजनिक गरिएको छ । गीतको भिडियो 'आशिष अविरल'को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ । विवेक रसाइलीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन सौरभ लामिछानेले गर्नुभएको हो भने भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।
पाकिस्तानी गायिका नायरा नूरको निधन
काठमाडौं, भदौ ५ गते । पाकिस्तानी चर्चित गायिका नायरा नूरको आइतबार निधन भएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार ‘बुलबुल–ए–पाकिस्तान’नामबाट चिनिने ७१ नूरका भतिजा राणा जैदीले उहाँको निधनबारे जानकारी दिनुभएको हो । ‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा–ए–दिल’जस्ता गीतहरुमा उहाँले स्वर भर्नुभएको छ।
रोचक कथा बोकेको ‘दोबारा’
चलचित्र ‘दोबारा’को कथा रोचक बनेको छ। चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई उत्साह जगाउने काम गर्छ। यो एउटा थ्रिलर चलचित्र हो, जसमा तापसी पन्नु, पावेल गुलाटी, राहुल भट्ट जस्ता कलाकारको अभिनय देख्न सकिन्छ। स्पेनिस चलचित्र ‘मिराज’को रिमेक हो ‘दोबारा’ ।
तीज गीत 'छुनुमुनु गर्दै' सार्वजनिक
काठमाडौं, भदौ ४ गते । गीतकार शान्तिप्रियको तीज गीत 'छुनुमुनु गर्दै' सार्वजनिक गरिएको छ । राकेश सोनीको संगीत तथा संगीत संयोजन रहेको गीतमा बिन्दु बिसीले स्वर भर्नुभएको छ । भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परियारको अभिनय देख्न सकिन्छ । हेरुका लामाले निर्देशन गर्नुभएको भिडियोमा छायाङ्कन तथा सम्पादन बज्र ङ्यासुरको छ । भिडियोमा कोरियोग्राफी निर्देशक लामाले नै गर्नुभएको हो ।