अर्थमन्त्री शर्मासँग चेम्बरका पदाधिकारीको भेट : आयात व्यवस्थित गर्न आग्रह
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ। पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बरका पदाधिकारीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्।
साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।
स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात
कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो ।
घट्दै सुनचाँदी मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९८ हजार रुपियाँ तोकिएको छ ।
गौतम बुद्धमा परीक्षण उडान
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दस वस्तुको आयातमा बन्देज
सरकारले दसवटा वस्तुको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशन गर्दै असारसम्म ती वस्तुको आयातमा बन्देज लगाएको हो ।
नेपाली चियाको माग उच्च
अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।
ई–सिम कार्ड ल्याउँदै टेलिकम
नेपाल टेलिकमले छिट्टै इम्बेडेड सीम (ई–सिम) कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको हो ।
धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख १४ गते। अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो। “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उहाँले भन्नुभयो। मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिनुभयो। “हामीले उन्नत जातको बीउ प्रयोग गर्यौ भने यसै वर्षदेखि कम्तीमा तीनगुणा बढी धान उत्पादन गर्ने देखिन्छ। यो काम गर्न ढिला नगरौँ”, उहाँले भन्नुभयो, “मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन।” उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो। “उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौँ। थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ”, अर्थमन्त्री शर्माले भन्नुभयो। छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी गुणस्तरीय बीउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो। धानको उत्पादकत्व औसतमा ३।५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उहाँले उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताउनुभयो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग छलफल गरिएको थियो। रासस