गाउँभरि तरकारी खेती ‘सिजन’मा नौ करोड आम्दानी
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–४, ठूलो हर्रे गाउँभरि तरकारी खेती गरिएको छ । सातवटा समूह मिलेर एउटा तरकारी ब्लक निर्माण गरिएको छ । ब्लकमा १८२ घरधुरी आबद्ध छन् । ती सबैले व्यावसायिक तरकारी खेती गरेका छन् ।
ग्लोबल आईएमईको नाफा २५ प्रतिशतले वृद्धि
ग्लोबल आईएमई बैङ्क लिमिटेडले आव २०७८÷७९ मा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको बैङ्कद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मलको समस्या समाधान हुँदै छ : मन्त्री यादव
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मलको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । अहिले ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र अझै ५० हजार मेट्रिक टन मल आउने क्रममा रहेको उहाँले बताउनुभएको छ ।
लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आव २०७८/७९ मा भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा ९ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले सो कार्यालयलाई यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार रुपियाँको लक्ष्य दिएकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ९० दशमलव ९४ प्रतिशत मात्रै हो । गत आर्थिक वर्ष लक्ष्य नभेटे पनि चालू आर्थिक वर्षका लागि भन्सार विभागले सो कार्यालयलाई एक खर्ब ५५ अर्ब रुपियाँको लक्ष्य दिएको छ ।
गाडी एसेम्बलिङमा आकर्षण
सरकारले चालू आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । त्यस्ता उद्योग सञ्चालन गर्न भन्सार तथा अन्तःशुल्कमा छुट दिइएपछि ठूला व्यावसायिक घरानाको ध्यान सवारीसाधन एसेम्बलिङ उद्योगमा बढेको छ ।
मौद्रिक नीति : उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य
कोरोना महामारी कम हुँदै गएको विदेशी पर्यटक भित्र्नेक्रम बढ्दै गएको, उत्पादन र उत्पादकत्व बढ्दै गएको तथा वैदेशिक रोजगार लयमा फर्केकाले आर्थिक वुद्धि औषतभन्दा बढी हुने अनुमान रहेको उहाँले सुनाउनुभयो ।
एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
मौद्रिक नीति : बैंकको ब्याजदर साढे आठ प्रतिशत पुग्यो
काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएको हो। राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको हो। यो सँगै बैंकबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ। अब बैंकले निक्षेपको चार प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ। राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत् कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो। बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ। पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा दुई प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।
मौद्रिक नीति : शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर
काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जाकोे सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो। उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो। मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। शेयर धितो कर्जामा एउटा बैंकबाट चार करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ। अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ। मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेजसमेत गरिएको छ।