अनाथलयलाई जुडो प्रेमीको सहयोग
किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुने
नेपाली गोर्खा सैनिकहरूले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रबारबाट बेलायतका विभिन्न सहरमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो ।
मातृभूमिप्रतिको दायित्व अझ बढ्यो : एनआरएनए अध्यक्ष आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल नागरिकता विधेयक पारित गरेको भन्दै धन्यवाद प्रकट गरेको छ । नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको छ ।
उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
पर्यटनमन्त्री श्रेष्ठ र पोल्याण्डका राजदूत बुराकोव्स्कीबीच भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ ।
मैनालीको लोभलाग्दो ‘दान’
अर्जुनप्रसाद मैनाली रक्तदाता हुनुहुन्छ । उहाँको रक्तदानको महिमा जति गाए पनि सकिँदैन ।
परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउनुहुँदै
संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
नेपाल–बङ्गलादेश जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु
नेपाल–बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । झण्डै १५ वर्षपछि नेपाल र बङ्गलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बिहीबार बसेको हो ।