‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।
'अमेरिकन आइडल'का उपविजेता अर्थर गन नेपालमा
काठमाडौं, भदौ २ गते । अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उहाँसहित ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आउनुभएको छ । पोखरेल आगामी शनिबार हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आउनुभएको हो । उहाँले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने बताइएको छ । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उहाँ त्यसयता पहिलोपटक नेपाल आउनुभएको हो । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।
गोरखापत्रका समाचार अब हाम्रो पात्रोमा
गोरखापत्र संस्थानका प्रकाशनहरुका समाचार सामग्रीहरू अब ‘हाम्रो पात्रो’ मा पढ्न र हेर्न सकिने भएको छ । गोरखापत्र संस्थान र स्मार्ट आइडियाज प्रा.लि. (हाम्रो पात्रो) बीच संस्थान कार्यालयमा बिहीबार दुई पक्षबीच सम्झौता भएपछि पाठकलाई यो सुविधा प्राप्त भएको हो ।
इजरायलमा २८औं आदिवासी दिवस कार्यक्रम
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने मूल नारा संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८ औं विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम हर्ष उल्लासको साथमा मनाउने क्रममा प्रवास इजरायल पनि आदिवासी समुदायहरुको मौलिक भेषभुषा सहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरुको साथमा कार्यक्रम अगस्ट १२ तारीख शुक्रबारको दिनमा भव्य रुपमा सम्पन्न भएको छ ।
इजरायलले एक हजार श्रमिक लैजाने
इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिनुभयो ।
नेपालमै सुखी जीवन बिताउन सकिन्छ: मन्त्री भुसाल
फिनल्याण्ड, हेल्सिन्की, साउन २९ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।” नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ । यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् ।” विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उहाँले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “प्रकृतिले दिएको साधन र स्रोतलाई उपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्छ । कला, संस्कृतिका हिसाबले पनि अद्वीय नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ ।” कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवद्र्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिनुभयो । मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो देशको उर्वराभूमि, प्राकृतिक सम्पदा एवं साधन स्रोत सम्झेर सबै नेपालीलाई नेपाल फर्कन आग्रह गर्दछु ।” नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भन्नुभयो, “फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ । विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन ।” उहाँले काउन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो । मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि फिनल्याण्डमा सक्रिय रहेको गुल्मी÷रुपाकोट समाजका अध्यक्ष भक्तिराम भण्डारीले नेपालीलाई फिनल्याण्डमा बसोबासका लागि कुनै पनि समस्या नभएको बताउनुभयो । उहाँले नेपाल र फिनल्याण्ड आवतजावतका लागि भिसा प्रक्रियाका लागि अर्को देश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुयभो । कार्यक्रममा पाँच सयभन्दा बढी नेपालीको सहभागिता थियो । जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्ड आएको छ ।
सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
नेपाल–पाकिस्तान र सार्ककाे विषयमा छलफल
पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।
सीसीएमसी फाराम भर्न नपर्ने
विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।