अष्ट्रेलियामा विश्वभरका नेपाली चिकित्सक भेला हुने
काठमाडौं, जेठ २४ गते। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने बताइएको छ।एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनी ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्। एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्र्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ।समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ। बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा. हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए।‘विगतका वर्षमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाको घोषणा, साझेदारसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।
नेपालमा लगानी गर्न चिली इच्छुक
दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ ।
कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।
कोरोनाले रोकिएका विद्यार्थी चीन पठाइने
सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् ।
भिजिट भिसामा नक्कली कागजात बनाउन रोक्न छलफल
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
शान्ति स्थापनाका लागि दिवङ्गत भएका तीन नेपालीलाई राष्ट्रसङ्घीय अवार्ड
वासिङ्टन डिसी, जेठ १३ गते । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पु¥याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ । उक्त अवार्ड राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गर्नुभयो । ‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गर्नुभएका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर सुडानमा, सैनिक पिताम्बर थापा युनिफिल लेवनानमा र सैनिक दीपेन्द्र बस्ती साउथ सुडानमालाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले राससलाई दिनुभएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन् । उहाँकाअनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसङ्घको शान्ति मिशनमा कार्यरत छन् । राष्ट्रसङ्घको सन् २००२ को साधारणसभाले मे २९ लाई राष्ट्रसङ्घीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो । विश्वभर शान्ति स्थापनाका लागि जीवनउत्सर्ग गर्ने महानुभावको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । राष्ट्रसङ्घको निलो झण्डा मुनि आबद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली सङ्घद्वारा नेपाल सरकारको प्रतिबद्धताको स्वागत
गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ ।
मुख्यमन्त्री पोखरेल र भारतीय कार्यवाहक राजदूतबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभएको छ ।
नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह
नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।