नवलपुरमा बढ्दो डेंगु सङ्क्रमण
नवलपुरमा डेंगुको सङ्क्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना सङ्क्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
तनहुँको १० वटै पालिकामा डेंगु सङ्क्रमण
तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिएको हो ।
डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान
पूर्वी नवलपरासीमा डेङ्गुको सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्कअनुसार १११ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
म्याग्दीमा डेंगु संक्रमित बढे
म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ।
गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस
गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकरी दिनुभयो ।
७६ जिल्लामा फैलियो डेंगु सङ्क्रमण : कास्कीमा सबैभन्दा बढी
पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ। यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ।
बागलुङमा सात सय ९८ जनामा डेंगु सङ्क्रमण
बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो ।