‘कुम्भमेला नेपालकै गौरव’
राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकैसूत्रमा बाँध्न सक्ने कुम्भमेला नेपालकै गौरव भएको बताउनुभएको छ । मङ्गलबार सुरु भएको कुम्भमेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवर्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भमेलाको गौरवपूर्ण अवसरलाई सदुपयोग गरी धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पु¥याउन आग्रह गर्नुभयो ।
धर्म संरक्षण गर्न लाखौँ दान
अमेरिका आए पनि नेपालीलाई आफ्नो धर्म र संस्कृति कति प्यारो छ भन्ने कुरा अमेरिकाका विभिन्न राज्य र स्थानमा खुलेका धार्मिक अनुष्ठान, सांस्कृतिक केन्द्र र बुद्ध गुम्बा, हिन्दु मन्दिरको निर्माणबाट प्रस्ट हुन्छ ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन अनुरोध
विभिन्न धर्म तथा समुदायका विभिन्न चाडपर्व सुरु हुन लागेसँगै बाँके प्रशासनले सजगता अपनाउन सुरु गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्था कायम बनाई राख्न प्रशासनले जिल्लास्थित विभिन्न धार्मिक गुरु तथा सुरक्षा समितिसँग छलफल तथा बैठक गरेको छ।
असन जात्रा (फोटो फिचर)
उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।
टोखामा बिस्का नखः (जात्रा) मनाइँदै, लिङ्गो उठाइयो
नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन बिस्का नखः मनाउन लागिएको हो । टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथी टोखाको व्यवस्थापनमा उक्त जात्रा मनाउन लागिएको हो । जात्रा मनाउनका लागि वडाले विभिन्न सङ्घसंस्थालाई समेटेर विभिन्न उपसमिति निर्माण गरेको छ ।
राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मङ्गलबार बिहान दर्शन तथा पुजा अर्चना गर्नुभएको छ ।
नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाले आज (मङ्गलवार ) बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।
चतरामा आजदेखि महाकुम्भ मेला
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।
पाटनको एकल घोडेजात्रा (फोटो फिचर)
ललितपुरको पाटन दरबार क्षेत्रमा बाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारी सम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ ।