कथाकार चालिसेको ५७ औं कृति सार्वजनिक
वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।
झामरे नाच संरक्षणको पहल
मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका-६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
त्रिमूर्तिमा १४० औं लेखनाथ जयन्ती सम्पन्न
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको छ ।
पुसे पन्ध्र र देउडा सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिममा मनाइने पर्व पुसे पन्ध्रको अवसरमा आइतबार राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पुसे पन्ध्र पर्व र देउडा गीत सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका सांस्कृतिक पर्वका बारेमा युवा पुस्तालाई जानकारी दिनुपर्ने र प्रवर्धनको आवश्यकता रहेको बताउनुभयो ।
‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न
काठमाडौंको डल्लु आवासमा ‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न भएको छ।
बेइमान समय (कविता)
समय चङ्गा बनेर झुन्डिएको छ हावाले कहिले यता हल्लाउँछ कहिले उता हल्लाउँछ
मान्छे (कविता)
एक दिन मान्छेबारे सोच्दा सोच्दै स्मृतिपटलमा आयो एउटा आदिम मान्छे !
नेपाली संस्कृतिमा घण्टा
नेपालमा घण्टीको धार्मिक महत्व ठुलो छ । हरेक मठ मन्दिरमा घण्टा वा घण्टी देख्न पाइन्छ । साना आकारका घण्टी र ठुलालाई घण्टा भन्ने गरिएको पाइन्छ । मन्दिरमा देवताको पूजा आराधना गर्न जाने भक्तजन त्यहाँ रहेका घण्टीहरु बजाउँछन् । भक्तजनद्वारा नै देवमन्दिरहरुमा घण्टा वा घण्टीहरु स्थापना गरिएका हुन्छन् । घण्टी नबजाई पूजाआजा पूरा हुँदैन भन्ने विश्वास छ । घरका पूजा कोठामा साना घण्टी राखिएका हुन्छन् । साँझ–बिहान पूजा गरेपछि वा साँझबत्ति बालेपछि घण्टी बजाइ
मन्दोदरी र मार्क्सको नदेखिएको पाटो
विसं १९९९ असोज ५ गते महोत्तरी जिल्लाको बिजलपुरामा जन्मनुभएका पोखरेल रामजीप्रसाद उपाध्याय (राप्रउ) को लेखकीय यात्रा ‘कथा’ (पर्वत सामयिक सङ्कलन–२०२५)बाट प्रारम्भ भएको देखिन्छ । त्यसपछि उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा मात्र सीमित रहन्छन् । एक सिद्धहस्त लेखक, चिन्तक, अनुसन्धाता, प्रखर विद्वान्, समाज, संस्कृति र साहित्यका अध्येता पोखरेल फुटकर रूपमा प्रकाशन भइरहे पनि ठोस कृतिमा आउन निकै समय लागेको देखिन्छ ।
सर्वोच्च शिखर सामुन्ने
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी । जिन्दगीका रहरहरू पूरा भएपछि । परिकल्पनाले यथार्थलाई भेटेपछि । भ्रमणमा भव्य सफलता मिलेपछि । हर्षमा पनि आँसु स्वतः नै झर्दो रहेछ । खुसीमा बोली पनि बन्द हुँदो रहेछ । हिमाली सौन्दर्यमा शब्दहरू चुपचाप र निःशब्द मन मदहोश हुन पुग्दो रहेछ ।
अमिलो यात्रा
त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।
संवादरहित नाटक ‘गुलाफ’
नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएको छ । मण्डला नाटकघर थापागाउँमा नाटकको वल्र्ड प्रिमियर गरिएको हो । यसपछि यसको युरोपका विभिन्न सहरमा मञ्चन हुने छ । विगत २० वर्षभन्दा बढी समयदेखि रङ्गकर्मीमा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यले कथा बोल्ने छ । यसको अङ्ग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’ को मञ्च नाटकघरको बिचमा तयार पारिएको छ । मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्ने छन् । ‘गुलाफ’ हेर्न एक सोमा ६४ जनाले मात्र प्रवेश पाउने छन् ।
‘मेघमानव’ सार्वजनिक
सर्जक अर्चितबाबु मर्सिफुलको दोस्रो कृति उपन्यास ‘मेघमानव’ सार्वजनिक भएको छ । नेपाली लेखक सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार डा. धु्रवचन्द्र गौतम, सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठलगायतका स्रष्टाले सो उपन्यासको लोकार्पण गर्नुभएको हो । साहित्यकार धु्रवचन्द्र गौतमले उपन्यास ‘मेघमानव’ मा समेटिएका विषयवस्तुको अध्ययनमा सर्जक अर्चितबाबु मर्सिफुलको कल्पनाशील क्षमताको राम्रो परिचय दिएको बताउँदै आगामी दिनमा पनि यस्तो कल्पना गर्ने सिपलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले साहित्य सिर्जनाका विविध विधामा पोख्त हुन आवश्यक क्षमतामध्ये उपन्यास विधाका लागि सर्जकको कल्पना गर्न सक्ने खुबीले कृतिको स्तर, भाव, सन्देशलाई निक्कै माथि पु¥याउने बताउनुभयो ।
मैनालीका तीन कृति सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
क्षणिकी : सङ्क्षिप्त परिचय
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
नेपाली आधुनिक गीत : देश, काल र चिन्तन
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
ललितकलामा ‘काठमाडौँ ट्रिएनाले’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । प्रतिष्ठानका तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक सङ्गीता थापाले हस्ताक्षर गर्नुभयो ।
ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ ।
गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
'आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान' प्रा.डा. भण्डारीलाई
६१ वर्षीय प्रगतिवादी साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारी ‘आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान’ २०७९ द्वारा पुरस्कृत हुनुहुने भएको छ ।
राष्ट्रिय बालनाटक महोत्सव हुने
शैली थिएटरको संयोजकत्वमा काठमाडौँमा १५ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन हुने भएको छ । माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव आठ दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुने छ । महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ । आवेदन पुस ५ देखि २१ सम्म पठाइसक्न आग्रह गरिएको छ ।
विज्ञान र पुस्तान्तरण
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
म आशा रोप्तै छु
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई
रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।