भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
बालबालिकालाई कलासम्बन्धी प्रशिक्षण
यल अध्ययन केन्द्रले स्थानीय बालबालिकालाई सिकाउँदै आएको तीनमहिने नेपाल भाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल भाषा, साहित्य, संस्कृति प्रवर्धनका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मङ्का खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपाल भाषाको विभिन्न खेलबारे जानकारी मात्र नभई खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । यल मङ्काः खलः ले आगामी दिनमा नेपाल भाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने उहाँको भनाइ छ ।
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरुलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ पुस्तक विमोचन गरिएको छ ।
राष्ट्रव्यापी कविता महोत्सव ‘मातृभूमि अर्चना’ कविता प्रथम
साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सव–२०८२ सम्पन्न भएको छ।
‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक विचित्रको लोकतन्त्र गजबको निर्वाचन सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबिचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ ।
बाल साहित्यकार विजयराज आचार्य बालबालिका भेट्न बैतडी गाउँमा
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य बालबालिकालाई भेट्न काठमाडौँबाट बैतडीका दुर्गम गाउँ आइपुग्नु भएको छ। उहाँको भ्रमणको मुख्य उद्देश्य बालबालिकालाई कथा लेखन सम्बन्धी तालिम दिनु र गाउँमा रहेका बाल कथाहरू खोज्नु हो।
निफको प्रिइभेन्ट ‘छोटा चलचित्र उत्सव’
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।
विद्यालयमा मूर्ति स्थापना
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा स्थापित सरस्वती र गणेश मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा प्राडा विद्यानाथ कोइराला, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले विद्यालयमा स्थापित स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामूहिक रूपमा उद्घाटन गर्नुभएको थियो ।
भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा
नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उ
नटुवा [कथा]
आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भासिइसके कि कमलामा ? तर खै किन त्यो रात, अन्धकारमा विलीन हुने बाउ जीवित रहेको आभास मलाई बरोबर भइरहन्थ्यो । १० वर्षदेखि म स्वयम्लाई सराप्दै
अलोका (कविता)
सपनाहरू मनभरि अल्झाएर सहरका चोक र गल्लीहरूका कोलाहल छलेर भिडहरू छिचोलेर अलोका हिँडिरहिन् शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामा
प्रतीक्षा (कविता)
टोलमा, देशमा, परदेशमा प्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी ! मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी !
मातृभूमिप्रति नेपालीको दायित्व
शिक्षा, पत्रकारिता, कानुन र सहकारी क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका बेनीबहादुर कार्की लिखित ‘मेरो नेपाल डायरी’ पुस्तक हालै बजारमा आएको छ । पुस्तकमा पछिल्लो राजनीतिक, सामाजिक र नेपाली समाजको चरित्र चित्रण गरिएको छ ।
शान्त योद्धाको बिदाइ
लुम्बिनीमा सबै देखेँ देखिनँ केवल एउटै कुरा जो लुम्बिनीमा जन्मेका थिए बस्, उनै बुद्धलाई देखिनँ
कैलाश घुमेर दसौँ दिनमा घर
पशुपतिनाथको दर्शनपश्चात् यात्रा मिलाइएको थियो । २०८२ जेठ २४ बिहान मानसरोवर कैलाश यात्राका लागि घरबाट निस्कियौँ– हामी अर्थात् बुढाबुढी । बिहानको मौसम भएकाले चिसो हावा, बाग
खप्तडी बस्नेत गोरखा हुँदै छरिए पूर्वतिर
नेपालमा हालसम्म १७ वटा कौशिक गोत्री थर रहेको पाइन्छ । कौशिक गोत्री महर्षि विश्वामित्रका सन्तान खप्तडी बस्नेत हुन् । खप्तडी बस्नेतहरूको इतिहास चन्द्रवंशी राजा कुशसँग जोडिएको छ । प्रजापतिका पुत्र कुश र कुशनाभ थिए । कुशनाभका पुत्र गाधी थिए । विश्वप्रसिद्ध मानिएका क्षेत्रीय कुलका विश्वामित्र ऋषि उनै गाधीका पुत्र थिए । विश्वामित्र ऋषिले कोशी नदीको कि
कला प्रदर्शनीमा ४४ कलाकृति
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा शुक्रबार ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी २०८२’ सुरु भएको छ । का
‘वंशवृक्ष’ को परिचर्चा
साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’ को परिचर्चा गरियो । सो अवसरमा कविद्वयले आआफ्ना कवितासमेत वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राडा कुलप्रसाद कोइरालाले परिवारमा यस किसिमको साहित्यिक जागरण रहँदा नेपाली साहित्यको श्रीवृद्धिमा मलजल पुग्ने बताउनुभयो । उहाँले वंशवृक्षका बारेमा बोल्दै पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै बाबुछोराको कुरा नभई सिर्जनशीलता निकै महत्वपूर्ण हुने बताउनुभयो ।
गीतले पनि चल्छन् चलचित्र
चलचित्र ‘लालीबजार’ को एउटा गीत अहिले चर्चामा छ । लोकलयमा तयार पारिएको ‘मायालाई के दिऊँ म चिनो’ बोलको गीत गायक तथा सङ्गीतकार खेम सेन्चुरी र दीपिका बयम्बुमगरले गाउनुभएको हो । गीतमा स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य हेर्न सकिन्छ । नृत्य निकै रुचाइएका कारण अहिले टिकटक, रिल्ससम्म उनीहरूले नै गरेको स्टेपमा भिडियो बनाउनेको जमात बाक्लो छ । गीतले गर्दा पनि चलचित्र चल्ने आकलन धेरैले गरेका छन् ।
लाछिलाई सुदर्शन कपिला पुरस्कार
संस्कृतिविद् तथा नेपाल भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनमा सक्रिय गणेशराम लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’ प्रदान गरिएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ झी पुचः विराटनगरद्वारा विराटनगरमा आयोजित कार्यक्रममा लाछिलाई दुई लाख रुपियाँसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाँकी पत्नी कपिला श्रेष्ठको नाममा स्थापित ‘सुदर्शन–कपिला ट्रस्ट’ मार्फत नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।
‘खरिदकर्ताले नै मेरो कलाको मूल्य राख्छन्’
चित्रकलामा कलात्मक शैली र भावनात्मक अभिव्यक्तिका लागि चिनिनुहुन्छ कलाकार प्रतीक रायमाझी । सानै उमेरदेखि क्यानभास, कुची र रङसँग लतपतिँदै आजका दिनसम्म आइपुग्दा उहाँले धेरै चित्र बनाउनुभयो ।
पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचित
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो ।
कुशेश्वरमा कुम्भ मेला
आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरस्थित दुर्गा तीर्थमा चैत ५ गते बिहीबारदेखि एकमहिने कुम्भ स्नान मेला सञ्चालन गरिने भएको छ । रोसीखोला (लीलावती) सुनकोशीको सङ्गम स्थलमा कुशेश्वर महादेव मन्दिर र दुर्गा तीर्थ रहेको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१, दुम्जामा सञ्चालन गरिने कुम्भ मेलामा करिब एक लाखले स्नान गर्ने अपेक्षा आयोजकको छ ।