नीलो प्रेममाथि कोहलपुरमा संवाद
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ ।
नौमती बाजा बजाउन महिला समूह
प्रायःजसो ठाउँमा नौमती बाजा पुरुषले नै बजाउने गरिन्छ तर तुलसीपुर उपमहानगरपालिका–४ मा भने नौमती बाजा बजाउनका लागि महिला समूह नै गठन गरिएको छ । महिलाहरू विवाह, व्रतबन्ध, कथा, सभा समारोहमा कोही दमाहा त कोही झ्याली, ट्याम्को, ढोलक, कर्नाल, नरसिङ्गा, मुजुरा, सहनाई बजाउँदै गरेका हुन्छन् ।
जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा
जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।
मनाइयो नातिकाजीको १०१ औँ जन्मजयन्ती
नेपाली आधुनिक सङ्गीतका सुर शिरोमणि भनेर चिनिने सङ्गीतकार नातिकाजी श्रेष्ठको बिहीबार १०१ औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित उहाँकै निवासमा एक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरिनुका साथै उहाँले गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।
नौ अगुवालाई ‘पोखरेली नवरत्न’
देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
कवितासङ्ग्रह विमोचनसँगै स्रष्टा संवाद
कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ को विमोचन गरिएको छ । कृतिको मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान
पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ।
संसद् भवनअगाडि ‘जेनजी बलिदानी छाप’ चित्र
कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने कलाकार रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो । कलामा प्रायः नयाँ प्रयोगका कुरालाई सर्वसाधारणमाझ ल्याउन रुचाउन हुने कलाकार श्रेष्ठले यस पटक बिल्कुलै भिन्न तरिकाको क्यानभास सर्वसाधारणमाझ पस्कन खोज्नुभएको छ । जेनजी पुस्ताको बलिदानीले देशमा के कस्ता उथलपुथल भए भन्ने त जगजाहेर नै छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार तीन जनालाई
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
काव्य साँझमा गुन्जिए डा. लम्साल
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो ।
गीत सोतीको, कमाइ अर्कैको
‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युब च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरि अपलोड गरेको त्यही गीत चार करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युब च्यानलबाट ४७ लाख, प्रशन्न बिसी नामको च्यानलबाट अपलोड भएको त्यही गीत २२ लाख पटक हेरिएको छ ।