बौद्ध क्षेत्रमा लुटपाट गर्ने १८ जना युवा पक्राउ
काठमाडौँ, वैशाख १ गते । काठमाडौँको बौद्ध क्षेत्रमा रहेर लुटपाट गर्ने १८ जना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । चैत २७ गते जग्गा बैना गर्ने भनेर बोलाई नवराज खनाललाई उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । बौद्ध बस्ने ४२ वर्षीय रितेश लामाको नगद रु ६० लाख लुटी फरार भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । लुटपाटमा संलग्न भई पक्राउ पर्नेहरूमा तार्केश्वर नपा लोलाङ बस्ने वर्ष २३ को राज पराजुली, रामेछाप खाँडादेवी गापा वडा नं ४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नपा ०४ बस्ने वर्ष २३ को प्रभास केसी भन्ने हरि राम खत्री, सोही गाउँका वर्ष २८ को सार्की माझी, रामेछाप खाँडादेवी गापा ८ घर भई हाल कागेश्वरी मनोहरा नपा ८ गोठाटार बस्ने वर्ष २० को राजेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै गरी सोलुखुम्बु लिखु पिके नपा ९ घर भई हाल काठमाडौँ ३२ बस्ने वर्ष २६ को कुशल बस्नेत, काभ्रेपलान्चोक रोशी गापा ५ घर भई हाल नयाँबानेश्वर बस्ने वर्ष ३५ को रञ्जित लामा, तार्केश्वर लोलाङ बस्ने वर्ष २१ को सुयोज लामा, रामेछाप दोरम्बा गापा ४ घर भई काठमाडौँ बस्ने वर्ष ३७ को उत्तम मगर, सोही गाउँका वर्ष २८ को राजु मगर, वर्ष २६ को टिका बहादुर मगर, वर्ष ३४ को रमेश बहादुर मगर, वर्ष २९ को लब बहादुर मगर लगायत रहेका छन् । उनीहरूलाई लुटपाट आपराधिक कार्य गर्ने कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।
कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढ्दोः युनिसेफ
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।
टाउको नभएको अवस्थामा महिलाको शव फेला
जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उहाँका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध
पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
कम्प्युटर अपरेटरसहित चार जना अख्तियारको फन्दामा
लक्ष्मी तिमिल्सेनाजमुनाह, चैत २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधवार नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । ठाकुर सहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी अखितयारले नियन्त्रणमा लिएको हो ।उनीहरू चार जनाले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
नक्कली सवारी चालक अनुमति पत्र वितरण गर्ने चार जना पक्राउ
बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना पक्राउ परेका छन्।
प्रेमिकाकै सहमतिमा दाइजो र सन्तानका लागि ठगी विवाह
प्रेमिकाकै सहमतिमा दाइजो र सन्तानका लागि ठगी विवाह गर्नेलाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सतुंगलबाट लागु औषधसहित तीन जना नियन्त्रणमा
सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।
हत्या गरी फरार रहेका साधु पक्राउ
प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा ६२ वर्षीय लोकनाथ साह तेलीलाई पक्राउ गरेको छ ।
भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ
सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
खुकुरी प्रहारबाट युवक गम्भीर घाइते
धनुषाकोे मिथिला बिहारी नगरपालिका–५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
सेटिङमा वन फडानी आरोपमा सचिव तिमिल्सैना पक्राउ
सेटिङ गरेर सामुदायिक वन फडानी गर्ने पाँचुलि चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ गरेको छ ।
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार, कारबाही गर्न माग
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीमाथि आक्रमण गर्ने सन्दीप आचार्य चार दिन फरार रहेको प्रहरीले जनाएको छ ।
दस लाखभन्दा बढिको अवैध कपडासहित गाडि नियन्त्रणमा
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करिब १० लाख आठ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।
बाँकेमा लागु औषध कारोवारीको बिगबिगी
जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्षमा दुई सय ६४ जना लागु औषध कारोवारीविरुद्ध मुद्दा अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार दुई सय ६४ जना लागु औषध कारोवारीमध्ये नेपाली पुरुष दुई सय ४५ जना, भारतीय पुरुष १२ जना तथा नेपाली महिला सात जना छन् ।
महोत्तरीमा बलिकामाथि सामूहिक बलात्कार
महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि बालिकामाथि सामूहिक बलात्कार भएको अर्को घटना सार्वजनिक भएको छ ।
विशेषको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा
काठमाडौँ, चैत २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरेको थियो । उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो ।त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो । जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परीमाण देखाई भुक्तानी गरेको पाइएको थियो ।आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दावी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो । उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्वत नभएको दावी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
मन्दिरको दानपेटीका चोरी गरेको आरोपमा एक जना पक्राउ
काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-९ मा रहेको पलान्चोक भगवती मन्दिरको दानपेटीका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।