टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित
हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालको पहिलो खेल युएईसँग
घरेलु मैदानमा हुने आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै सुरुवात गर्नेछ ।
केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयन विजयी
दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मङ्गलबार गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ ।
हङकङ जाने क्रिकेट टोलीको बिदाइ
हङकङमा यही अप्रिल ९ देखि २३ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
केपी ओली कप क्रिकेट : सिइसी काठमाडौँ सेमिफाइनलमा
पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ ।
अफगानिस्तानसँग नेपाल १ रनले पराजित
अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ। आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ। यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।
केपी ओली कप क्रिकेट : काठमाडौँ र हेटौँडा विजयी
केपी ओली कप राष्ट्रिय खुला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौँडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।
केपी ओली कप क्रिकेट : स्याङ्जा र काठमाडौँको विजयी सुरुवात
केपी ओली कप टी–२० राष्ट्रिय खुुला पुरुष क्रिकेट प्रतियोगितामा स्याङ्जा र काठमाडौँले विजयी सुरुवात गरेको छ ।
हङकङ सिरिजका लागि नेपाली टोलीको घोषणा
हङकङमा यही अप्रिल ९ देखि २३ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा
भोलिबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन्।
कीर्तिपुर क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण सहरी विकास मन्त्रालयबाटै
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गर्नुभएको छ।
आइसिसी लिग–२ तयारी : ४८ खेलाडी बन्द प्रशिक्षणमा
आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजको तयारीका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइको छ ।
केपी ओली कप क्रिकेट पोखरामा
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
दिल्ली यु–१९ विरुद्ध सिरिजमा नेपालको ‘क्लिन स्वीप’
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
क्रिकेट टोलीको प्रशिक्षकमा स्टुआर्ट नियुक्त
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुआर्ट ल नियुक्त हुनुभएको छ ।
नेपालले जित्यो यु–१९ सिरिज
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगाडि जितेको छ ।
प्रधानमन्त्री कपमा पुलिसको पहिलो हार
बुटवलको एक्ट्राओभल मैदानमा बिहीबार भएको खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग चार विकेटले पराजित भयो । जितसँगै आर्मी फाइनलमा पुगेको छ । फाइनलमा पुलिस र आर्मीबिच नै भिडन्त हुनेछ ।
प्रधानमन्त्री कप : फाइनलमा पुलिसको प्रतिद्वन्द्वी आर्मी
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
क्रिकेट प्रशिक्षक एक सातामा : क्यान
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी
भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।
प्रधानमन्त्री कप : अपराजित पुलिस फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै
बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आउनुभएको र उहाँले परिवारका सदस्यहरूसँग कुरा गरिरहनुभएको क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
किरणको सतकमा कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी
युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।
प्रधानमन्त्री कप : बागमतीले कोशीलाई सजिलै हरायो
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई एक सय ३१ रनले हरायो । बागमतीको जितका सूर्य तामाङ एक्लैले पाँच विकेट लिनुभएको थियो ।