गणपूरक सङ्ख्या नपुग्दा नगरसभा स्थगित
विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको नगरसभा सुरू हुने समयमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपुरक संख्या नपुगेका कारण सभा स्थगित भएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । सो प्रदेशका अर्थमन्त्री राजीप्रसाद बरालले सो बजेट बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार (पूर्णपाठसहित)
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्व ६२ करोड ४७ लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्ण पाठसहित)
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार अपरान्ह अघिल्लो वर्षको भन्दा झण्डै ७ अर्ब बढी आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ (पूर्णपाठसहित)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो ।
मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड ०९ लाख ४८ हजार (पूर्णपाठसहित)
धेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ०९ लाख ४८ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९–८० को आर्थिक बिनियोजन विद्येयक (बजेट) प्रदेश सभाको बैठकमा प्रस्तुत गर्नुभएको हो ।
कर्णाली सरकारले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजारको बजेट
कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपियाँको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि सो बजेट सार्वजनिक गर्नुभएको हो ।
मन्त्रालयमा प्राविधिक समस्या आएपछि बजेट प्रस्तुत गर्न ढिलाइ
बजेट तयारीमा ढिलाइ हुँदा प्रदेशसभामा बजेट पेश गर्ने समय झण्डै दुई घण्टा पर सर्ने भएको छ । बजेट इन्ट्री गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयलको सर्भरमा प्राविधिक समस्या देखिएपछि प्रदेश सभा बैठक १ घण्टा ४५ मिनेट ढिला मात्र सुरु गर्नेगरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।