अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु
अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।
‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’
अमेरिकास्थित नेपाली पूर्वराजदूत डा. अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभएको छ।
पाँच दिन लगातार घटेको नेप्से उच्च अङ्कले बढ्यो
पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ।
अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् ।
दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन
कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।
प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको जनाएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
मुस्ताङमा जम्नथाले खोला : मार्फाको तापक्रम माइनस सात
हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ।
महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा
यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सम्पन्न हुँदैछ ।यसबिचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ ।
पुल अलपत्र बनाउने नेपाल मेगा–सिस्ने जेभी कम्पनीको ठेक्का तोडिँदै
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।
एनपिएल : आज दुई खेल हुने
नेपाल प्रिमियर लिग [एनपिएल] मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।
सिरियामा ‘रासायनिक हतियार’ आक्रमण भयाे : इजरायल
इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताउनु भएको छ । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।
धनगढी जाँदै गरेको बस दुर्घटना, दुई घाइते
काठमाडौँबाट धनगढीका लागि छुटेको बस सोमवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका –८ मगुवामा दुर्घटना भएको छ।
व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ ।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा छिटफुट वर्षा
सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहने छ ।
नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।
‘प्रवक्ता र सूचना अधिकारी जिम्मेवार बन्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
दुई बच्चासहित आमा मृत फेला
नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित
बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।
बाजुरामा स्काेरपियो दुर्घटना : दुईको मृत्यु, तीन घाइते
जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्काेरपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।