सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा
कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनुभएको छ ।
वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबारबाट
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन भोली (मङ्गलबार)बाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबार र बुधबार दुई दिनसम्म चल्ने छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विमानभित्र ‘अनियन्त्रित’ झडपपछि दिल्लीमा आकस्मिक अवतरण
एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ ।
विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै
देश सङ्घीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएको छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ ।
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार
झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ ।
नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ ।
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई मन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ ।
प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत २६ गते । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।
डिजिटल ठगी गरी ६० लाख लिने व्यक्ति पक्राउ
डिजिटल ठगी गरी ६० लाख रुपियाँ लिने पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ घर भएका वर्ष २६ को विश्व शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।
सांसद श्रेष्ठको अडियो सार्वजनिक भएपछि रास्वपाले गर्यो कारबाही
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठलाई तत्काल काम, कारबाहीमा रोक लगाइएको छ।
राष्ट्रपतिको प्रेस सचिवमा पोखरेल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सचिवमा पत्रकार किरण पोखरेललाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।
संक्रमणकालीन मुद्दा टुंगो लगाउन मध्यमार्ग अपनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ ।
मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।
गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक
सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी ।
भरतपुर अस्पताल बहिरङ्ग सेवा : चिकित्सक भेट्न चार दिन
भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज (शुक्रबार) बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो ।
बिस्केट जात्रा अनुगमन
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा कृत्रिम फोक्सो जडान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।
मन्त्रिपरिषद् बैठक सुरु
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।